
काठमाडौं। सरकारले भारतबाट आउने तरकारीमा विषादी परीक्षण रोक्ने निर्णय गरेको भन्दै एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विरोध प्रदर्शन गरेको छ।
त्रिचन्द्र क्याम्पस बाहिर विद्यार्थीहरुले सडकमा तरकारी फालेर सरकारविरुद्ध प्रदर्शन गरेको हो।
एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो रङ फेरिरहेको भन्दै उनीहरुले नाराबाजी गरे।
प्रदर्शनमा उत्रेका विद्यार्थीले किसानलाई राहत दिन, भारतीय तरकारीमा विषादी परीक्षण अनिवार्य हुनुपर्ने माग राखेका थिए।

