आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम आइएमई पेबाट तिर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक

बिजमाण्डू
२०७९ पुष २० गते १२:०८ | Jan 4, 2023
आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम आइएमई पेबाट तिर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन्।

Tata
GBIME

नगद छुट दिनका लागि आइएमई पे र आइएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ।

आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए।

सम्झौतापछि आइएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभर जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रयोगकर्ताले भुक्तानी गरेपछि १ हजार रुपैयाँ बोनस तुरुन्तै प्राप्त गर्न सक्नेछन्। प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा पछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस पाउन सक्ने छन्।