प्रचण्डलाई विश्वासको मत दिने मुडमा कांग्रेस, सभामुख र राष्ट्रपतिमा ‘बार्गेनिङ’ गर्ने!

बिजमाण्डू
२०७९ पुष २६ गते १०:३७ | Jan 10, 2023
प्रचण्डलाई विश्वासको मत दिने मुडमा कांग्रेस, सभामुख र राष्ट्रपतिमा ‘बार्गेनिङ’ गर्ने!

काठमाडौं। नेपाली कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिने तयारी गरेको छ। सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित अस्थायी निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे छलफल गरेको हो।

Tata
GBIME

कांग्रेसले राष्ट्रपति र सभामुखको लागि बार्गेनिङ गर्नेसमेत बताइएको छ। बैठकमा सरकारलाई विश्वासको मत दिएपछि प्रतिपक्षमा बस्न मिल्ने/नमिल्नेबारे पनि छलफल चलिरहेको छ।

‘पदाधिकारी बैठक सकिएको छैन। भित्र यही कुरा छ। अन्तिम निर्णय संसदीय दलको बैठकपछि हुनेछ,’ एक पदाधिकारीले बताए।

प्रधानमन्त्री प्रचण्डले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। प्रतिनिधिसभामा कांग्रेसको ८९ सांसद छन्।