आइएमइ पेबाट टिकट काटेमा १० रुपैयाँमै हवाइ यात्रा गर्न सकिने, प्रत्येक दिन ६ जनालाई उपहार



बिजमाण्डू
२०७५ असोज १७ गते १७:४६ | Oct 3, 2018
आइएमइ पेबाट टिकट काटेमा १० रुपैयाँमै हवाइ यात्रा गर्न सकिने, प्रत्येक दिन ६ जनालाई उपहार

काठमाडौं। आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ। 

Tata
GBIME
Nepal Life

स्किमअन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पेबाट टिकट खरिद गर्ने यात्रुमध्ये प्रत्येक दिन ६ जना विजेताले दश रुपैयाँ वाहेकको अन्य हवाई शूल्क उपहार स्वरूप ‘आइएमई पे’ वालेटमै फिर्ता पाउने छन्।

यो योजना २०७५ साल असोज १७ गतेदेखि ३१ गतेसम्म कायम हुनेछ।