
काठमाडौं। सन् २०१५ मा ताइवानको ट्रान्स एयर उडानका क्रममा दुर्घटना भयो। कम्पनीको एटीआर ७२-६०० सिरिजको जहाज उडानका क्रममा दुर्घटना भएपछि ४३ जना यात्रुको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए।
जहाजमा कुल ५८ जना यात्रु सवार थिए।
ताइपेइ-सङसान उडान गरेको यो जहाज किलुङ नदीमा दुर्घटना भएको थियो। जहाज दुर्घटना भएलगत्तै ताइवान सरकारले उड्डयन सुरक्षा मापदण्ड अनुसार सबै वायुसेवाको सुक्ष्म जाँच गरेको थियो। यसो गर्दा ट्विन इन्जिन जहाज चलाउँदै आएका करिब आधा पाइलटको दक्षतामा प्रश्न उठेपछि एक सातामै निलम्बन गरिएको थियो।
यस मध्ये त्यहाँको नियामक निकायले ४९ जना एटीआर पाइलट मध्ये १० जना असक्षम पहिल्याएको थियो। १९ जना पाइलटले त्यतिखेर स्वास्थ्य अवस्था प्रतिकुल रहेको जनाउँदै जाँचमा सहभागी जनाएका थिएनन्। १० जना असक्षम र जाँच नदिएका पाइलट सबैलाई एक महिनाका लागि निलम्बन गरिएको थियो।
त्यो समय कम्पनीले १४२ वटा उडान नै रद्ध गरेको थियो।
सरकारको यो कारवाही स्वीकार्दै ट्रान्स एसियाले आफ्नो तालिम विस्तारमा जोड दिने प्रतिवद्धता जाहेर गरेको थियो।
दुर्घटना भएलगत्तै त्यतिखेर त्यहाँको यातायात तथा संचार मन्त्रालयले ताइवानमा संचालित सबै वायुसेवाको सुरक्षा जाँच गर्न निर्देशन दिएको थियो।