
इण्डेक्स फर्निचर मुख्य प्रायोजक रहेको कार्यक्रममा क्युएफएक्स सिनेमाको दुइवटा टिकट वा एक हजार रुपैयाँ भन्दा बढिको सामान किनमेल गर्ने ग्राहकलाई कुपन वितरण गरिएको थियो। गोलाप्रथामा हमाल बिजयी बनेका हुन्।
चिट्ठाबाट नै एलसीडी टीभी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर, डिजिटल क्यामेरा, टोस्टर तथा आइरन विजेता पनि छानिएका छन्। कार्यक्रममा अवधिमा कुल ११ हजार कुपन वितरण भएको जनाइएको छ। मलले छिट्टै वर्षायाम प्रबर्द्धन कार्यक्रम ल्याउने जनाएको छ।