चार कम्पनीमा जागिरको अवसर, सानिमा, मुक्तिनाथ, कैलाश र सगरमाथा इन्स्योरेन्समा माग  

बिजमाण्डू
२०७५ असोज ४ गते ०९:३९ | Sep 20, 2018

काठमाडौं। सानिमा बैंक, मुक्तिनाथ विकास बैंक, कैलाश विकास बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीले क्षेत्रिय प्रमुखदेखि अधिकृतस्तरका कर्मचारी माग गरेका छन्। सानिमा बैंकले फाइनान्स एण्ड प्लानिङको डेपुटी हेड माग गरेको छ। त्यस्तै डेपुटी हेडतर्फ नै एक जना डेपुटी म्यानेजर माग गरेको छ। 

Tata
GBIME
Nepal Life

बैंकले ६ जना अफिसर तहका कर्मचारी माग गरेको छ। ऋण तथा बचत विभागका लागि दुर्इ जना रिलेसनसिप म्यानेजर माग गरेको हो। एक जना अप्रेसन अफिसर र एक जना कानुन सहायक माग गरिएको छ। योग्यता पुगेका इच्छुक आवेदकले अनलाइनमार्फत असोज १७ गतेसम्म आवेदन दिन सक्ने छन्। 

मुक्तिनाथ विकास बैंकले विराटनगरमा क्षेत्रीय प्रमुख माग गरेको छ। स्नातक गरि दुर्इ वर्षको अनुभव भएकाहरुको लागि शाखा कार्यालयहरुको लागि केहि म्यानेजर माग गरिएको छ। स्नातक गरि तीन वर्षको अनुभव भएकाहरुको लागि रिलेसनसिप अफिसर माग गरिएको छ। 

एक जना इन्फरमेसन सेक्युरिटि अफिसर, केही रिस्क अफिसर, एक जना ट्रेड फाइनान्स अफिसर, केही अप्रेसन इन्चार्ज, केहि अडिट म्यानेजर, म्यानेजमेन्ट ट्रेनी र केहि सक्युरिटि अफिसर माग गरिएको छ। बैंकले योग्यता पुगेका इच्छुक आवेदकको लागि असोज ३ गतेसम्को लागि बिज्ञापन खुला गरेको छ। 

कैलाश विकास बैंकले पोखराको क्षेत्रिय कार्यालय प्रमुख माग गरेको छ। त्यस्तै पोखरा र काठमाडौं शाखाको लागि शाखा प्रमुख माग गरेको छ। योग्यता पुगेका इच्छुक आवेदकले असोज १७ गतेसम्म अनलाइन मार्फत आवदेन दिन सक्ने बैंकले जनाएको छ। 

सगरमाथा इन्स्योरेन्सले सहायक प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रवन्धकका लागि विज्ञापन खुला गरेको छ। सहायक प्रमुख कार्यकारी अधिकृतका लागि स्नातकोत्तर गरि ७ वर्षको कार्यानुभव हुनु पर्ने छ भने जनरल म्यानेजरको लागि स्नातकोत्तर गरि ५ वर्षको कार्यानुभव हुनु पर्नेछ। 

कम्पनीले मार्केटिङतर्फ केहि सहायक प्रवन्धक, निमित्त प्रवन्धक, प्रवन्धकको लागि विज्ञापन खुला गरेको छ। त्यस्तै जुनियर अफिसरको लागि केहि कर्मचारी माग गरेको छ। स्नातक गरि अनुभव नभएकाहरुको लागि केहि ट्रेनी माग गरिएको छ। इच्छुक आवेदकले असोज १७ गतेसम्ममा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।