सुरुङमार्गमा लगानी गर्न आईएमई र एनपिविसिएलबीच सम्झौंता, १५ लाख नेपालीमार्फत लगानी गर्ने

बिजमाण्डू
२०७० भदौ ३ गते ००:०० | Aug 19, 2013
सुरुङमार्गमा लगानी गर्न आईएमई र एनपिविसिएलबीच सम्झौंता, १५ लाख नेपालीमार्फत लगानी गर्ने


काठमाडौं । निजी क्षेत्रबाट निर्माण हुन लागेको काठमाडौं– हेटौंडा सुरुङमार्गमा नेपालमा सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने आईएमई रेमिटेन्सले लगानी जुटाउन नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिविसिएलबीच) र आईएमई रेमिटेन्सवीच सोमबार सम्झौंता भएको छ । रेमिटेन्सको रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसकेको गुनासो आइरहेको बेला पूर्वाधार विकास कम्पनी र रेमिटेन्स कम्पनीवीच सम्झौंता  भएको हो ।
उत्पादनमूलक क्षेत्रको रुपमा रहेको पूर्वाधारमा लगानी भित्र्याउने थालनी गर्नेमा पूर्वाधार पहिलो कम्पनी हो  । आईएमईले विदेशमा रहेका १५ लाख नेपालीलाई सुरुङमार्गमा लगानीको लागि उत्प्रेरित गर्नेछ । आईएमईले सुरुङमार्गमा लगानीको रकम भने तोकेको छैन । सोमबार भएको कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष कुश कुमार जोशीको उपस्थितिमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत आरआर बज्राचार्य, आइएमईका प्रमुख कार्यकारी कार्यकारी अधिकृत सुमन पोखरेल र नेपाल पूर्वाधार विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. सुवर्ण बज्राचार्यले संझौता पत्रमा हस्ताक्षर गरे ।

रेमिटेन्सको रकम सुरुङमार्गमा लगानी गर्ने सम्झौंता यसअघि प्रभु मनी ट्रान्सफरले गरिसकेको छ । प्रभुले सुरुङमार्गमा एक अर्ब लगानी जुटाउने सम्झौंता गरिसकेको छ । मुलुकमा रेमिट्यान्स भित्र्याउने पहिलो र दोस्रो कम्पनीले सुरुङमार्गमा लगानी गर्ने प्रतिवद्धता गरेपछि वित्तीय स्रोत जुटाउने चुनौति कम भएको छ । ३५ अर्ब लागतको सुरुङमार्ग सार्वजनिक–निजी– जनता साझेदारी९फोर पी०को मोडलमा निर्माण हुँदैछ ।
कम्पनीले वर्षात सकिने वितिकै सुरुङमार्गको निर्माण थाल्ने जानकारी दिएको छ । कम्पनी स्रोतका अनुसार अब केही दिनमै सुरुङमार्गको निर्माण सुरु हुनेछ । कम्पनीले निर्माण थालेपछि नरोकी निरन्तर अघि बढाउने योजनामा छ । कम्पनीले सुरुङमार्ग निर्माणस्थलका जग्गा अधिग्रहणका लागि सम्वन्धित गाविस सचिव र स्थानीय जनताको छलफल काठमाडौंमा गरिसकेको छ ।

Tata
GBIME
Nepal Life