मर्जर पूरा नगरेपछि नेपाल इन्स्योरेन्सका अध्यक्ष र संचालकको राजीनामा, नयाँ अध्यक्षमा पौडेल

बिजमाण्डू
२०७९ फागुन १८ गते १३:०६ | Mar 2, 2023
मर्जर पूरा नगरेपछि नेपाल इन्स्योरेन्सका अध्यक्ष र संचालकको राजीनामा, नयाँ अध्यक्षमा पौडेल


काठमाडौं। मर्जर प्रक्रिया पूरा गर्न नसकेपछि नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष र संचालकले राजीनामा दिएका छन्। कम्पनीका अध्यक्ष अर्जुन पौडेल शर्मा र संचालक विष्णु खेतान अग्रवालले राजीनामा दिएका थिए। बुधबार संचालक समितिले उनीहरुको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

Tata
GBIME
NLIC

नेपाल बीमा प्राधिकरणले अध्यक्ष र संचालकलाई मर्जर गर्ने सहमतिमा नियुक्ति सदर गरेको थियो। तर, समयमा मर्जर गर्न नसकेपछि प्राधिकरणले नै दुई जनालाई राजीनामा गर्न निर्देशन दिएको थियो। प्राधिकरणको निर्देशनपछि अध्यक्ष र संचालकको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ।

पछिल्लो समय नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्सबीच मर्जर गराउन प्राधिकरणले थप समय दिएको थियो। क्रस होल्डि्ङमा रहेका यी तीन कम्पनीबीच कुरा नमिलेपछि नेपाल इन्स्योरेन्स मर्जरबाट पछि हटेको थियो।

शर्माको राजीनामापछि कम्पनीले लक्ष्मण पौडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।