कार्ल्सवर्गको ‘फर्च्यून फेवर्स द फ्यान’ बिजेता घोषणा, फुटबल लाइभ हेर्न लिभरपुल जाँदै



बिजमाण्डू
२०७४ पुष १४ गते १५:१० | Dec 29, 2017

काठमाडौं। कार्ल्सवर्गको अधिकृत विक्रेता गोरखा ब्रुअरीले फर्च्यून फेवर्स द फ्यान क्याम्पेनका बिजेता चयन गरेको छ। कम्पनीले लक्की ड्र मार्फत चुनिएका बिजेताहरुलार्इ  फुटबल म्याच हेर्नकालागि बेलायत पठाउने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले लक्की ड्र का बिजेताहरुलार्इ आगामी फेब्रुअरीको ४ तारिखमा लिभरपुल र टोटेनह्यामबीच हुने फुटबल खेल प्रत्यक्ष हेर्न पठाउने भएको हो।
लिभरपुलसँगको २५औं वर्षको साझेदारीको सम्झनामा कम्पनीले उक्त लक्की ड्र मार्फत भाग्यशाली विजेता छनोट गरेको हो।

दुईजना विक्रेता, दुईजना उपभोक्ता र दुई अधिक खपत गर्ने क्लब लक्की ड्रमा परेका छन्। लिभरपुल भर्सेज टोटेन्हामको लाइभ म्याच हेर्नका लागि ठमेल स्थित होलसेल विक्रेता अन्तर्गत अमृत स्टोरका संचालक शालिग्राम कँडेल र रिफका रबीन श्रेष्ठ लक्की ड्र मा पर्न सफल भएका छन्।

यसैगरी उपभोक्तामा कलंकीका लोचन घिमिरे र बुढानिलकण्ठका सागर महर्जन रहेका छन्, दुवैजनाले ट्यामरिन रेष्टुरेन्टबाट कुपन भरेको बताइएको छ।
कम्पनीका अनुसार अधिक कार्ल्सवर्ग बियर बिक्री गर्दै आएको क्लब देजाभु र इबिजा क्लब पनि लिभरपुल क्लब भ्रमणका लागि छनोटमा परेका छन्।
करिब तीन महिना अघि विभिन्न स्थानका बिक्रेता तथा उपभोक्ताले कार्ल्सवर्ग खरिद गरी लक्की ड्र कुपन भरेका थिए।

लिभरपुल फुटबल फ्यान्सलाई लक्षित गर्दै कम्पनीले उक्त लकी ड्र कार्यक्रम गर्दै आएको छ। कम्पनीका अनुसार भाग्यशाली ग्राहकले भीआइपी हस्पिटालिटीका साथ  लिभरपुल भर्सेज टोटेन्हामको फूटबल म्याच हेर्न पाउनेछन्।

कम्पनीका बजार निर्देशक वैभव शर्माले भने- 'कार्ल्सवर्गले दिएको यो अपुर्वको मौकामा नेपालमा रहेका लिभरपुलका फ्यनसँग यो अवसर बाँड्न पाउँदा हामी एकदम खुसी छौँ ।’

सन् १८४७ देखि सुरु भएको आएको कार्ल्सवर्ग ब्राण्ड नेपालमा भने सन् १९९५ देखि बिक्री वितरण हुँदै आएको छ।