सुरुङमार्गमा लगानी गर्न निर्माण व्यवसायीको आह्वान, कन्सोर्टिएम सदस्यता लिन डेडलार्इन

बिजमाण्डू
२०७० जेठ ३० गते ००:०० | Jun 13, 2013

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले काठमाडौं–हेटौंडा सुरुङमार्गमा लगानी गर्न आफ्ना सदस्यलाई आह्वान गरेको छ । महासंघले सुरुङमार्गमा लगानी गर्ने प्रतिवद्धता जनाइसकेको छ । सुरुङमार्ग निर्माणको सबै काम निर्माण व्यवसायीले गर्दैछन् । स्वदेशी पुँजी र स्वदेशी श्रम प्रयोग गरेर साढे ३४ अर्ब लगानीमा सुरुङमार्ग निर्माण हुने टुंगो लागिसकेको छ । महासंघले आफु अन्तर्गतको कन्सोर्टियमको सदस्यता लिन आग्रह गरेको छ । महासंघले असार १० गतेभित्रै लगानी गर्न आग्रह गरेको छ । ‘कन्सोर्टियमको सदस्यता विना निजी क्षेत्रबाट सञ्चालन हुने निर्माण कार्यमा सहभागी हुन नसकिने व्योहोरा जानकारी गराइन्छ,’ महासंघले जारी गरेको सूचनामा भनिएको छ ।

Tata
GBIME
Nepal Life