पर्यटनमा जलवायु परिवर्तनको चुनौति, नेपाललाई ग्रिन टुरिजम्को गन्तव्य बनाउन सुझाव

बिजमाण्डू
२०७० साउन ११ गते ००:०० | Jul 26, 2013
पर्यटनमा जलवायु परिवर्तनको चुनौति, नेपाललाई ग्रिन टुरिजम्को गन्तव्य बनाउन सुझाव


काठमाडौं । नेपाललाई ग्रिन टुरिजम् गन्तव्य बनाउन विज्ञहरुले सुझाव दिएका छन् । तुलनात्मक लाभ बढी भएको पर्यटनलाई ग्रिन टुरिजम्का रुपमा रि ब्राण्डिङ गर्न र नेपाललाई पहिलो गन्तव्य बनाउन सुझाव दिइएको हो । साउथ एशिया वाच अन ट्रेड, इन्भायरोमेन्ट एण्ड इकोनोमिक्स(सावती) र ओभरसिज् डेभलपमेन्ट इन्टिच्युट (ओडिआइ) ले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा यस्तो सुझाव दिइएको हो । पर्यटन क्षेत्रले नेपालको आर्थिक बृद्धिमा प्रत्यक्ष रुपमा २.८ प्रतिसत र अप्रत्यक्ष रुपमा ६ प्रतिसतको योगदान पु¥याउँदै आएको छ ।

ओडिआइका अनुसन्धानकर्ता अल्बेर्टो लेमाले जलवायु परिवर्तनले पर्यटनमा ठूलो असर पर्ने भएकोले ग्रिन टुरिजम्को अवधारणा लागु गरेर अघि बढ्न नेपाललाई सुझाव दिएका हुन् । जलवायु परिवर्तनबाट अल्प विकसित र विकासोन्मुख मुलुक बढी प्रभावित हुने भएकोले समयमै उपयुक्त बाटो समात्न उनले सुझाव दिएका हुन् । एकिकृत व्यापार रणनीतिमा नेपालले पुर्वाधारलाई बढी जोड दिएको तर वातावरणीय प्रभावको बारेमा वास्ता नगरेको उनले बताए ।
दीर्घकालिन पर्यटनको मास्टर प्लान बनेको तर यसले पनि वातावरणको पक्षमा पर्ने असरका बारेमा चासो नदेखाएको अल्बेर्टोले उल्लेख गरेका छन् । सन् २००४ मै नेपालले इको पर्यटनलाई आत्मसात गरेको भएपनि त्यस अनुरुप कार्यान्वयन पक्ष बलियो नभएको अल्बेर्टोको कार्यपत्रमा उल्लेख छ । पुरानो एक मात्रै अन्तराष्ट्रिय विमानस्थल, अपर्याप्त उर्जाका लागि तिर्नुपर्ने महंगो शुल्क, पर्यटकको संख्यामा मात्र ध्यान दिनु जस्ता नेपालको पर्यटनका समस्या रहेको उनले बताए ।
ओडिआइको निजीक्षेत्र र बजारसम्बन्धी कार्यक्रम प्रमुख करेन इल्सले जलवायु परिवर्तनले प्राकृतिक श्रोतमै समस्या सिजर्ना हुने संभावना रहेकोले नवीकरणीय उर्जातिर लाग्न सुझाव दिइन । कार्यक्रममा सावतीका अध्यक्ष डा. पोषराज पाण्डेले जलवायु परिवर्तनले नेपालको पर्यटन क्षेत्रमा ठूलो प्रभाव देखिन सक्ने बताए । हिमालमा हिउ घट्ने संभावना रहेको बताउदै यस्ता असरले नेपालको पर्यटन क्षेत्रमा ठूलो नकारात्मक प्रभाव देखिने डा. पाण्डेले बताए । पुर्वाधार निर्माणका क्रममा ट्रेकिङ रुट मास्नु, अन्तराष्ट्रिय बजारमा प्रचार प्रसार गर्न नसक्नु र बारम्बार बन्द हडताल गर्नु जस्ता पर्यटनका प्रमुख समस्या रहेका छन् ।

Tata
GBIME
Nepal Life