आरोहणमा ज्यान गुमाउनेका परिवारलाई एनआरएनको दस लाख सहयोग, जोखिम घटाउन आग्रह

बिजमाण्डू
२०७१ बैशाख ९ गते ००:०० | Apr 22, 2014

काठमाडौं। सगरमाथा आरोहणका क्रममा दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारलाई गैरआवासीय नेपाली (एनआरएन) संघले दस लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। गत शुक्रबार सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परि १३ जना शेर्पाले ज्यान गुमाएका थिए। अझै तीन जना वेपत्ता छन् भने छ जना घाइते भएका थिए।  एनआरएनले दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। यस्ता दुर्घटनाबाट हुने जोखिम कम गर्ने उपाय अवलम्बन गर्न पनि एनआरएनले सरकारसँग आग्रह गरेको छ।

Tata
GBIME
NLIC