रामेश्वर खनाल Archives - BIZMANDU
निजी क्षेत्रले उत्साही भएर लगानी खन्याइहाल्ने आयोजना बजेटमा आउनुपर्छ, पूर्व अर्थसचिव खनालको विचार
सरकारले राजनीतिक दृष्टिकोणबाट वा अन्य कुनै दृष्टिकोणबाट महत्त्वपूर्ण आयोजना भनेर नहेरौं। यस्ता आयोजना हेरौं जसले सरकारले लगानी गरेको भोलिपल्टदेखि नै निजी क्षेत्र लगानी गर्न प्रोत्साहित भएर जाओस्।
सरकारले पूर्वाधार सृजना गरेपछि निजी क्षेत्र लगानी गर्न जान्छ। उदाहरण के हो भने- सुनौलीदेखि पोखरासम्मलाई जुनबेला सिद्धार्थ राजमार्ग बनाइयो। राजमार्गको वरिपरि आर्थिक गतिविधि विस्तार हुनका लागि २०औं वर्ष लाग्यो। जबकि त्यस्तै किसिमको राजमार्ग धुलिखेल-सिन्धुली-बर्दिबास बन्यो, त्यो सडक बनेको ४-५ वर्षको अवधिमा मुलकोटलगायत त्यस राजमार्गका क्षेत्रहरुमा रिसोर्ट निर्माण भए।
बाटो र प्रसारण लाइन निर्माण सरकारले गर्ने भएपछि आफ्नो लागत धेरै कम हुने भयो। अब लगानी गर्नुपर्छ भनेर भकाभक सिमेन्ट उद्योग खुले। अहिले हाम्रो मागभन्दा उत्पादन धेरै बढी छ। निजी क्षेत्र प्रोत्साहित भएर ज्यादै बढी लगानी गर्न गयो।
म अर्थसचिव हुँदा नेपालमा सिमेन्ट उद्योगहरुको सम्भावना छ, चुनढुंगाका खानी हामीसँग छ, आन्तरिक कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्न सक्छौं भन्ने सम्भावना देख्यौं। सरकारले धेरै केही पनि गरेको होइन।
सरकारले सिमेन्ट उद्योग खडा गर्न खानी र उद्योगसम्म पुग्ने सडक र प्रसारण लाइन बनाइदिन्छ भनेर जम्मा २०-२५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यो गर्ने बित्तिकै खानीको लाइसेन्स लिएर बसेको निजी क्षेत्र बैंकमा कर्जा लिन गयो।
बाटो र प्रसारण लाइन निर्माण सरकारले गर्ने भएपछि आफ्नो लागत धेरै कम हुने भयो। अब लगानी गर्नुपर्छ भनेर भकाभक सिमेन्ट उद्योग खुले। अहिले हाम्रो मागभन्दा उत्पादन धेरै ज्यादै बढी छ। निजी क्षेत्र प्रोत्साहित भएर ज्यादै बढी लगानी गर्न गयो। यहाँ लिड टाइम एकदमै कम भयो।
अर्थतन्त्रमा अहिले हामीले ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने हो भने न्यूनतम पनि १५/१६ सय अर्ब लगानी चाहिन्छ। निजी क्षेत्रले ९/११ सय अर्बभन्दा बढी लगानी गर्न सकेको छैन, २ सय अर्ब सरकारले गर्छ, अनि फुर्ती लगाउने ७ प्रतिशतको आर्थिक वृद्धि ?
अब सरकार प्रसारण लाइन विस्तार गर्ने कार्यक्रममा जोड दिएर गयो भने कतिपय लाइसेन्स लिएर बसेका तर, प्रसारण लाइन छैन, विद्युत प्राधिकरणले कहिले पीपीए गर्दिने भनेर कुरेर बसेका जलविद्युत आयोजनाले भकाभक कर्जा लिएर निर्माण सुरु गर्छन्।
अहिलेसम्म पर्यटन प्रडक्टको विकास सरकारी नेतृत्वबाट भएको छैन। जति पनि पर्यटकीय क्षेत्र  छन्, पोखरा, सौराहा वा अरुतिर हेर्नुस् निजी क्षेत्रको पहलकदमीमा भएको हो। सरकारले नेतृत्व लिएर कुनै स्थानमा यो-यो प्याकेज लिएर जान्छौं, तपाईं निजी क्षेत्र होटल, एड्भेन्चर टुरिज्म वा अन्य कुनै प्याकेज लिएर जाँदा सहकार्य गर्छौं भन्ने विश्वास गराउनुपर्छ।
अर्को भनेको नयाँ पर्यटकीय गन्तव्य विकास भएको छैन। तुरुन्तै निजी क्षेत्र ‘जम्प’ गरेर आउन सक्छ। यस क्षेत्रमा निजी क्षेत्रको क्षमता विकास पनि भएको छ। आन्तरिक निर्माण क्षमता पनि बढेर गएको छ।
अहिलेसम्म पर्यटन प्रडक्टको विकास सरकारी नेतृत्वबाट भएको छैन। जति पनि पर्यटकीय क्षेत्र- पोखरा, सौराहा वा अरु तिर हेर्नुस् निजी क्षेत्रको पहलकदमीमा भएको हो।
सरकारले नेतृत्व लिएर कुनै स्थानमा यो-यो प्याकेज लिएर जान्छौं, तपाईं निजी क्षेत्र होटल, एड्भेन्चर टुरिज्म वा अन्य कुनै प्याकेज लिएर जाँदा सहकार्य गर्छौं भन्ने विश्वास गराउनुपर्छ।
सरकारले ५० अर्ब पर्यटन क्षेत्रमा लगानी गर्छु, निजी क्षेत्रले कति लगानी गर्छ भनेर प्रतिबद्धता गराइएको होइन। त्यो गराएको भए अझै बढी लगानी होटल निर्माण र विस्तारमा भित्रिन्थ्यो होला। कस्ता आयोजनामा सरकारले निजी क्षेत्रलाई तानेर सँगै लैजान सक्छ त्यो बजेटले पहिल्याउनुपर्छ। अहिले बिग्रिएको लगानीको साइकललाई रिकभरीको बाटोमा लैजान सकिन्छ।
त्यसैगरी, कृषि प्रशोधन उद्योगको विकासमा सरकार र निजी क्षेत्र अघि बढ्न सक्छन्। संकलन केन्द्र, किसानलाई सहायता लगायत मेकानिज्म निजी क्षेत्रले अघि बढाउन सक्दैन।
समूहगत खेतीको व्यवस्था गर्दै त्यसको संकलन केन्द्र निर्माण गर्दै सर्टिङ, ग्रेडिङलगायतको काम सरकारले लैजान्छ। यसमा निजी क्षेत्रको साथ लिएर सरकार अघि बढ्न सक्छ। उद्योगी व्यवसायीका प्रतिनिधिलाई बोलाएर सरकारले आफ्नो धारणा राख्ने र निजी क्षेत्रको साथ खोज्नुपर्छ।
यी तीनवटा क्षेत्रबाहेक खानीमा थुप्रै काम गर्न सकिन्छ। वन स्रोत र बहुमूल्य जडिबुटी संकलन गर्ने क्षेत्रमा त लगानी नै भएको छैन। पूर्वाधारमा कामै भएको छैन। यी क्षेत्रमा निजी क्षेत्रसँग कुरा गरेर सरकारले लगानीको वातावरण निर्माण आगामी बजेटबाटै गर्न सक्छ।
सडक पूर्वाधारमा सरकारले राजनीतिक रणनीतिक होइन कि आर्थिक रणनीतिक हिसाबले लगानी गर्नुपर्छ। राजनीतिक आग्रहका आधारमा कुनै गाउँपालिका, नगरपालिका वा निर्वाचन क्षेत्रको भोट बैंक बटुल्ने ध्येयले सडक पूर्वाधार निर्माण गर्ने होइन। आर्थिक करिडोरको अवधारणा एकदमै महत्त्वपूर्ण हुन सक्छ।
निर्माणाधीन मुग्लिङ-पोखरा सडक
सडक पूर्वाधारमा सरकारले राजनीतिक रणनीतिक होइन कि आर्थिक रणनीतिक हिसाबले लगानी गर्नुपर्छ। राजनीतिक आग्रहका आधारमा कुनै गाउँपालिका, नगरपालिका वा निर्वाचन क्षेत्रको भोट बैंक बटुल्ने ध्येयले सडक पूर्वाधार निर्माण गर्ने होइन।
आर्थिक करिडोरको अवधारणा एकदमै महत्त्वपूर्ण हुन सक्छ। पोखरादेखि भैरहवासम्म प्राथमिक अध्ययन भएको छ। देशभित्र एउटा दुईवटा आर्थिक करिडोर राम्रोसँग निर्माण गर्न सक्यौं भने त्यसले ठूलो संख्यामा रोजगारी र ५-६ वर्षका लागि लगानीको अवसर सृजना गर्छ। आर्थिक करिडोर भनेको बाटो मात्रै होइन। अमेरिकाको कुनै राजमार्गमा जानु भयो भने ठाउँ ठाउँमा ट्रक पार्किङ बे हुन्छ।
अब हाम्रोमा ट्रक गुड्ने सडकमा त्यो पार्किङ गर्ने ठाउँ पनि छैन। हाम्रो सडक पेसेन्जर रुट हो कि ढुवानी रुट हो छुट्याउन सकिंदैन। न व्यवस्थित शौचालय छ। अहिले भारतमा पनि ट्रक पार्किङ बे निर्माण भएर सञ्चालनमा आइहेका छन्। ट्रक पार्किङ बे निर्माण भएपछि त्यहाँ रिपेयर सेन्टर, वर्कसपदेखि अनेक उद्योग खुल्दै जान्छ। एरिया अकुपाई गर्दै जानुपर्छ। यस्ता करिडोर बजेटले कल्पना गर्नुपर्छ।
दोस्रो भनेको व्यापार पूर्वाधार (ट्रेड लजिस्टिक्स्) हो। जस्तै चोभारको सुख्खा बन्दरगाह प्रयोग गर्न नुवाकोट, धादिङ, काभ्रेको उत्पादकलाई कनेक्टिभिटी नै छैन। लजिस्टिक्समा कहिल्यै पनि हामीले ध्यान दिएनौं।
सरकारसँग मास्टरप्लान छ। आयोजना कहाँ बन्छ भन्ने पनि थाहा छ। कतिपय ठाउँमा सडक पूर्वाधार नपुगेको होला।
सडक नबनी निजी क्षेत्रको लागत घट्दैन। निजी क्षेत्रले बाटो बनाएर निजी क्षेत्रसँग डिल गर्न त सक्दैन नि। अहिलेसम्म सरकारसँग कम्युनिटी इङ्गेजमेन्ट स्ट्र्याटेजी छैन। न सरकारले समुदायसँग राम्रोसँग डिल गर्न जानेको छ, नागढुंगा टनेल सम्पन्न हुनेबेलामा स्थानीयको अवरोधले केही समय काम रोकियो। दातृ निकायले टाउको समातेर बस्छ, हाम्रो निकायलाई टाउको दुख्दैन।
दातृ निकाय आफ्ना करदाताले नेपालमा गरेको लगानीको प्रतिफल चाँडो आए आफ्नो संसदमा रिपोर्टिङ गर्न पाउँछु भनेर आतुर हुन्छ। उसलाई त्यस्तो चिन्ता हुँदा हामीलाई २-४ महिनै काम रोकिंदासमेत कति पनि चिन्ता छैन। हामी त समुदायसँग डिल नै गर्न जान्दैनौं।
इन्जिनियरले समुदायसँग डिल गर्दा के-के विषयमा कुरा गर्ने कुन हदसम्म सरकार अगाडि जान सक्छ, कुन हदसम्म समुदायलाई राजनीतिक तहबाट तल राख्ने कार्यविधि नै छैन। जग्गा अधिग्रहणको मामलासम्म रिसेटलमेन्ट पोलिसी छ, तर कम्युनिटी इङ्गेजमेन्ट पोलिसी नहुँदा यसलाई सरकारले आगामी बजेटमा समावेश गर्नुपर्छ।
निजी क्षेत्रले कुन हदसम्म सीएसआर गर्नुपर्ने स्पष्ट हुनुपर्छ। सीएसआरमा छुट्याएको भन्दा १० गुणा बढी खर्च गर्नुपर्ने अवस्था छ। राजनीतिक नेतृत्वले पनि यसलाई महत्त्वका साथ कार्यान्वयनमा सघाउनुपर्छ। त्यो नभइ नेपालमा विकास आयोजना मात्रै नभएर निजी क्षेत्रले ल्याएका आयोजना पनि समयमा सम्पन्न नहुने रोग लागिरहन्छ।
निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङमार्ग
समुदाय र सरकारको आ-आफ्नो दायित्व र निजी क्षेत्रले कुन हदसम्म सीएसआर गर्नुपर्ने स्पष्ट हुनुपर्छ। सीएसआरमा छुट्याएको भन्दा १० गुणा बढी खर्च गर्नुपर्ने अवस्था छ। राजनीतिक नेतृत्वले पनि यसलाई महत्त्वका साथ कार्यान्वयनमा सघाउनुपर्छ। त्यो नभइ नेपालमा विकास आयोजना मात्रै नभएर निजी क्षेत्रले ल्याएका आयोजना पनि समयमा सम्पन्न नहुने रोग लागिरहन्छ।
(पूर्व अर्थसचिव खनालले बिजमाण्डूले जेठ ४ गते काठमाडौंमा आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा दिएको मन्तव्यको सम्पादित अंश।)
The post निजी क्षेत्रले उत्साही भएर लगानी खन्याइहाल्ने आयोजना बजेटमा आउनुपर्छ, पूर्व अर्थसचिव खनालको विचार appeared first on BIZMANDU.
काठमाडौं उपत्यकामा कसरी बढ्यो चाप? [अर्थविद् रामेश्वर खनालको सहरी कथा – २]
नेपालमा बस्ती विकासको अवस्था हेर्दा पहिलेदेखि नै अवसर नपाउने मानिसहरु डाँडातिर उक्लिएको देखिन्छ। अवसर पाउनेहरु समथर भूभागतिर बसे। धेरैजसो बाहुन क्षेत्री समथरतिर बसे। पिछडिएका वर्ग डाँडातिर। पछिल्लो कालखण्डमा गुरुङ, मगर र शेर्पाहरु माथिबाट समथर भू-भागमा झर्न थालेका छन्, सुरुको कालखण्डमा पश्चिमबाट पूर्वतिर सर्नेक्रम जस्तै। अहिले पनि मानिसहरु दार्चुला भन्दा सुर्खेतलाई सुरक्षित ठान्छन्। सुर्खेत भन्दा बढी ‘कन्भिनियन्ट’ लमही र तुलसीपुरलाई ठान्छन्। लमही भन्दा बढी बुटवललाई। त्यसरी नै पूर्वतिर मानिसको प्रवाह बढिरहेको हुन्छ।
मलेरिया उन्मुलन भइसकेपछिको चरणमा तराईमा सहरहरु विस्तार भएको पाइन्छ। मानिसहरु अवसरका लागि तराईका क्षेत्रमा बसोबास गर्ने क्रम बढ्यो। कतिपय अवस्थामा सरकारले पनि प्लानिङ पनि गरिदियो सहरी विकासका लागि। जस्तो बाँकेको खजुरा, बर्दिया, कैलालीको फूलबारी आदि। भारतसँगको सीमावर्ती क्षेत्रमा सैनिक बस्ती बसालियो। सीमा सुरक्षा गर्न भूतपूर्व सैनिकहरुको बस्ती बसाएपछि त्यसले बजार बढाउन थाल्यो। यसरी बस्ती बसाउँदा योजनाबद्ध हिसाबले दुई/तीन विगाहा जग्गा दिएर घर बनाउन थालियो। उत्तरी नेपालबाट दक्षिणतिर मलेरिया उन्मुलन भएपछि बसोबास यसरी नै बसोबासको क्रम बढ्यो।
टिकापुर बजार
अर्कातिर, पहाडमा खेतीबाट पर्याप्त आम्दानी हुने सम्भावना थिएन। सजिलै खेती गरेर दुई बाली भित्र्याउन पनि मधेश झर्नेक्रम सुरु भयो। पहाडमा दुई बाली त गाह्रो थियो किनकि सिंचाईको कुनै प्रबन्ध थिएन। ठीक विपरीत मधेशमा दुई बाली मज्जासँग हुने। उत्पादन भएको एकै बालीले वर्षभरि खान पुग्ने। यसो हुँदा पनि तराईँमा २०१८/१९ सालसम्म धेरै खेती भएको चाहिँ देखिन्न। २०१९ सालको तथ्यांक हेर्ने हो भने मधेशमा गहुँको खेती ज्यादै न्युन थियो। २०२६ सालपछि सरकारले गहुँ उत्पादनको अभियान चलायो। अनिमात्र दुई बाली लगाउन सुरु भयो। पहिले पहिले एकै बालीले खान पुग्छ भने किन दोहोरो बाली लगाउने भन्ने भयो। मतलब, थप काम किन गरिरहने? भन्ने रहेछ। अहिले आएर तराईमा तीन बाली लगाउँदा पनि हामीलाई खान नपुग्ने अवस्था छ। कतिपय कृषिजन्य वस्तुको आयातमा हामी निर्भर हुन परिरहेको छ।
द्वन्द्वले बढेको काठमाडौंको चाप
मधेशमा जस्तै पछिल्लो समय आप्रवासनको चाप काठमाडौंमा धेरै बढ्यो। काठमाडौंमा यतिको चाप बढ्नुको कारण चाहिँ सहरको विकास सँगसँगै माओवादीको हिंसात्मक द्वन्द्व पनि उत्प्रेरक बन्यो। माओवादी द्वन्द्व नभइदिएको भए काठमाडौंले बोकिरहेको चाप उदाउँदै गरेका सहरहरूले थेग्ने थिए। मानिस बीचमै रोकिएका हुन्थे। बीचमै सहर बन्थे। त्यहाँको विकासदर पनि तीव्र हुन्थ्यो।
द्वन्द्वको चाप काठमाडौंमा मात्र नपरी ‘इन्टरसेक्सन’मा परेका सहरहरुमा पनि केही बढेको देखिन्छ। २०६१/६२ सालमा द्वन्द्व चरम उत्कर्षतिर पुग्दा इन्टरसेक्सन परेर विकास भएका सहरमा करिब ६० प्रतिशतको विस्तार भएको पाइन्छ।
हिंसात्मक द्वन्द्वकै क्रममा बेनी र पाल्पामा आक्रमण भएको बेला मानिस उदाउँदो सहरमा पनि बस्न डराए। लम्कीको विकासको रफ्तार त्यही अवधिमा रोकिन पुग्यो। किनभने लम्की माओवादीको आधार क्षेत्रजस्तै थियो। अत्तरियाको विकासमा पनि गतिरोध उत्पन्न भयो। जुन क्रमबाट राजनीतिक घटनाक्रम विकास भइरहेको थियो, त्यसले काठमाडौं सुरक्षित छ भन्ने सन्देश दियो। मानिसहरु २/३ आना जग्गामै सही काठमाडौंमै घर बनाउन प्रेरित भए। काठमाडौं सुरक्षित छ, त्यहाँ सेना छ, सरकार पनि छ। मर्नै परे त्यहीँ गएर मरौंला भनेर मानिसहरू काठमाडौं भित्रिनेक्रम चलिरह्यो।
ललितपुरको लामाटारबाट देखिएको काठमाडौं उपत्यकाको घना बस्ती
भूकम्प र कोभिड १९ को संक्रमणपछि केही मानिस पुख्यौली थलोतिर गए। यसरी गएकाहरु फर्किँदैनन् होला भन्ने अपेक्षा थियो तर पनि मानिसहरु फर्किए। पछिल्लो समयमा केही महिना काठमाडौंमा र बाँकी आफ्नै गाउँठाउँमा बस्ने प्रवृत्ति बढेको छ। नेपालगंज, बुटवल, पोखरा वा विराटनगरका मानिसले काठमाडौं छाडेनन्। उनीहरुले पुर्ख्यौली थलोतिर पनि घर राखिरहे। आफू नबसेको ठाउँको घर भाडामा लगाउने चलन स्थापित भयो।
एकै सहरमा यसखाले जनघनत्वको दबाब घटाउने हो भने सरकारले चलायमानकै अवस्थामा व्यवस्थित सहरी विकासमा लगानी गर्नुपर्थ्यो। व्यवस्थित सहरी विकास गर्न सरकारले सोच्दै नसोचेको भने होइन। त्यही सोच अनुरुप कारण मध्यपहाडी लोकमार्ग अगाडि बढेको थियो। सुरुमा आर्थिक अवसर सहितका २५ वटा स्थानमा सहरी पूर्वाधार विकास गर्ने योजना थियो। पछि १० स्थानमा मात्रै नयाँ सहर बनाउने भनियो। तर, सोचे अनुरुप काम हुन सकेन। ती सहरको विकास गर्न सकिएको भए काठमाडौंको चाप केही हदसम्म कम हुनसक्थ्यो।
मध्य पहाडी लोकमार्ग र नयाँ सहर
मध्य पहाडी लोकमार्गको आवश्यकताको एउटा कारण उत्तर दक्षिणको आप्रवासनलाई नियन्त्रण गर्नु पनि थियो। यसो गर्दा जुम्लाबाट बसाइ सर्ने मानिसहरु सुर्खेतमै रोकिन्थे। उनीहरु कोहलपुर झर्नुपर्ने हुन्थेन।
रातिको समयमा भरतपुरको मुख्य सडक
यी सबै परिदृश्यले के देखाउँछ भने, भविष्यमा आर्थिक विकासका अवसरले मात्रै सहरी विकास होला भनेर छोड्नु गलत हुन सक्छ। बरु सरकारी नीति व्यवस्थित योजनातिरै जानुपर्छ। व्यवस्थित सहरी योजनामा जानु भनेको एक किसिमले ‘रियल इस्टेट’को योजनाबद्ध विकास गर्नु हो। औद्योगिकरणका साथसाथै ‘कन्स्ट्रक्सन इन्डस्ट्री’को विकास गराउँछ रियल स्टेटको विकासले। यसरी ‘क्लस्टर’मा बस्ती विकास हुँदा सहरी विकासले डेन्सिटी र डिस्टेन्स दुवैलाई सुधार गर्छ। खानेपानी, ढल व्यवस्थापन लगायतका विषयलाई यसले सम्बोधन गर्छ। मुलत: सहरीकरणको अस्तव्यस्तालाई चिर्छ। यसखाले सुधारले ती ठाउँहरुमा आर्थिक गतिविधि बढ्दै जान्छ।
व्यवस्थित तरिकाले बस्ती विकास भयो भने काठमाडौंमा आउने चाप रोकिन्छ। राम्रो विद्यालय, राम्रो अस्पताल, कुनै विशिष्ट आर्थिक गतिविधिको हब, जस्तै पर्यटन, औद्योगिक क्षेत्र, शैक्षिक केन्द्र आदि भयो भने मानिस त्यही रोकिन्छन्। विद्यालय र अस्पताललाई योजनावद्ध तरिकाले काठमाडौं बाहिर लगिदिनासाथ त्यहीँ सहरको विकास हुन्छ। त्यसपछि काठमाडौंका मानिस रोजगारीका लागि बाहिर ‘माइग्रेट’ हुने सम्भावना बढ्छ। अब पनि बजारलाई मात्रै छोडेर, नीतिगत रुपमा नै व्यवस्थित बस्ती विकास गर्न नलाग्ने हो भने, सुधारको अपेक्षा नगर्दा नै हुन्छ।
The post काठमाडौं उपत्यकामा कसरी बढ्यो चाप? [अर्थविद् रामेश्वर खनालको सहरी कथा – २] appeared first on BIZMANDU.
लालटिन र इन्टरसेक्सनले बनाएका सहरका कथा [अर्थविद् रामेश्वर खनालको सहरी कथा-१]
नेपालमा सहरको विकास कसरी भयो भन्नेमा अलग अलग कथा छन्। संसारमा सबैतिर हेर्ने हो भने आर्थिक अवसरको खोजीमा हिँड्दै गर्दा सहरको विकास भएको पाइन्छ। जहाँ बढी आर्थिक अवसर हुन्छ त्यहाँ मानिसको चलहलपहल बढ्छ र सहजै सहर बसिहाल्छ। व्यावसायिक दृष्टिकोणले चर्चित चीनको सांघाइ, भारतको मुम्बई र कोलकाता, संयुक्त राज्य अमेरिकाको न्यूयोर्क र बेलायतको लण्डनजस्ता सहर चाहिँ सबै सामुद्रिक बन्दरगाह निकट भएका कारणले विकसित भए जहाँ आर्थिक गतिविधि सधैं चलायमान रह्यो।
नेपालमा चाहिँ मल्लकाल र राणाकालमा सरकारले आफ्नो केन्द्र, गौंडा अथवा बडाहाकिम बस्ने ठाउँ तोकेपछि सहरको विकास भएको पाइन्छ। सुदूरपश्चिमको डोटी गौंडा भएका कारण सहर बन्यो। कुनै पनि ठाउँ गौंडा भएपछि कम्तिमा २०/३० जना कर्मचारी परिचालन हुने भए। त्यहाँ सेनाको टुकडी र गारद रहने भयो। त्यतिखेर पूर्वमा धनकुटा गौंडाकै कारण सहर बन्यो। धनकुटा सहर हुँदा अहिले जगमग बनेको इटहरीमा चाहिँ सहरको कुनै संकेतसम्म थिएन किनकि त्यहाँ कुनै सरकारी संयन्त्र बसेको थिएन।
सरकारले सदरमुकाम तोक्न थालेपछि एउटा लामो कालखण्डमा सहरी विकासले गति लियो। राणाकालमा सीमित सदरमुकाम थिए। पञ्चायतकाल सुरु भएपछि २०१८ सालमा ७५ जिल्लाको प्रबन्ध भयो। त्यसपछि जहाँ जहाँ जिल्लाको सदरमुकाम घोषणा गरियो, त्यहाँ त्यहाँ कर्मचारी परिचालन भए। त्यसले बजार चलायमान हुन थाल्यो। त्यतिमात्र होइन, जहाँ धेरै पैसाको कारोबार हुन थाल्यो, स्वभावत त्यहाँ बढी व्यापार हुने नै भयो। जहाँ बढी व्यापार भयो, त्यहाँ धेरै मान्छेको आवतजावत भयो। त्यहीँ रेष्टुराँ र होटल चलाउनेहरु पनि जोडिन थाले। त्यहीँ दोकानहरु खुल्ने क्रम बढ्यो। ग्रामीण क्षेत्रमा आपूर्ति गर्नेका लागि ती दोकान होलसेलमा रुपान्तरित बन्न पुगे। पाल्पा (तानसेन) एक जमानामा होलसेल बजार थियो। पहिले झैं अहिले होलसेल मार्केट होइन पाल्पा। किनभने पहिले पाल्पाले गुल्मी, अर्घाखाँची, पर्वत र बागलुङसम्मको मार्केटलाई ‘सर्भ’ गर्थ्यो। पञ्चायतकाल भरी नेपालका सहर विस्तारको यस्तै चरित्र रहिरह्यो।
चलायमान सहरको शृंखला
राणा र पञ्चायतकालमा सहरी विकासको अरुखाले चरित्र पनि देखिन्छ – पहिलो हो, व्यापारिक नाकामा विकास भएका बस्ती र सडक पूर्वाधार। उदाहरणका लागि दाङको सीमावर्ती नाका कोइलाबास त्यसरी नै विकास भयो। त्यहाँ छोटी भन्सार पनि छ तर अहिले दाङकै लमही ठूलो बजार बनेको छ।
कोइलाबास चाहिँ सुकेको छ। यसखाले परिवर्तन किन आयो? सडकका कारण लमही व्यापारिक केन्द्र बन्यो। अर्कातिर कोइलाबास नाका भन्दा नेपालगञ्जको नाका सहज भयो र लोकप्रिय पनि। सजिलोसँग नेपालगञ्जबाट गाडीमा सामान ओसार्न सकिने भयो। राम्रा सडक नभएका कारण कतिपय सीमा नाकाहरु सुक्दै गए।
पूर्वमा भद्रपुर पहिला एकदम ठूलो बजार थियो। त्यहाँबाटै व्यापार हुन्थ्यो। रेल भद्रपुर नजिक गलगलियासम्म आउँथ्यो। त्यहाँबाट मानिसहरुले रेलबाट अफ लोड गरेका सामान ओसार्थे। पछि काकडभिट्टाको बाटो राम्रो बन्यो। त्यसले भद्रपुरको बजार सुकायो।
दाङको घोराही बजार
राणाकाल र पञ्चायतकालमा सहरी विकासमा सरकारको सदरमुकाममाथि नीतिले पनि प्रभाव पारेको देखिन्छ – एउटा सदरमुकाम घोषणाका कारण हुने विकास। दोस्रो सदरमुकाम सार्नासाथ नयाँ ठाउँमा हुने सहरी विकास। साथसाथै जहाँबाट सदरमुकाम उठेर गयो, त्यसले सहरको पहिचान चाहिँ गुमाउन थाल्यो। मकवानपुरको भीमफेदी र तनहुँको बन्दीपुर यसका पहिलो र दोस्रो उदाहरण हुन्। बयलपाटा तेस्रो उदाहरण। अछामको सदरमुकाम बयलपाटामा थियो पहिले। सदरमुकाम सरेपछि बयलपाटा सुक्यो। पछि दिपायल-मार्तडी सड़क खन्ने क्रममा साँफेबगर लालटिन बजार विकास भयो, जुन क्रमिक रुपमा सहरको रुपमा विकसित भएर बयलपाटासम्म जोडिन पुगेको छ।
विराटनगर भन्दा पहिला रंगेली बजार गुलजार थियो। त्यसैगरि, लालबन्दीको तल बयलबास ठूलो बजार थियो। मलंगवा र सोनवर्षाबाट सामान लादेर ल्याएका बयलगाडा त्यहाँ बास बस्थे। पञ्चायतकालमा सदरमुकाम बनेपछि सहरी विकासको पहल पनि भयो। त्यस्ता सहरको सूचीमा महेन्द्रनगर, राजविराज, टीकापुर आदि पर्छन्। तर, अहिले टीकापुरभन्दा लम्की ठूलो सहर बनिसकेको छ।
लालटिन बजारको कथा
सहरी विकासमा ‘लालटिन बजार’ पहाडतिर निकै चर्चित छ। झुपडी बजारमा साँझपख लहरै लालटिन बालेर उज्यालो बनाइने भएकाले लालटिन बजार नामकरण भएको हो। सरकारले सडक खन्दैखन्दै गयो, कुनै एउटा ठाउँ पुगेपछि बजेट सकियो। अनि काम रोकियो।
जहाँसम्म सडक पुगेर रोकियो, त्यहीँ सहर बस्यो। फेरि बजेट आएपछि सडक बढ्न थाल्यो र लालटिन बजार पनि नयाँ ठाउँतिर तन्कियो। अत्तरियाबाट बाटो खन्दै गएर डडेलधुरा पहिल्यै पुगेको थियो। डडेलधुरापछि राजपुर दिपायल पुगेर त्यहीँ लालटिन बजार बस्यो। डोटीबाट माथि बाजुरा लाग्ने क्रममा साफेँबगरमा पुगेपछि सडक रोकियो। त्यहीँ बजार बस्यो।
इन्टरसेक्सन परेका ठाउँहरु लालटिन बजारको विकास अझ तीव्र गतिमा भयो। पाल्पाको तानसेन पुग्नुअघि केराबारी भन्ने ठाउँ छ। कुनै समय केराबारी एकदमै विकसित बजार थियो किनभने सडकखण्ड त्यहाँ पुगेपछि धेरै समय रोकियो। अनि लालटिन बजार त्यहीँ बन्यो। केराबारीसम्म ट्रक आउने भयो। केराबारीमा सामान ‘अफलोड’ गर्ने अनि खच्चर र भरियाले बोकेर विभिन्न ठाउँमा लैजाने भएकाले त्यो गजबको ‘जक्सन’ बन्यो। केराबारी एकाएक ‘राइज’ भयो। अहिले पनि केराबारी पुग्दा त्यसबेलाको अवशेष भेटिन्छ। अझै पनि केही रेष्टुराँ चलेका छन् त्यहाँ।
माओवादी द्वन्द्वका बेला त्यहाँका मानिस विस्थापित भए, कोही नेपालगञ्जतिर, कोही घोराहीतिर झरे। अहिले सडक कनेक्टिभिटी भए पनि मध्यपहाडी लोकमार्गको इन्टरसेक्सनमा नपरेकाले चौरजहारी उजाड छ। कुनै बेलाको बजारको केन्द्र अहिले निकै कमजोर बन्न पुग्यो, जबकी चौरजहारीको तुलनामा त्यसबेला निकै सानो वस्ती थियो सुर्खेतको छिन्चु। छिन्चु अहिले गुलजार बजार बन्न पुगेको छ।
दिपायल पनि पहिलाको लालटिन बजार थियो। त्यही लालटिन बजार बढ्दै बढ्दै गएर पछि क्षेत्रीय सदरमुकामसम्म भयो। सडक बन्ने क्रम विस्तार भएसँगै लालटिन बजार पनि सर्न थाल्यो। त्यस क्रममा कतिपय पुरानो लालटिन बजार सुके भने कतिपय लालटिन बजार विकास भएर सहर बने। दिपायल र साफेँबगर लालटिन बजारबाटै विकसित बजार हुन्। अहिले साफेँबगर मंगलसेनभन्दा ठूलो भएको छ। मंगलसेन त बयलपाटासम्मै जोडिन लागिसक्यो। साँफेबजार लालटिन बजारको विशेष उदाहरण हो। त्यसैगरि पूर्वमा घुर्मीको विकास भयो, जुन ओखलढुंगाको बजार जत्तिकै लाग्छ। पूर्वपश्चिम राजमार्गबाट खोटाङ र ओखलढुंगा जोड्न मिर्चैया-घुर्मी सडक बनाइयो। सुनकोसी किनारको घुर्मीबाट पारी जान पुल तत्काल बनेन। यसको फाइदा घुर्मीले पायो। त्यहाँ बिस्तारै बजार बन्यो। मधेसबाट व्यापारीहरु पनि घुर्मीमा आएर दोकान थापेर बसे। घुर्मी, साँफेबगर, बागलुङ तथा मध्यपहाडी लोकमार्गको ठाउँ ठाउँमा लालटिन बजार सहरका रुपमा विकास भए।
बुटवल बजार
सरकारको योजनामा परेर बनेका सदरमुकामका कारण भन्दा लालटिन बजारका कारण सहरको विकास बढी भएको देखिन्छ। लालटिन बजारमा व्यापार र आर्थिक गतिविधि धेरै हुनुले सहरीकरणमा सघायो। सदरमुकामले सीमित आर्थिक गतिविधिमा योगदान नदिएको होइन। तर त्यसभन्दा धेरै इन्टरसेक्सनले उद्योगका लागि वातावरण बनायो। बर्दिवासको ३०/४० किलोमिटर पर उद्योगहरु छन्। वरिपरि उद्योग खोलिएका कारण त्यहाँ काम गर्नेहरु आए। त्यहीँ बस्न थाले। बुटवल पनि कुनै जमानाको इन्टरसेक्सन बजार थियो, जुन ठूलो सहर भइसकेको छ अहिले।
सरकारी बलमा बसेन सहर
कुनै बेला नवलपरासीको बजार ‘ह्यापेनिङ’ हुँदा भरतपुरमा केही पनि थिएन। अहिले भरतपुरले नवलपरासीलाई बिट गरेर कहाँ पुग्यो कहाँ! यतिखेर नारायणगढ मुलुकको ठूलो उपभोक्ता बजार बनेको छ। कुनै पनि ‘शो रुम’ पोखरा खोल्नुभन्दा पहिला नारायणगढ बजारमा जान थालेको छ। आर्थिक कारोबारको अर्को बलियो केन्द्र बन्न पुगेको छ। भरतपुर काठमाडौंको पनि ‘मेजर इन्टरसेक्सन’मा परेकाले यसको प्रभाव विस्तार भयो। पूर्व र पश्चिमका बाटो पनि त्यहीँ जोडियो।
हेटौंडा सहर
सडक पूर्वाधार र इन्टरसेक्सन बाहेक उद्योगहरूले पनि सहरी विकासलाई गति दिएको देखिन्छ। मकवानपुरको हेटौंडा सदरमुकाम सरेरमात्र होइन, उद्योगका कारण समेत घना बन्दै गयो। जब कि कुनै बेलाको प्रमुख गौंडा तथा बजार भीमफेदी रुग्ण बन्न पुग्यो। हाल बन्दीपुर जस्तो भीमफेदी फेरि सहरी विकास गर्ने उद्यमको केन्द्र बन्ने सम्भावना कुनै देखिँदैन।
उद्योगले ‘ड्राइभ’ गरेको अर्को बजार सिमरा हो, जहाँ कतिपय सुविधा वीरगंजलाई माथ गर्ने खालका छन्। वीरगंजभन्दा राम्रा होटल सिमरामा खुलेका छन्। सीमापार भारतीय सहरका मानिस आराम गर्न र क्यासिनोका लागि सिमरा आउँछन्, वीरगंजमा रोकिन्नन्। सिमरा औद्योगिक करिडोरका कारण ‘राइज’ भएको ठाउँ हो। ठूला उद्योग भए सहरी विकासमा भूमिका खेल्छ भन्ने यसले स्थापित गरेको छ।
सहरका लागि सडक, सडकले गर्दा सहर : इन्टरसेक्सनको असर
२०४६ सालपछि नेपालमा सडक सञ्जालको तीव्र विस्तार भयो। यस क्रममा जहाँ-जहाँ सडकको उत्तर-दक्षिण र पूर्व-पश्चिम जोडिए ती क्षेत्र सहरका रूपमा विकसित भए। जस्तै, इटहरी। धरान र विराटनगर स्थापित ठाउँ हुँदाहुँदै भाटभटेनी सुपर स्टोरले आफ्नो आउटलेट पहिला इटहरीमा लिएर गयो। इटहरीमा विराटनगर भन्दा राम्रा होटल बने। अहिले विराटनगरका मानिस किनमेल मनोरन्जन र घुम्न इटहरी आउने भए। २०३४ सालतिर इटहरीमा १०/२० घरमात्र देखिन्थ्यो। २०४४ सालसम्म पनि इटहरीमा ठूलो बस्ती थिएन। त्यसको १० वर्षपछि इटहरी कता हो कता ठूलो बजार भयो। अहिले त इटहरी उपमहानगरपालिका हो।
इन्टरसेक्सन भएको ठाउँमा पहाडबाट आप्रवासनमा रहेका मानिसहरुले अवसर देखे। पहाडमा विभिन्न कारणले ‘इकोलोजिकल रिफ्युजी’ बन्ने क्रम जारी रह्यो। कतिपय अवस्थामा पहिरोजस्ता प्राकृतिक संकटले तराईतिर झर्नुपर्ने बनायो। दोस्रो, पहाडमा रोजगारी र आम्दानीको अवसर भएन। कामकै खोजीमा कुनै बेला नेपालीहरु लाहोरसम्म पुगे। राणा र पञ्चायतकालमै बर्मासम्मै पुगे।
जब नेपालमा पूर्व पश्चिम राजमार्ग बन्यो र उत्तर पश्चिम बाटो बन्न थाल्यो, पहाडबाट झरेका मानिस बुटवलमै रोकिने क्रम बढ्यो। डोटीबाट झर्दै आएका मानिस धनगढी पुगे। धनगढी पुग्न नसकेको मानिस अत्तरियामै रोकिए। उत्तर-दक्षिण र पूर्व-पश्चिम जोडिएका ठाउँहरुमा इन्टरसेक्सन भइसकेपछि दोहोरो व्यापारको अवसर पैदा भयो। त्यसले गर्दा नेपालमा नयाँ नयाँ सहरको उदय भयो। प्राचीन सभ्यताको जगमा बसेको जनकपुरभन्दा पछिको बर्दिवास सहरका रूपमा तीव्र विस्तार भयो। त्यसको पछाडि पनि इन्टरसेक्सन कारण रह्यो। त्यस क्षेत्रको विकासमा मधेस आन्दोलनको प्रभाव पनि रह्यो।
(सडक सञ्जालको विस्तार र विकेन्द्रीकरणकै बीचमा पनि कसरी काठमाडौं सहरमा चाप बढ्यो त? पूर्व अर्थ सचिव खनालको सहरी कथाको अर्को शृंखलामा त्यसबारे चर्चा हुनेछ।)
The post लालटिन र इन्टरसेक्सनले बनाएका सहरका कथा [अर्थविद् रामेश्वर खनालको सहरी कथा-१] appeared first on BIZMANDU.
६.५% आर्थिक वृद्धिको लक्ष्य भेट्न कम्तिमा १६ खर्ब लगानी गर्नुपर्छ, रामेश्वर खनालको टिप्पणी
समष्टिगत हिसाबले आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले शनिबार ल्याएको बजेट ठूलो आकारको आएको छ । अझ कार्यान्वयन गर्न सक्ने क्षमताका आधारमा त बजेट त्यसै पनि ठूलो छ।
बजेटले लिएको ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पनि सहज देखिँदैन । बजेटमा जुन किसिमले रकमको विनियोजन गरिएको छ त्यो शतप्रतिशत कार्यान्वयन हुन सक्यो भने मात्र बल्ल ६ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि होला कि भन्न  सकिन्छ। तर त्यसका लागि पनि सरकारले पुँजी निर्माणमा गर्ने खर्चलाई २८ प्रतिशत जति मानेर बाँकी निजी क्षेत्रबाट आउँदा हो।
सरकारले पुँजीगततर्फ तीन खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ लगानी (खर्च) गर्ने भनेको छ। स्थानीय तहमा पनि पुँजीगत खर्च छुट्याइन्छ। त्यो सबै कार्यान्वयन (खर्च) भयो भने पनि आर्थिक वृद्धि मुस्किलले ६ प्रतिशत हाराहारी पुग्ला। तर अर्थमन्त्री स्वयमले स्विकार्नु भएको छ कि चालु आर्थिक वर्षमा चालु खर्च करिब ९५ प्रतिशत भएपनि पुँजीगत खर्च ७१ प्रतिशतको हाराहारीमा मात्र हुन्छ।
यसकारण आगामी आर्थिक वर्षमा पनि यही अनुपातमा पुँजीगत खर्च ७५ प्रतिशत आसपास मात्रै भयो भने बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल छ । मेरो हिसाबले त बजेट पूरै कार्यान्वयन हुँदा पनि ६ प्रतिशतको आर्थिक वृद्धि पुग्न गाह्रो नै छ। यस हिसाबले पहिलो कुरा त बजेट महत्वाकांक्षी हो।
यस्तै, अलिकति लोकप्रियतावादी देखिएको छ यो बजेट। किनकि जुन हिसाबले आयोजनाहरु प्रस्ताव गरिएका छन्, तिनमा तयारी गर्दै नगरिएका समेत थुप्रै छन्।
उदाहरणका लागि – दमकको बसपार्कको केही पनि तयारी भएको छैन। काठमाडौंमा तीन सय शय्याको अस्पताल खोल्ने पोहोरकै बजेटमा भनिएको थियो, अहिलेसम्म त्यसको केही तयारी छैन। फेरि यसपालिको बजेटमा पनि यसलाई राखिएको छ। भक्तपुरको दुवाकोटमा वीर अस्पताल खोल्ने पाँच वर्ष अघिदेखि नै भनिएको हो। वर्तमान अर्थमन्त्री नै त्यतिबेला अर्थमन्त्री हुँदा प्रस्ताव गरिएको आयोजना हो त्यो। तर अहिलेसम्म त्यसको काम शुरु भएको छैन। फेरि कीर्तिपुरमा विशेष अस्पतालको योजना राखिएको छ।
खासगरी सडक, अस्पताल तथा स्वास्थ्य सेवा पूर्वाधार, शहरी विकास र अन्य पूर्वाधारका यस्ता सुन्दा आकर्षक लाग्ने आयोजनाहरु थुप्रै राखिएका छन् बजेटमा। लोकप्रियतावादबाट प्रेरित भएर यी आएको देखिन्छ।
बजेटको असल पक्ष
यसले लिएको राजस्व नीतिले अहिले कोभिड-१९ बाट संकटग्रस्त व्यवसायहरुलाई अलिकति सहयोग पुग्नेछ।
दोस्रो कुरा, नेपालको विद्युत नेपालमै खपत गराउनका लागि विद्युतीय उपकरणहरुमा भन्सार दर कम गर्ने भनिएको छ।
यस्तै, आन्तरिक उत्पादनका वस्तुहरुमा अन्तःशुल्क कम गर्ने कुरा गरिएको छ। यसले हाम्रो व्यवसायलाई अलिक प्रतिस्पर्धी पनि बनाउँछ भने यो संकटको बेलामा आर्थिक पुनरुत्थानका निमित्त केही सहयोग पनि पुग्छ।
तर अहिलेको आवश्यकता उत्थानमूलक अर्थतन्त्र बनाउनका लागि काम गर्नु पनि हो। बजेटको चौथो उद्देश्यमा उत्थानशील अर्थतन्त्र निर्माण गर्ने भनिएको छ। उत्थानशील अर्थतन्त्र निर्माण गर्नका लागि अर्थतन्त्रलाई विविधिकरण गर्नुपर्ने हुन्छ। बजेटको त्यो उद्देश्य त ठिक हो तर यो हासिल गर्नका लागि नीति र कार्यक्रमहरु त्यति बलियोसँग आएको छैन।
भारतले समेत यसमा लचिलो हुँदै पूर्वस्वीकृति लिनुपर्ने उद्योगहरुको सूची हटाइसकेको छ। बीमा, बैंकिङ, रक्षासँग सम्बन्धित उद्योग (डिफेन्स इन्डष्ट्री) लगायतका सीमित व्यवसायलाई मात्र विदेशी लगानीका लागि पूर्वस्वीकृति अनिवार्य गरिएको छ।
तर हामीकहाँ १० लाख डलरभन्दा माथिको विदेशी लगानी कसैले ल्याउन खोज्यो भने उद्योग विभाग, लगानी प्रवर्द्धन बोर्ड हुँदै लगानी बोर्ड सम्मका निकायहरुमा नझुलिकन विदेशी लगानीकर्ताले काम गर्न सक्दैनन्। यसलाई सहज बनाइदिएको भए अर्थतन्त्रको विविधिकरणका लागि पनि सजिलो हुन्थ्यो।
संविधानले अन्तरिम बजेटको कल्पना नगरेकाले पूर्ण बजेट जायज
कामचलाउ भइसकेको सरकारले पूर्ण बजेट ल्याउन हुँदैनथ्यो भन्ने एक किसिमको चर्चा पनि बजेटअघि चल्यो। तर त्यो राजनीतिक टिप्पणी हो। हाम्रो संविधानले अन्तरिम बजेटको प्रावधान व्यवस्था नै गरेको छैन। यसैले मैले शुरुदेखि नै सरकारले पूर्ण बजेट ल्याउन पाउँछ भन्दै आएको हो।
भारतमा संविधान संशोधन गरेर चुनावी सरकारले अन्तरिम बजेट मात्र ल्याउन पाउने प्रावधान गरिएको छ, जुन नेपालमा छैन। यसकारण सरकारले संविधानतः पूर्ण बजेट ल्याउन पायो नै।
तर पूर्ण बजेट ल्याउँदा चुनावलाई प्रभावित गर्नेगरी, लोकप्रिय हुने किसिमले र पछि गएर धान्न गाह्रो हुने वा भविष्यको सरकारलाई अप्ठ्यारो हुने किसिमले चाहिँ ल्याउनु राम्रो होइन भन्ने धारणा मैले राख्दै आएको हो। तर यो इच्छा मात्रै हो, कानुनले त्यसलाई रोक्दैन। त्यसैले बजेटमा लोकप्रियतावादी कार्यक्रमहरु समेत परेका छन्।
The post ६.५% आर्थिक वृद्धिको लक्ष्य भेट्न कम्तिमा १६ खर्ब लगानी गर्नुपर्छ, रामेश्वर खनालको टिप्पणी appeared first on BIZMANDU.
बैंकले १६५ अर्ब जोखिममा पार्ने कि ७/८ अर्ब क्षति ब्यहोरेर सम्पत्ति जोगाउने? रामेश्वर खनालको लेख
अर्थतन्त्रका खेलाडीहरुले मुलकको अर्थतन्त्रको हितका लागि सोचिदिने हो भने, यसतर्फको समस्या ठूलो हो जस्तो मलाई लाग्दैन। भलै, यसको अन्तरवस्तुको सम्बन्धमा यो बहसको विषय हुन सक्छ। यस किसिमको कर्जाको आकार विश्लेषण गर्दा त्यो १६५ अर्बभन्दा तलमाथि हुन सक्ला। यद्यपि यसतर्फ राष्ट्र बैंक, अर्थ मन्त्रालय र बैंक तथा वित्तीय संस्थाहरुले विचार गर्नुपर्छ भन्ने मलाई लाग्छ।
बैंकको सम्पत्तिको गुणस्तर, उनीहरुले निक्षेपकर्तालाई दिने र ऋणीबाट लिने ब्याज– यी तीनवटा पक्षको सन्दर्भमा समान धारणा वा विश्लेषण तर्कसंगत हुँदैन। यी कुराहरुलाई दुईवटा कोणबाट हेर्नुपर्ने हुन्छ।
पहिलो– बैंकको सम्पत्तिको गुणस्तरबारे कुरा गरौं।
बैंकको सम्पत्तिको गुणस्तर भन्नेबित्तिकै त्यसको सम्बन्ध अवधिसँग गाँसिएको हुन्छ। तर, बैंकको सम्पत्तिको गुणस्तरको सवाल किन उठ्यो भने सामान्यतया नेपाली बैंकहरुसँग दीर्घकालीन कर्जा दिने क्षमता नभएकाले धेरै कर्जा अल्पकालीन (त्यसमा पनि एक वर्षभन्दा कम अवधिको) छ। यस्तो अल्पकालीन कर्जाको हिस्सा ठूलो भइसकेपछि अलिकति आर्थिक वा वित्तीय संकट आएको बेला त्यो कर्जाको भुक्तानी म्याद गुज्रिसकेको हुन्छ। म्याद गुज्रिनेबित्तिकै अन्तर्राष्ट्रिय मान्यता र नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम पनि त्यसलाई खराब कर्जामा गणना गर्नुपर्ने हुन्छ। अवधि बमोजिम त्यसलाई विभिन्न किसिमको खराब कर्जाका रूपमा गणना गर्ने विधि नेपालमा पनि तय गरिएको छ।
म्याद नसकिएसम्म त्यो असल कर्जा नै हुन्छ। तर म्याद सकिएपछि तीन महिना, ६ महिना, एक वर्ष हुँदै कति पुरानो भन्ने आधारमा (प्रोभिजनिङ गर्नुपर्ने) दर पनि कायम गरिएको छ। म्याद गुज्रिएको एक वर्ष नाघेको छ भने शतप्रतिशत खराब कर्जा मानेर प्रोभिजनिङ गर्नुपर्ने हुन्छ। तर, म्याद सकिएपछि पनि पूरै कर्जा खराब भने हुँदैन। अत्यन्त लामो अवधिको कर्जा हुन्थ्यो भने त स्वाभाविक रूपमा साँवा रकम खराब कर्जा हुँदै हुन्नथ्यो, ब्याजको हिस्सा चाहिँ म्याद सकिएपछि भुक्तानी गरेको छैन भने अवधि अनुसार खराब खर्जा हुँदै जान्छ।
अहिलेको हाम्रो खराब कर्जाको समस्या भनेको बैंक तथा वित्तीय संस्थाहरुले दीर्घकालीन कर्जा दिनसक्ने सामर्थ्य नबनाएकाले हो। यही कारणले पनि अब ठूलो आकारको खराब कर्जा देखिन्छ कि भन्ने अनुमान गरिएको हो।
नेपालका वाणिज्य बैंकहरुको दीर्घकालीन कर्जा दिने सामर्थ्य किन छैन भने सम्पत्ति र दायित्वको बेमेल (मिस–म्याच) छ। स्वाभाविक रूपमा उनीहरुले धेरै सानो हिस्सा मात्र लामो अवधिका लागि दिएका छन्। तथापि, अधिकतम लामो कर्जा भनेको १० देखि १५ वर्ष अवधिको मात्र हो। उनीहरुको निक्षेपको आधार नै अल्पकालीन भएकाले सम्पत्ति र दायित्वबीच मिस–म्याच नहोस् भनेर उनीहरु दीर्घकालीन कर्जामा नगएका हुन्।
लगानी बैंक (इन्भेष्टमेन्ट बैंक) वा मर्चेन्ट बैंकहरु भएको भए दीर्घकालीन लगानी गर्दथे, किनकि उनीहरुको व्यापारिक प्रकृति नै त्यही हो। तर हाम्रा २७ वटा बैंक नै वाणिज्य बैंक भएकाले उनीहरुले इन्भेष्टमेन्ट बैंक वा मर्चेन्ट बैंकको काम गर्दैनन्।
यो सन्दर्भमा हामीले हेर्दा अहिले बैंक तथा वित्तीय संस्थाको खराब सम्पत्तिको आकार नबढोस् भन्ने पहिलो उद्देश्य हो। दोस्रो– वित्तीय संस्थाहरु संकटमा गएका छन् भनेर समष्टिगत रूपमा अर्थतन्त्रमा निराशाको वातावरण नबनोस् भन्ने हो। र, तेस्रो उद्देश्य– बैंक तथा वित्तीय संस्थाहरुले कोभिड–१९ को संक्रमणका कारण वास्तविक क्षेत्र (रियल सेक्टर), सेवा क्षेत्र (सर्भिस सेक्टर), प्राथमिक क्षेत्र (कृषिलगायत) सम्पूर्ण व्यवसायिक जगतमा परेको असरको सन्दर्भमा थप तरलता प्रवाह गर्ने सामर्थ्य पनि बनाइराखोस् भन्ने हो।
मूलभूत रूपमा यी तीनवटा दृष्टिबाट हेर्ने हो भने यसमा बैंक तथा वित्तीय संस्थाहरुको अलिकति भूमिका होला। तर, यी तीनवटै उद्देश्य हासिल गर्न त्योभन्दा बढी भूमिका नेपाल राष्ट्र बैंकको हुनुपर्ने म देख्छु।
यदि बैंक तथा वित्तीय संस्थाहरु आफू नै आफ्नो कर्जा वा सम्पत्तिको गुणस्तर मापन गर्न स्वतन्त्र हुन्थे भने स्वाभाविक रूपमा उनीहरु म्याद सकिएका सबै ऋणको पुनर्तालिकीकरण गरिदिन्थे होलान्। अथवा, त्यसलाई 'एभर ग्रीनिङ' गर्थे होलान्। आफूले ऋण दिएको निकायको वित्तीय सामर्थ्य, उसको व्यवसायिक सम्भावना आदि सबै हेरेर अहिले उसले तिर्न नसके पनि भोलि पक्कै तिर्न सक्छ भन्ने मूल्यांकनका आधारमा त्यसका लागि आवश्यक भुक्तानी तालिका थपिदिन सक्थे होलान्।
तर, हामी यस्तो व्यवस्थामा छौं, जहाँ बैंक तथा वित्तीय संस्था आफ्नो सम्पत्तिको गुणस्तरको अनुमान गर्न सक्ने, त्यसको विश्लेषण गर्न सक्ने र त्यसका आधारमा सम्पत्ति खराब भयो कि असल छ भन्ने तय गर्न स्वतन्त्र छैनन्।
त्यसकारण सम्पत्ति (ऋण) को गुणस्तरको मापन विधि र त्यसका सूचकहरु राष्ट्र बैंकले तय गरिदिने भएकाले त्यसअनुरूप नै बैंक तथा वित्तीय संस्थाहरु बस्नुपर्छ। जसले गर्दा धेरै कर्जाहरु अवधि नाघ्नेबित्तिकै खराबको सूचीमा जान्छन्। यहाँनेर नेपाल राष्ट्र बैंकले अहिलेको विशेष परिस्थितिलाई बिचार गरेर निश्चत अवधिका लागि छुट्टै मापदण्ड ल्याउनु पर्छ।
यदि बैंक तथा वित्तीय संस्थाहरु आफू नै आफ्नो कर्जा वा सम्पत्तिको गुणस्तर मापन गर्न स्वतन्त्र हुन्थे भने स्वाभाविक रूपमा उनीहरु म्याद सकिएका सबै ऋणको पुनर्तालिकीकरण गरिदिन्थे होलान्। अथवा, त्यसलाई 'एभर ग्रीनिङ' गर्थे होलान्। आफूले ऋण दिएको निकायको वित्तीय सामर्थ्य, उसको व्यवसायिक सम्भावना आदि सबै हेरेर अहिले उसले तिर्न नसके पनि भोलि पक्कै तिर्न सक्छ भन्ने मूल्यांकनका आधारमा त्यसका लागि आवश्यक भुक्तानी तालिका थपिदिन सक्थे होलान्।
को बढी समस्यामा?
त्यही कुरालाई ध्यान दिएर हेर्दा अहिले बैंक तथा वित्तीय संस्थाहरुले २०७६ चैत मसान्तसम्ममा प्रवाह गरेको कर्जा ३२ खर्ब ५५ अर्ब रुपैयाँमध्ये सम्पूर्ण रकम पुनर्तालिकीकरण गर्नुपर्ने अथवा सम्पूर्ण रकम नै अलि लामो अवधिसम्म शंकास्पद वा खराब वा कमसल स्तरमा जाने सम्भावना म देख्दिन। तीमध्ये खासगरी कृषि, खानी, उत्पादनमूलक उद्योग, मेशिनरी तथा औजार, फलामसम्बन्धी उद्योग र केही हदसम्म सवारीसाधन (हवाई उद्योगको बाहेक) इत्यादिमा गएको कर्जा जोखिममा जाने सम्भावना कम देखिन्छ।
हवाई उड्डयनमा नेपाली कम्पनीहरुले बैंकबाट खासै ऋण लिएको देखिँदैनन्। किनकि केही कम्पनीले अन्तर्राष्ट्रिय संस्थाबाट कर्जा लिएका छन् भने नेपालका बैंकबाट लिनेले पनि 'वर्किङ क्यापिटल' का रूपमा बैंकको पैसा प्रयोग गरेका छन्। वायुसेवा कम्पनीमा गरेको लगानी यातायात शीर्षकअन्तर्गत पनि राखिएकाले यसको वास्तविक आँकडा देखिँदैन।
यसकारण पर्यटन क्षेत्रमा होटल र विदेशी पर्यटकहरु बढी जाने एक्जोटिक रिसोर्टहरुमा भने अलिक लामो समयसम्म प्रभाव पर्ने देखिएको छ। तर बैंकहरुको कुल लगानीमा एक्जोटिक टुरिज्म (रिसोर्ट) को हिस्सा त्यति ठूलो छैन, करीब २७ अर्ब रुपैयाँको हाराहारीमा छ। त्यस्तै, होटलमा एक खर्ब ८ अर्ब लगानी छ। (रिसोर्ट, होटल तथा रेष्टुरेन्टमा चैतसम्म कुल एक खर्ब ४४ अर्ब रुपैयाँ छ।) यो दुवै मिलाएर बैंक तथा वित्तीय संस्थाको कुल लगानीमध्ये पर्यटन क्षेत्रमा कोभिड–१९ का कारण तुरुन्त उठ्न नसक्ने अर्थात् जोमिममा रहेको ऋण लगानी मोटामोटी एक खर्ब ३६ अर्ब रुपैयाँ (चैतसम्ममा) देखिन्छ।
उत्पादनमूलक उद्योगहरुमा गएको बैंक लगानीमध्ये पनि साना तथा मझौला व्यवसाय (एसएमई) हरुलाई गएको लगानी पनि करीब–करीब त्यही हिसाबको छ। एसएमईलाई पुरानै अवस्थामा फर्किन पनि समय लाग्छ। पछिल्लो तीन–चार महिना बन्द भएको अवधिमा एउटा ठूलो धक्का (शक) उनीहरुलाई परेको छ। उनीहरुसँग त्यति मौज्दात (नगद प्रवाह) पनि हुँदैन। वर्किङ क्यापिटलको आधार पनि सानो हुन्छ। त्यसैगरी, ठूला उद्योग व्यवसायको तुलनामा उनीहरुको कर्जामा पहुँच (एक्सेस टु फाइनान्स) पनि कमजोर छ, सजिलै कर्जा पाउँदैनन्। यसकारण अनौपचारिक क्षेत्रबाट लिएको उधारो बढी हुने भएकाले त्यतापट्टिको दायित्व चुक्ता गर्नुपर्ने दवाब उनीहरुलाई हुन्छ।
कसैले सानो घरेलु उद्योग लगाएको छ भने औपचारिक क्षेत्रबाट उसले २०–३० प्रतिशत लगानी गरेको हुन्छ। बाँकी नातागोता, इष्टमित्र, चिनजान सम्बन्ध इत्यादिबाट भएको अनौपचारिक लगानीबाट पैसा जुटाएको हुन्छ। अनि, कच्चा पदार्थ लगायतमा सप्लायर क्रेडिट लिएको (उधारोमा माल उठाएको) पनि हुन्छ। कतिपय अवस्थामा खरिदकर्ता वा ग्राहकसँग पेश्की लिएर पनि व्यवसाय चलाएका हुन्छन्। सप्लायर र ग्राहकसँग यसबाट व्यापारिक सम्बन्ध पनि गाँसिएको हुन्छ। त्यसैले साना उद्योग व्यवसायले आम्दानी भएको अवस्थामा पनि यस्ता अनौपचारिक दायित्वको भुक्तान गर्नमा सबैभन्दा पहिले खर्च गर्दछन्। यसकारण एसएमईतर्फ अलिक गम्भीर समस्या छ, जुन औपचारिक 'अप्टिक्स' (दृष्टि) बाट हेर्दा देखिँदैन।
यकिन तथ्यांक नभए पनि हस्तकला, छालाका जुत्ता-चप्पल इत्यादिका साथै यस्ता साना उद्योग व्यावसायहरुमा बैंकहरुबाट २०–२५ अर्ब रुपैयाँ लगानी भएको मेरो अनुमान छ। यसमा पर्यटन क्षेत्रको समेत मिलाउँदा मोटामोटी एक खर्ब ६५ रुपैयाँ हुन्छ। त्यसको साँवा–ब्याज रकम तत्कालै अहिले भुक्तानी हुन नसक्ने देखिन्छ। त्यस सम्बन्धमा नेपाल राष्ट्र बैंकको भूमिका आवश्यक पर्छ।
दोस्रो, कोभिड–१९ को अवधिभरि उनीहरु संकटमा परेका छन्। उत्पादन गतिविधिहरु बन्द भयो। पुरानै उत्पादनहरु पनि बिक्री भएन। त्यसैले  आम्दानीका स्रोतहरु कम भएकाले उनीहरुलाई राष्ट्र बैंकले किस्ता तिर्ने अल्पकालीन (असारसम्म) म्याद थप गरिदिएको छ।
तर, त्यो म्याद थप साँवासमेतका लागि नभएर ब्याज तिर्नका लागि मात्र हो। यसकारण उनीहरुलाई केही गरी थप तरलता प्रवाह गरेर व्यवसाय पुनरुत्थान गर्नका लागि अलिकति समय लाग्छ भने अल्पकालीन रूपले अर्को केही महिना अवधि थपिदिँदा हुन्छ। बरु त्यसमा अलिक 'सेलेक्टिभ्ली' जानैपर्छ। 'क्रस द बोर्ड'  सबैलाई तीन महिना, ६ महिना भन्ने कुरा सम्भवतः हुँदैन।
अर्कोतर्फ, नेपालको कुल कर्जामा रिटेल र होलसेल क्षेत्रको अंश ठूलो छ। बैंकको लगानी ६ खर्ब ६० अर्बको हाराहारीमा रहेको राष्ट्र बैंकको चैतसम्मको प्रतिवेदनमा उल्लेख छ। यो क्षेत्रको कारोबार लकडाउनका बेला पनि अन्यको तुलनामा त्यति प्रभावित भएको छैन। यसलाई असारसम्म दिइएजस्तो सुविधामा अलिकति (छोटो अवधिको लागि) म्याद थपको (दुई/चार महिना अरु) प्रबन्ध गरिदियो भने त्यसले बैंक तथा वित्तीय संस्थाहरुको सम्पत्ति खराब हुन पाउँदैन।
उत्पादनमूलक उद्योगहरुमा गएको बैंक लगानीमध्ये पनि साना तथा मझौला व्यवसाय (एसएमई) हरुलाई गएको लगानी पनि करीब–करीब त्यही हिसाबको छ। एसएमईलाई पूरानै अवस्थामा फर्किन पनि समय लाग्छ। पछिल्लो तीन–चार महिना बन्द भएको अवधिमा एउटा ठूलो धक्का (शक) उनीहरुलाई परेको छ। उनीहरुसँग त्यति मौज्दात (नगद प्रवाह) पनि हुँदैन। वर्किङ क्यापिटलको आधार पनि सानो हुन्छ। त्यसैगरी, ठूला उद्योग व्यवसायको तुलनामा उनीहरुको कर्जामा पहुँच (एक्सेस टु फाइनान्स) पनि कमजोर छ, सजिलै कर्जा पाउँदैनन्। यसकारण अनौपचारिक क्षेत्रबाट लिएको उधारो बढी हुने भएकाले त्यतापट्टिको दायित्व चुक्ता गर्नुपर्ने दवाब उनीहरुलाई हुन्छ।
ब्याजमा सन्तुलन
तेस्रो भनेको ब्याजको विषय हो। रिभाइभलको क्रममा वा रिकभरीको चरणमा गएका उद्योग व्यवसायलाई ज्यादै महँगो ब्याजदर त्यति उपयुक्त हुँदैन। त्यसकारण कर्जाको ब्याजदरलाई पनि एउटा उचित सीमाभित्र राख्नका निमित्त के के कुरा आवश्यक पर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। साथै निक्षेपकर्ताको ब्याज दर पनि धेरै घट्न हुँदैन। निक्षेपको ब्याजदर आकर्षक राख्न आवश्यक छ।
यीमध्ये पहिलो क्लष्टर (एसएमइ, पर्यटनलगायत) मा पर्ने १६५ अर्ब रुपैयाँ हाराहारीको कर्जा भने अलिक समस्याग्रस्त बन्ने वा खराब हुने सम्भावना छ। ती उद्योगहरुलाई रिकभरीका लागि समय दिने सवालमा कसैलाई एक वर्ष, कसैलाई डेढ वर्षको मोराटोरियम दियो भने त्यसले राहत मिल्ने छ। मोराटोरियम भनेको त्यसरी दिएको अवधि अस्तित्वमा भएको मानिँदैन वा शून्य समय मानेर कर्जा अवधिमा गणना गरिँदैन। अर्थात्, जति अवधि मोराटोरियम दिने हो त्यसलाई बिर्सिदिने भनेजस्तै हो।
यसो गर्दा कसलाई बढी बेफाइदा हुन्छ?, कसलाई अतिरिक्त लागत पर्ला?, राष्ट्र बैंकले थप व्यवहार गर्नुपर्ने हो कि?, अथवा नेपाल सरकारले आफ्नो बजेटबाट छुट्टै व्यवस्था गर्नुपर्ने हो  कि? इत्यादि जस्ता प्रश्न उठ्लान्। तर यसमा कसैले पनि अतिरिक्त व्ययभार बोक्नु पर्दैन। बैंक तथा वित्तीय संस्थाहरुको ब्याजवापतको आम्दानी मात्र घट्ने हो।
अहिले बैंकहरुले निक्षेपकर्तालाई औसतमा ६.७४ प्रतिशत ब्याज दिइरहेका छन्। ऋणीसँग औसतमा ११.७७ प्रतिशत ब्याज उठाइरहेका छन्। यसकारण नोक्सानी हुने भनेको ५ प्रतिशत हाराहारी ब्याज मात्र हो। पूरै बैंकिङ क्षेत्रले अर्थतन्त्रमा आएको संकट व्यहोर्दा उसको १६५ अर्ब रुपैयाँ जति क्षति पुग्ने देखिन्छ। तर मोराटोरियम समय दिँदा (निक्षेपकर्तालाई भुक्तानी दिनु पर्ने खर्च घटाउँदा) ७/८ अर्ब रुपैयाँ मात्र क्षति हुन्छ। यस्तो बेलामा ७/८ अर्बको क्षति ब्यहोर्दा १६५ अर्ब रुपैयाँको जोखिम घट्छ भने त्यसो गर्दा बुद्धिमानी ठहर्छ।
बैंक तथा वित्तीय संस्थाहरुले नीतिगत राहतबाट (मोराटोरियम, रिष्ट्रक्चरलगायत) जोखिम न्यूनीकरण गर्नु पर्छ। नगदमा राहत लिनु हुँदैन। बजारले नै त्यो किसिमको क्षमता विकास गर्ने हो भने भविष्यमा पनि आउने संकट आफ्नै संयन्त्र वा प्रणालीले थेग्न सक्छ। यसले गर्दा हामी दिगो आर्थिक प्रणालीमा जानेछौं। किनकि, यस्ता समस्या पछि पनि पटक पटक आइरहन्छन्। तर त्यस्तो संकट झेल्नका लागि बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक वा नेपाल सरकारबाट सधैं बाह्य सहायता खोजियो भने हामी दिगो अर्थव्यवस्थामा जान सक्दैनौं।
कोभिड–१९ का कारण ऋण तिर्ने सामर्थ्य क्षणिकरूपमा गुमाएकाहरु एक वर्षपछि रिभाइभ हुन सक्छन्। ऊ आफैं पनि अलिकति सचेत हुन्छ। सहुलियत दिएको अवधि (एक/डेढ वर्ष होला) मा पनि उसले सानो सानो आम्दानी गरिरहेको हुन्छ। उसले जुन बैंकबाट कर्जा लिएको छ त्योबाहेक अन्यमा खाता खोल्न नदिने व्यवस्था गरिदिनेबित्तिकै उसको नगद प्रवाह आफ्नो खाता भएकै बैंकमा जम्मा हुनेछ। त्यसैबाट उसको ब्याज र साँवामा कटौती हुँदै जानेछ। खाली ब्याज वृद्धि त्यो अवधिमा हुँदैन, पूरानो ब्याज यथावत रहने भएकाले। मोराटोरियमपछि उसले पुरानै चक्रमा ब्याज तिर्दै जान्छ।
अर्थतन्त्रका खेलाडीहरुले मुलकको अर्थतन्त्रको हितका लागि सोचिदिने हो भने, यसतर्फको समस्या ठूलो हो जस्तो मलाई लाग्दैन। भलै, यसको अन्तरवस्तुको सम्बन्धमा यो बहसको विषय हुन सक्छ। यस किसिमको कर्जाको आकार विश्लेषण गर्दा त्यो १६५ अर्बभन्दा तलमाथि हुन सक्ला। यद्यपि यसतर्फ राष्ट्र बैंक, अर्थ मन्त्रालय र बैंक तथा वित्तीय संस्थाहरुले विचार गर्नुपर्छ भन्ने मलाई लाग्छ।
यस्तै दोस्रोमा, खासगरी साना तथा घरेलु उद्योग (एसएमई) हरु र उत्पादन क्षेत्रका उद्योगमा पनि नराम्रो प्रभाव परेको छ। तिर्न सक्ने सामर्थ्यको रिकभरी वा विकास चाँडो गर्न सक्ने निर्माणसम्बन्धी उद्योगहरु समेत तीन-चार महिनाको अवधिमा बन्द हुँदा नराम्ररी प्रभावित भएका छन्। एकैपटक तीन चार महिना काममा अवरोध भएपछि त्यसलाई तुरुन्तै शुरु गर्न गाह्रो पनि हुन्छ।
यस्ता (निर्माण) उद्योगलाई मुलभूत रूपमा ऋणको मोराटोरियमभन्दा पनि पुनरुत्थानको समयमा तरलताको सुविधा आवश्यक पर्छ। अहिले ५० अर्ब सरकारी वित्तबाट र १०० अर्ब  पुनर्कर्जा कोषको व्यवस्था गरिएको छ। त्यसको आकार विस्तार गर्नुपर्ने आवश्यकता आउन सक्ला, त्यसमा सरकार र नेपाल राष्ट्र बैंक पनि तयार रहनुपर्ला। किनभने त्यसको आकार विस्तार गर्दैमा फरक पर्ने होइन। विगतमा दिइएका कर्जालाई पनि स्वस्थ बनाउनका निमित्त र भविष्य हुने आम्दानीको स्रोत बलियो बनाउनका लागि पनि थप तरलता (कर्जा) दिन आवश्यक हुन्छ। थप तरलता दिइसकेपछि त्यसले वृद्धि गरेको कारोबारको लाभबाट उनीहरुले पुराना कर्जा र थप लिएको कर्जा पनि तिर्न सक्छन्। त्यसका लागि समयावधि पहिलेको भन्दा अलिकति लम्ब्याइ दिनुपर्ने हुन्छ। पछि थपिदिएको तरलताका लागि एक वर्षको सट्टामा डेढ वर्ष दिनुपर्ने हुन सक्ला।
पहिलो क्लष्टर (एसएमइ, पर्यटनलगायत) मा पर्ने १६५ अर्ब रुपैयाँ हाराहारीको कर्जा भने अलिक समस्याग्रस्त बन्ने वा खराब हुने सम्भावना छ। ती उद्योगहरुलाई रिकभरीका लागि समय दिने सवालमा कसैलाई एक वर्ष, कसैलाई डेढ वर्षको मोराटोरियम दियो भने त्यसले राहत मिल्ने छ। मोराटोरियम भनेको त्यसरी दिएको अवधि अस्तित्वमा भएको मानिँदैन वा शून्य समय मानेर कर्जा अवधिमा गणना गरिँदैन। अर्थात्, जति अवधि मोराटोरियम दिने हो त्यसलाई बिर्सिदिने भनेजस्तै हो।
निक्षेपकर्तालाई निरुत्साहित गर्न हुँदैन
तेस्रो, हामीले ब्याजदर सन्तुलन कायम गर्न नसकेर निक्षेपकर्ताहरु निरुत्साहित हुने किसिमले ब्याजदर घट्दै गयो भने पनि समस्या आउन सक्छ। अर्कोतिर पुनरुत्थानको क्रममा भएका व्यवसायीहरुले अलिक सुलभ वा सस्तो ब्याजदरमा कर्जा पाउन सकेनन् भने त्यसले पनि राम्रो गर्दैन। यसको समाधानका लागि विगतमा राष्ट्र बैंकले गर्छु भनेको तर त्यति सशक्त ढंगले अवलम्बन नगरेको ब्याजदर करिडोरको संयन्त्रमा जानैपर्छ, ताकि तलको पींध (आधार) ज्यादै कम नहोस्। पींध ज्यादै तल गयो भने मानिसहरुलाई बचत गर्नभन्दा बढी उपभोग गर्न प्रोत्साहित गर्छ।
लकडाउनको अवधिमा बाध्य भएर पनि मान्छेले कम उपभोग गरेको छ। त्यसैले बैंक तथा वित्तीय संस्थामा केही दिनअघिसम्म १३५ अर्बको तरलता बसिरहेको छ भन्ने तथ्यांक आएको छ। हुन त त्यसमध्ये ३०-४० अर्ब नेपाल सरकारलाई बुझाउनुपर्ने विभिन्न किसिमका करको रकम हो, जुन कर बुझाउनुपर्ने अवधिसम्ममा घट्छ। यसका बाबजुद उपभोग कम हुँदा आम ग्राहकको निक्षेप बढेको कारणले बैंक तथा वित्तीय संस्थाहरुमा यतिबेला ८० देखि ९० अर्ब रुपैयाँको तरलता रहेको देखिन्छ। त्यो तरलता भोलि निक्षेपको ब्याजदर कम भए अझै घटेर समस्या नआओस् भन्नका लागि ब्याजदरलाई एउटा उचित परिधिमा राख्नुपर्ने हुन्छ, ताकि मानिसहरुलाई बचत गर्न प्रेरित गरोस्।
विगतमा निक्षेपको ब्याजदर कम हुँदा नेपालबाट भारततिर पुँजी पलायन हुने प्रवृत्ति व्यापकरूपमा देखिएको थियो। र, अहिले हामीले विदेशी मुद्रालाई पनि वाञ्छित तहमा राख्नुपर्ने भएको छ। किनभने मुलुक पुनरुत्थानको क्रममा गएको अवस्थामा हामीलाई कच्चा पदार्थको ठूलो मौज्दातको आवश्यकता पर्छ।  मेशिन औजार, स्पेयर पार्टस् लगायतको आवश्यकता पर्छ। निर्माण सम्बन्धी कामहरु तीव्र गतिमा लैजानुपर्ने भएकाले त्यससम्बन्धी ठूला उपकरणहरु र नेपालमा नपाइने  निर्माण सामग्रीहरु आयात गर्नुपर्ने हुन्छ। त्यसकारण हामीलाई उपयुक्त तहको विदेशी मुद्राको सञ्चिति सधैं आवश्यक पर्छ।
विप्रेषण र विदेशी मुद्रा सञ्चिति
विदेशी मुद्राको सञ्चिति घट्ने सम्भावना उच्च देखिन्छ। यसो हुनुको कारण विप्रेषणको आकार चालु आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) मा पोहोरको तुलनामा घटेको मात्र होइन कि तुलनात्मक रूपमा पनि ह्रासोन्मुख छ। त्यसपछि अलिकति रिकभर हुँदै गएर चैतसम्म आइपुग्दा विप्रेषणको समष्टिगत वृद्धिदर करीब २.४ प्रतिशत छ। तर मासिक रूपमा वृद्धिदर ऋणात्मकमै आइपुगेको छ। वैशाखसम्ममा त यो वृद्धिदर लगभग ५० प्रतिशतले नै घट्यो। यसकारण के देखिएको छ भने विप्रेषणको तह विगत वर्षहरुजस्तो रहँदैन। यद्यपि, मानिसहरुले अनुमान गरेजस्तो ज्यादै ठूलो दरले ह्रास आउला भन्ने पनि सोच्दिन।
मेरो आफ्नो विश्लेषणमा पहिलो कुरो, नेपाली कामदारहरु केही त फर्किएलान् तर जुन प्रकृतिको काम उनीहरुले गर्छन् त्यो रोजगारी गुम्ने सम्भावना कम छ। दोस्रो, पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य ज्यादै तल (२०-२२ डलर वा त्योभन्दा कम) गयो भने अलग कुरा, नत्र अहिले ४२ अमेरिकी डलरको हाराहारीमा रहेको मूल्य तुलनात्मकरूपमा हाम्रा जस्ता मुलुकहरुबाट गइरहेका कामदारहरुलाई रोजगारी दिइराख्नका लागि खाडी मुलुकहरुमा पर्याप्त आम्दानी हुने तहमा नै हो। पेट्रोलियमको अन्तर्राष्ट्रिय मूल्य ३२ डलरसम्म झर्दा पनि खासगरी साउदी अरेबिया र अरु पनि खाडी मुलुकहरुलाई अर्थतन्त्र अघि बढाउन र लगानी गरी राख्ने सवालमा त्यस्तो ठूलो वा तात्विक असर भने पर्दैन भन्ने विश्लेषण गरिन्छ ।
पेट्रोलियमको अहिलेको मूल्य तत्काल घटिहाल्ने सम्भावना छैन। किनकि, चीन र युरोपेली मुलुकहरु करीब करीब आर्थिक गतिविधि विस्तारमा गएको हुनाले त्यो तहसम्म रहला। साथै, रुस र साउदीबीच एक किसिमको समझदारी समेत रहेकाले एकले अर्काको बजारलाई तहसनहस नै पार्ने गरी मूल्य कटौती गर्दैनन् कि भन्ने पनि देखिएकाले नेपाली कामदारहरुले पठाउने विप्रेषणमा ज्यादै ठूलो ह्रास नआउला। तर पनि विगत वर्षहरुमा आएजस्तो र अर्थतन्त्रमा तरलता प्रवाहको ठूलो माध्यम बनेजस्तो अवस्था भने रहँदैन। त्यसकारण पनि विदेशी मुद्राको सञ्चितिलाई वाञ्छित सीमामा राख्नका निमित्त पुँजी पलायन हुन नदिने किसिमको ब्याजदरको न्यूनतम आधार भने हुनुपर्छ।
यसलाई नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको माध्यमबाट यसलाई सम्बोधन गर्नुपर्छ। बजारमा तरलता सहज भएको अवस्थामा ट्रेजरी बिल ज्यादै कम मूल्यमा जान थाल्यो, बट्टादर (डिस्काउन्ट रेट) ज्यादै घट्यो भने त्यसलाई घट्न नदिई त्यसलाई बरु होल्ड गरिदिन सक्छ। र, आवश्यक परेको अवस्थामा बजारमा तरलता ज्यादै बढी भयो भने राष्ट्र बेलैमा त्यसलाई खिचिदिने, ताकि ब्याजदर तल नझरोस्। त्यो नीति राष्ट्र बैंकले अवलम्बन गर्नुपर्छ। भनाइको तात्पर्य, अब मौद्रिक नीति एकपटक बनाएर छ महिनापछि (मध्यावधिमा) समीक्षा गर्ने होइन कि प्रत्येक महिनाजसो पुनरावलोकन गर्दै जानुपर्छ, जसरी अरु मुलुकहरुले संकटको समयमा ब्याजदर वा आधार दरमा मासिकजसो तल-माथि गर्दछन् । यहाँ पनि ब्याजदरलाई व्यवस्थित गर्नका निमित्त त्यसरी नै आधार दर (बेस रेट) तल-माथि गरिदियो भने (भलै यस्तो अवधारणा हामीकहाँ अहिले छैन) त्यसले निक्षेप र तरलता व्यापकरुपमा घट्ने समस्या नआउन सक्छ।
त्यसरी तलको दर (ब्याज करिडोरमा) नियन्त्रणमा राखेपछि माथिल्लो दर कायम गर्नका लागि नेपाल राष्ट्र बैंकको संयन्त्रले काम गर्न सक्छ। राष्ट्र बैंकले पुनर्कर्जा (रिफाइनान्स) दर कम गर्ने वित्तिकै स्वाभाविकरूपमा माथिको ब्याज दर कम हुन्छ। अहिले सबैभन्दा ठूलो अस्त्र भनेको पुनर्कर्जाको दर नै हो।
रिफाइनान्सका निमित्त जुन किसिमले बैंक तथा वित्तीय संस्थाहरुले अलिकति सहज नमान्ने, रिफाइनान्स लिने भन्दा बरु सकभर अरु बैंकको निक्षेपलाई छिनाझम्टी गर्ने प्रवृत्ति छ। ठूला (संस्थागत) बचतकर्ताहरु, खासगरी सञ्चय कोष पेन्सन फन्ड सैनिक कल्याणकारी कोष उत्पादन गरिरहेका जलविद्युत कम्पनीहरु इत्यादि, को निक्षेप लिनका ब्याजदर बार्गेनिङ गरेर बजारमा विकृति ल्याउन जुन परम्परा थियो त्यो फेरि नदोहोरियोस् भन्नका लागि रिफाइनान्स सबैलाई सहज बनाइनु पर्छ। त्यसले विभिन्न प्रलोभन दिएर अरुको निक्षेप खिच्ने र बजार बिगार्ने अभ्यास निरुत्साहित हुनेछ।
सन् २००८ मा अन्तर्राष्ट्रिय वित्तीय बजार कोल्याप्स हुनुको प्रमुख कारण सीडीएस (कोल्याटरलाइज्ड डेब्ट सेक्युरिटी) उपकरण व्यापकरूपमा अन्तर्राष्ट्रिय बजारमा बिक्री भएकाले थियो। सीडीएस भनेको एक किसिमको वित्तीय उपकरण हो जुन बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जा वा सम्पत्तिहरुको एकीकृत प्रत्याभूति जनाउने कागजात हो। अर्थात् लगानी वा सम्पत्तिहरुको सूचीको कागजातका आधारमा गरिने लगानी हो।
जस्तै, अमेरिकी इन्स्योरेन्स सोसाइटी (एआइएस) ले आफूले गरेका लगानीहरुको सम्पूर्ण कागजात दराजमा राख्यो र मेरो दराजमा यो-यो लगानीको कागजात छ भनेर अर्को एउटा कागजात (सीडीएस) बनाएर अमेरिकाको प्राइभेट बैंक लेहमेन ब्रदर्सलाई त्यो बेच्यो। यो पनि एक किसिमको रिफाइनान्स नै हो। तर नेपाल राष्ट्र बैंकले जस्तो तिम्रो दराजमा भएको सबै कागजातको फोटोकपी मलाई पठाउ त भनेर उसले माग्दै मागेन।
एआइएससँग आफूले दिएका कर्जाहरुको सम्पूर्ण कानूनी प्रमाण, सम्झौता र अन्य कागजपत्रहरु थिए। त्यसैका आधारमा उसले लेहमेन ब्रदर्सलाई मैले १२० अर्ब डलर लगानी गरेको छु भन्यो, लेहमेनले एआइएसको उक्त लगानीको सीडीएस १२२ अर्ब डलरमा किन्यो। एआइएसलाई २ अर्ब डलर नाफा भयो। लेहमेनले फेरि त्यो सीडीएस बेलायतको बैंकलाई १२५ डलरमा किन्यो। ती कसैले पनि उक्त सीडीएसको पछाडि के कस्ता कागजातहरु छन् भनेर हेरेनन्, र हेरिँदैन।
नेपाल राष्ट्र बैंकले भने दराजमा कागजात छ भनेको भरमा पुनर्कर्जा दिँदैन। यसैले पनि राष्ट्र बैंकले जारी गरेको पूरै पुनर्कर्जा रकमको माग बैंक तथा वित्तीय संस्थाहरुबाट हुँदैन। जबकि, बजार दरभन्दा सस्तोमा पाइने भएकाले पुनर्कर्जाको माग राष्ट्र बैंकले जारी गर्नेभन्दा बढी रकमको हुनुपर्ने हो। तर पुनर्कर्जा सजिलै नपाइने भएकाले बैंक तथा वित्तीय संस्थाहरुले सस्तो हुनका बाबजुद त्यसलाई छाडेर त्योभन्दा महँगो ब्याज तिर्ने गरी बजारबाट निक्षेप उठाउने गरेका छन्।
यसकारण पुनर्कर्जाको विधि सरल बनाइदिने हो भने माथि चर्चा गरिएका तीनवटै समस्या समाधान गर्न त्यसले मद्दत गर्नेछ।
The post बैंकले १६५ अर्ब जोखिममा पार्ने कि ७/८ अर्ब क्षति ब्यहोरेर सम्पत्ति जोगाउने? रामेश्वर खनालको लेख appeared first on BIZMANDU.
‘बजेट कार्यान्वयन भए कोरोना संकटबाट अर्थतन्त्रलाई उद्धार गर्न सक्छ’
बजेटपूर्व आएको नीति तथा कार्यक्रम प्राथमिकता क्रम तय गर्ने कुरामा चुकेको थियो, त्यसले हामीलाई अलिक निराश बनाएको थियो, आशा जगाएको थिएन।
त्यो चाहिनेभन्दा बढी महत्वाकांक्षी, असान्दर्भिक, अहिलेको समस्यालाई नजरअन्दाज गरेको, दीर्घकालीन लक्ष्यलाई मात्र हेरेको थियो। तर, त्यसविपरीत गएर यो बजेटले अहिलेको धरातलमा उभिएर विद्यमान समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ। बजेटको प्राक्कथनबाटै त्यो कुरा बुझ्न सकिन्छ।
अहिलेको परिस्थिति अनुसार बजेटले निर्धारण गरेको प्राथमिकता सही दिशामा छ। स्वास्थ्य, राहत, रोजगारी र कृषिलाई यसले प्राथमिकतामा राखेको छ।
व्यक्तिगत राहत र उद्योग व्यवसायको पुनरुत्थानमा सहयोग दुवै किसिमका राहतलाई एक हदसम्म सम्बोधन गरेको छ। यसमा व्यक्तिगततर्फ दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकका लागि समेत राहत निरन्तर दिने, खाद्यान्नमा सहायता गर्ने लगायतका कुरा बजेटमा आएको छ, जुन राम्रो हो। व्यवसायहरुको पुनरुत्थानको सन्दर्भमा घरेलु, साना तथा मझौला व्यवसायलाई पाँच प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने भनिएको छ।
ठूला उद्योग व्यवसायले अहिले वस्तु तथा सेवा उत्पादन गरेर बिक्री गर्न सकेका छैनन्। पुरानै कर्जा, तलब–ज्याला, विद्युत् महसुल लगायतले पनि उनीहरु थलिएका छन्। यसमाथि, कोभिड–१९ को संक्रमण कम भइसकेपछि फेरि व्यवसाय शुरु गर्न ठूलो कर्जाको आवश्यकता पर्छ। त्यो सन्दर्भमा यिनीहरुलाई राहतको प्रबन्ध गर्नुपर्छ भनेर यो बजेटले ५० अर्बको छुट्टै कोष ल्याएको छ।
पर्यटन उद्योगका निमित्त अलग्गै आयकर छुटको पनि कुरा गरेको छ। व्यवसायिक जगतलाई संस्थागत राहत दिने सन्दर्भमा सम्बोधन गर्नुपर्ने अधिकांश कुराहरु यो बजेटमा परेको मैले महसुस गरेको छु।
नकारात्मक पक्ष
जस्तै – सांसद विकास कोषको रकम अहिले शून्य गर्न सकिन्थ्यो, एक तिहाइ मात्र घटाइयो। अहिलेको सन्दर्भमा आवश्यक नभएका सडक तथा राजमार्गहरुमा बढी जोड नदिँदा हुन्थ्यो।
सुनकोशी मरिन डाइभर्सनको अध्ययन सम्पन्न भइसकेको छैन, झन्डै डेढ अर्ब पैसा छुट्याइएको छ। नेपालको इतिहासमा वर्षौंदेखि शुरु नगरेको यो आयोजना यतिबेलै किन चाहिएको थियो ? महाकाली सिँचाईं आयोजना वर्षौंदेखि बन्दैथ्यो, त्यो एक वर्ष थाँती राखेको भए वा अलिक कम बजेट राखेको भए पनि हुन्थ्यो। तर, १० अर्ब छुट्ट्याएर राष्ट्रिय गौरवका आयोजना करार गरिएको छ। यस्ता पूर्वाधार आयोजनाहरु अहिलेका लागि छोड्न सकिन्थ्यो।
संस्कृति, पर्यटन, संचारका पनि प्रायः सबै कार्यक्रम दोहोरिएका छन्, चालु वर्षकै बजेटबाट हुबहु कपी–पेस्ट गरेर अहिले पनि राखिएका छन्, जुन आवश्यक थिएन।
अहिले माथिल्लो तामाकोशी जस्ता आयोजना सम्पन्न गर्नेमा केन्द्रित हुनुपर्ने हो। काठमाडौंको ४० लाख जनसंख्याको ठूलो बजारसँग तराइलाई जोड्ने भएकाले द्रुतमार्ग पनि महत्वपूर्ण छ, यसको कामलाई गति दिनुपर्ने छ। यस्ता आयोजना मात्र बाँकी राखेर अन्य कार्यक्रमलाई थाँती राख्दा हुन्थ्यो।
केही परिवर्तनकारी कार्यक्रम
यो बजेटमा कृषि र स्वास्थ्य क्षेत्रमा केही दीर्घकालीन परिवर्तन ल्याउन सक्ने कार्यक्रम पनि आएको छ।
कृषिका मैले हेर्न खोजेका, देख्न चाहेका थुप्रै कुराहरु छन्। वास्तवमा कृषिमा ठूलै डिपार्चर छ यो बजेटमा। पहिला कृषि मन्त्रालयको धारणा नै अनुदान केन्द्रित हुन्थ्यो। दुरुपयोग भयो भनेर अहिले अनुदानलाई पूरै दुरुत्साहन गरेर कृषकलाई बजारसँग जोड्नेमा बजेटले जोड दिएको छ।
जस्तै – प्रत्येक गाउँमा कृषि उपज भण्डारण बनाउने भनिएको छ, जसमा कृषकले बजारमा पहुँच र बजार मूल्यवृद्धि नभएसम्म आफ्ना उत्पादन भण्डारण गर्न पाउनेछन्। खाद्य सुरक्षाका निम्ति कृषि केन्द्रित हुने भनिएको छ। यी कुरा यसअघिका कुनै पनि बजेटमा थिएनन्।
कृषिमा अरु पनि दीर्घकालीन परिवर्तन ल्याउन सक्ने कार्यक्रमहरु आएको छ, जुन अघिल्ला बजेटहरुमा थिएनन्।
स्वास्थ्य क्षेत्रमा पनि त्यस्ता कार्यक्रमहरु आएका छन्। प्रत्येक नगपालिका तहमा २५ शय्यासम्मका अस्पताल हुनुपर्छ, सातै प्रदेशमा संक्रमण रोग उपचार केन्द्र र ल्याब हुनुपर्छ भन्ने मेरो धारणा थियो। ती कुराहरु पनि आएका छन्।
सरुवा रोगका लागि उपत्यकामा ३०० शय्याको र सबै प्रदेश राजधानीमा ५० शय्याको छुट्टै अस्पताल संचालन गर्ने भनिएको छ। उपत्यका र प्रदेश राजधानीका सबै सरकारी अस्पतालमा थप २५० आइसीयु बेड क्षमता बढाउने भनिएको छ।
तर, कृषि र स्वास्थ्य दुवैमा राम्रा कार्यक्रमहरु आएको भए पनि प्रश्न कार्यान्वयनकै हो। यी दुवै मन्त्रालयको कार्यान्वयन क्षमता ऐतिहासिकरूपमै कमजोर रहँदै आएको छ।
स्वास्थ्य मन्त्रालयले विनियोजित बजेटको ७० देखि ८० प्रतिशतभन्दा बढी पैसा कहिल्यै पनि खर्च गर्न सकेको छैन। दातृ निकायहरुको समेत जहिल्यै यसमा गुनासो हुने गरेको छ। खासगरी अस्पताल निर्माण गर्ने काममा स्वास्थ्य मन्त्रालयको कहिल्यै पनि दक्षता देखिएन। त्यसकारण बजेट ठीक भए पनि मन्त्रालयले कार्यान्वयन गर्न सक्दैन कि भन्ने आशंका छ।
कृषि मन्त्रालयको पनि परम्परागत मानसिकता छ। अर्कोतर्फ, प्रयोजनअनुसार खर्च भयो भएन भन्ने समेत हेर्दैन। अनुदानहरु दूरुपयोग भएका छन्। 'प्याक्ट’ परियोजनालाई त्यसको उदाहरणका रूपमा हेर्न सकिन्छ। यसकारण कृषि मन्त्रालयले पनि बजेटको सोचअनुरुप काम गर्न सक्छ सक्दैन भन्ने आशंका छ।
संघीयतामाथि भरोसा
अर्कोतर्फ, बजेटको आकार घटेको छ। सबै मन्त्रालयको बजेट घट्यो। तर स्थानीय र प्रदेश सरकारलाई जाने पैसा घटेको छैन। समानुपातिक र विशेष अनुपातको रकम यथावत छ, ससर्त अनुदानको रकम बढाइएको छ।
कतिपय कार्यक्रमका लागि बजेट सोझै स्थानीय तह र नगरपालिकालाई दिने भनिएको छ। यसकारण यो बजेटले संघीयतामाथि भरोसा देखाएको छ।
आर्थिक वृद्धिको लक्ष्य भेट्न सकिन्छ
बजेटमा आर्थिक वृद्धि र मूल्यवृद्धिको लक्ष्य ७ प्रतिशत राखिएको छ। यसमा मूल्यवृद्धिको लक्ष्य पनि बढी नै राखिएजस्तो लाग्छ।
आगामी वर्षको आर्थिक वृद्धिको लक्ष्य आम मानिसले सुन्दा महत्वाकांक्षी जस्तो लाग्छ। तर यो लक्ष्य अहिले आर्थिक वृद्धि घटेको सन्दर्भमा हो। आधार घटेको अवस्थाबाट हेर्दा ७ प्रतिशतको लक्ष्य ठूलो होइन। तर, यसका दुईवटा सर्तहरु छन्।
पहिलो, बजेटमा रोजगारी सिर्जना गर्ने लक्ष्य र कार्यक्रम रकम तोकेरै राखिएको छ। कृषि र स्वास्थ्यमा व्यापक रुपमा पूर्वाधार सुधार गर्ने भनिएको छ। अर्को, व्यक्तिगत र व्यवसायिक राहतको कुरा गरिएको छ। यी विषयहरु राम्रोसँग कार्यान्वयन हुनुपर्छ।
दोस्रो, असार मसान्तभित्रमा कोभिड–१९ संक्रमण कम भइ आवागमन सहज भएर आर्थिक गतिविधिहरु शुरु हुन थाल्नुपर्छ।
यी दुई कुराहरु भए भने ७ प्रतिशतको वृद्धि हासिल गर्न गाह्रो हुँदैन, नत्र मुश्किल हुनसक्छ।
बजेटको आकार वास्तविक
बजेटको आकार वास्तविक नै छ। चालु वर्षको १५ खर्ब ३२ अर्बको बजेटबाट आउँदो वर्षका लागि घटाउन वास्तवमा सम्भव थिएन। यसकारण हिम्मत गरेरै आकार घटाएको भन्नुपर्छ।
बजेटको स्रोतहरुमा वैदेशिक अनुदान र ऋणको आकार पनि वास्तविक नै छ। किनकि, ५० अर्ब बजेट सहायताका रूपमा आइसकेको छ। सरकारले खर्चै नगरे पनि यो रकम आउँछ। आयोजना सहयोग चाहिँ खर्च गर्न नसक्दा नआउन पनि सक्छ। यसकारण वैदेशिक अनुदान र सहायता नआउने सम्भावना म देख्दिँन।
राजस्वको लक्ष्य भने अहिलेको सन्दर्भमा अहिले उच्च नै हो। राजस्वको लक्ष्य बढी राखिएको हुनाले आन्तरिक ऋणको रकम कम राखिएको छ। २२५ अर्ब अहिलेको सन्दर्भमा कम हो। किनकि, चालु आर्थिक वर्षमा १९३ अर्ब उठाउने भनिएको छ। यो आवमा अर्थतन्त्रको आकार बढेकै छ। आर्थिक वृद्धि एक प्रतिशतमै सीमित भयो भने पनि मूल्यवृद्धि ६.५ प्रतिशत गर्दा सात–साढे सात प्रतिशतले कुल गार्हस्थ उत्पादन (जीडीपी) बढ्छ। यसकारण आन्तरिक ऋणको रकम २२५ अर्ब अनुशासित हो।
यसकारण, समग्रमा परिस्थिति अहिलेको भन्दा धेरै बिग्रिएर गएन भने बजेटमा प्रस्ताव गरिएअनुसार कार्यान्वयन भए कोभिड–१९ को संकटबाट अर्थतन्त्रलाई उद्धार गर्नसक्ने सामर्थ्य यो बजेटले राख्छ। (पूर्व अर्थसचिव खनालसँग गरिएको कुराकानीमा आधारित।)
The post ‘बजेट कार्यान्वयन भए कोरोना संकटबाट अर्थतन्त्रलाई उद्धार गर्न सक्छ’ appeared first on BIZMANDU.
सानो आकारको होइन, परिणाममा आधारित बजेट चाहिएको छ, अर्थविद् रामेश्वर खनालको विचार
दुईवटा निर्माणाधीन विमानस्थल (भैरहवा र पोखरा), माथिल्लो तामाकोशी, बुढीगण्डकी, प्रसारण लाइनहरु (सबै), काठमाडौं–निजगढ द्रुतमार्ग, गल्छी–रसुवागढी लगायत आयोजनाहरु रणनीतिक महत्वका हुन् । यस्ता आयोजनाहरुमा विनियोजन गरेर यीबाहेका ठूला आयोजनालाई अहिले बजेट विनियोजन नगर्दा हुन्छ ।
आगामी आर्थिक वर्षको बजेट असामान्य अवस्थामा तयार हुँदैछ । यसकारण अहिले यति सय अर्बको बजेट भनेर ‘आकार’ को कुरा गर्ने समय होइन । आकारभन्दा ‘परिणाम’ महत्वपूर्ण छ अहिले । यसैले सही परिणाम ल्याउन पुग्दो रकमको बजेट ल्याउनुपर्छ । अर्थात्, १२ सय अर्बले पुग्छ कि १६ सय अर्बको बजेट चाहिन्छ, त्यो अहिलेको परिस्थितिजन्य प्राथमिकता र आवश्यक परिणामका आधारमा निर्देशित हुनुपर्छ ।
अहिले सरकारको स्रोत साँघुरिदै गएको छ । राजस्वको आधार पनि कमजोर छ । दायरा फराकिलो पार्न र दर बढाउन सक्ने सम्भावना छैन । अर्थतन्त्रको लागत बढ्ने गरी र माग खुम्चन सक्ने गरी अहिले कर बढाउन हुँदैन । यतिबेला सरकारले कर असुली गरेर खर्च गर्दा प्राप्त गर्ने लाभभन्दा मानिसको हातमा पैसा बढी छोडिदिएर प्राप्त हुने लाभ धेरै हुन्छ । किनकि, अहिले धेरै क्षेत्रहरु मागमा संकटका कारण नै संकटग्रस्त छन् ।
यसकारण एकीकृत मागलाई पनि कुनै किसिमले असर नपर्ने गरी करका नीतिहरु कायम गर्नुपर्ने भएकाले राजस्वका दरहरु बढाउन सक्ने सम्भावना विल्कुलै छैन । बरु, राजस्व चालु वर्षकै तुलनामा पनि आगामी आवमा घट्ने देखिन्छ । चालु वर्षको राजस्व स्वयम् पनि लक्ष्यको ८० प्रतिशतसम्म असुली भयो भने भाग्य मान्नुपर्छ ।
स्रोतको सीमाका कारण हामीले बजेटको आकारमा अलिक चिन्तित हुनुपर्छ कि भन्ने पनि धेरैजनाले भनेको सुन्छु म, जुन सही तर्क होइन । सही के हो भने, यदि परिणाम हासिल हुन्छ भने संकटको बेला प्रयोग गर्ने अस्त्र प्रयोग गरेर भएपनि स्रोत जुटाउनैपर्ने हुन्छ । त्यो भनेको सरकारले आफ्नो ऋणलाई मौद्रिकीकरण गरेर भए पनि आवश्यक पर्ने स्रोत जुटाउनुपर्छ । त्यसका निमित्त सीमामा बाँधिनु हुँदैन, बाँधिनुपर्ने परिणाममा हो ।
यो पनि पढ्नुस्:
धेरै मानिसलाई शहरले शोषण गरेको रहेछ भन्ने अनुभूति भयो, रामेश्वर खनालको अन्तर्वार्ता
बजेटले केमा ध्यान दिने ?
हामीले अब शहरबाट अल्पकालीन रोजगारी छोडेर गाउँफर्केका, शहरमा सस्तोमा श्रम बेच्न बाध्य भएका नागरिकलाई ग्रामीणस्तरमै उपयुक्त रोजगारी उपलब्ध गराउनुपर्नेछ । कृषिमा ‘भ्यालु एडिशन’ (मूल्यवृद्धि) बढाउनु पर्नेछ । हाम्रा कृषिजन्य उत्पादन ‘भ्यालु एडिशन’ नभइ बजारमा आउँदा विदेशी कृषि उपजसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्नेछ । स्वास्थ्य सेवाको स्तरवृद्धि गर्नुपर्नेछ । स्वास्थ्य क्षेत्रको पूर्वाधार राम्रो तुल्याउनुपर्ने छ ।
यिनै हुन् हाम्रा अहिलेका प्राथमिकता ।
यी प्राथमिकताहरुमा परिणाम निकाल्न सक्छौं भने त्यसका निमित्त उदार दिलले रकमको जोहो गर्नुपर्छ । र, जोहो गर्ने क्रममा भविश्यका करदाताले तिर्न सक्नेगरी हामीले हिम्मत गरेर ऋण लिनैपर्ने हुन्छ ।
स्रोतको सीमामा रहेर अहिले बजेट बनाउँदा मूलतः पाँचवटा कुरालाई प्राथमिकता दिनुपर्छ । ती हुन् – राहत, कृषि तथा ग्रामीण क्षेत्रको उत्पादन र बजारबीचको प्रगाढ सम्बन्ध, स्वास्थ्य क्षेत्रको पूर्वाधारमा सुधार, ग्रामीण पूर्वाधार र उद्योग व्यवसायको पुनर्उत्थान ।
पहिलो, राहतमा पनि व्यक्तिगत र व्यावसायिक, आर्थिक वा संस्थागत गरेर दुई प्रकारले हेनुपर्ने हुन्छ ।
रोजगारी गुमाएर, व्यवसाय बन्द गरेर गाउँतिर जानुपरेका अथवा लकडाउनका कारण काम गर्न नपाएकाहरु लकडाउन सकिनेबित्तिकै तुरुन्तै पुनः आय आर्जआर्जनका लागि पहिले गरिरहेका काममा फर्किन सक्दैनन् । यसकारण लकडाउन सकिएपछि पनि सरकारले कम्तिमा एक महिनाका लागि खाद्यान्नको प्रबन्ध गरिदिनुपर्छ । यो व्यक्तिगत राहतको पाटो हो ।
कतिपय मुलुकहरुमा नगदै हस्तान्तरण (क्यास ट्रान्सफर) गर्ने राम्रो विधि छ । तर, नेपालको सन्दर्भमा विगतको अनुभवका आधारमा ‘क्यास ट्रान्सफर’ सबैभन्दा बढी दुरुपयोग हुने सम्भावनायुक्त तरिका हो । किनभने, नगद हस्तारणमा दिने व्यक्तिको तहमा एक किसिमको ‘रेन्ट सिकिङ’ हुन्छ र पाउने व्यक्तिले पनि कतिपय अवस्थामा जुन प्रयोजनका लागि दिइएको हो त्यसमा प्रयोग नगरेर अन्यत्र खर्च गरिदिने प्रवृत्ति छ ।
त्यसकारण, सबैभन्दा उत्तम विकल्प नागरिकलाई खान गाह्रो भएको ठाउँमा सामुहिक भोजनको प्रबन्ध गरिदिनु हो । आफ्नो गाउँ–ठाउँ पुग्न नसकेर बिचल्ली भएकालाई बस्ने व्यवस्था पनि गरिदिनुपर्छ । तर, क्वारेन्टिनमा राखिएकाबाहेक यसरी बस्नुपर्ने मानिस सीमित संख्यामा होलान् । यसैले खाद्यान्नको प्रबन्ध नै बढी महत्वपूर्ण छ ।
यदि सामुहिक भोजन गराउन सकिँदैन भने केही वस्तुगत सहायता दिँदा पनि हुन्छ । तर, वस्तुगत सहायतामा पनि प्रदान गर्ने विन्दुमा कमसल गुणस्तरको दिएर, तौल कम गरेर वा किनमेलकै बेला कमिसनखोरी गरेर दुरुपयोग हुने सम्भावना रहन्छ ।
यसकारण दुरुपयोगको सम्भावना सबैभन्दा कम हुने माध्यम प्रयोग गर्नु उपयुक्त हुन्छ । जुन समाजमा नगद हस्तारणमा पनि दुरुपयोग हुँदैन भन्ने देखिन्छ, त्यहाँ नगदै दिए पनि हुन्छ । तर विगतको मेरो अनुभवमा नेपालको सन्दर्भमा नगद हस्तान्तरण जहिले पनि दुरुपयोग भएको छ ।
यस्तै, दिनुपर्ने अर्को राहत हो व्यवसायिक, आर्थिक वा संस्थागततर्फ ।
अहिले खासगरी साना र मझौला उद्योगहरुलाई स्थिर खर्चका कारण गाह्रो परेको छ । घरभाडा, कर्मचारीको तलब, ऋणको ब्याज, सरकारको कर र विद्युत महसुल गरी पाँच किसिमका स्थिर खर्च प्रमुख हुन् । यी खर्च लकडाउन वा बन्द भएको अवस्थामा व्यवसायले कारोबार नगरेको हुनाले वा नगद प्रवाह नभएकाले चाहेर पनि उनीहरुले तिर्न सक्ने अवस्था छैन ।
मासिक एक–दुई लाखको कारोबार गर्ने व्यवसायले मुश्किलले पाँच–छ हजार रुपैयाँ आफ्नो गुजारा गर्न आम्दानी गर्थ्यो भने सरकारले पाँच हजार कर छोडिदिँदा पनि त्यो रकम उसको भरथेगमा सहयोगी हुनेछ । घरेलु तथा साना व्यवसायहरु अहिले पनि बन्द नै रहेकाले यस्तो कर छुटले उनीहरुलाई राहत दिनेछ । कर सबैतिर घटाउन आवश्यक छैन, तर यसतर्फ भने विचार गर्न आवश्यक छ । यसबाहेक, भुक्तानी तालिका सार्ने काम नेपाल सरकारले गरिसकेको छ ।
एकातिर हामीले मजदुरहरुको आम्दानीको पनि सुरक्षा गर्नुपर्ने छ भने अर्कातिर साना तथा मझौला मात्र नभएर तिर्न सक्ने क्षमता भएका ठूला उद्योग व्यवसायहरुलाई पनि हेरिदिनुपर्ने अवस्था छ । यसमा मजदुर र व्यवसायीहरुबीच सहमति भएर केही प्रतिशत अहिले र बाँकी व्यवसाय संचालनमा आइसकेपछि केही महिनाभित्रमा किस्ताबन्दीमा दिइसक्ने प्रणालीमा जाने हो भने व्यवसायहरुलाई एक हदसम्म राहत हुन्छ ।
मजदुरलाई पूरै छोडिदेउ भन्न सक्ने अवस्था छैन । तर, उद्योगका कम्तिमा पनि ठूलो रकम तलब लिएका प्रमुख कार्यकारीहरुले आफ्नो तलबको ठूलो हिस्सा छोडिदियौं वा हामी लिँदैनौं भनेर घोषणा गरेको भए त्यसले पनि एउटा सन्देश जान्थ्यो । तर, त्यसो हुन सकिरहेको छैन ।
त्यस्तै, ऋणको साँवा र ब्याजको हकमा अलिक लामै पुनर्चुक्ता अवधि पुनर्तालिकीकरण गर्नु आवश्यक छ । यसमा पाँच–छ महिना वा एक वर्षको कुरा गर्नु हुँदैन, उद्योगको प्रकृत्ति हेरेर पाँच वर्षसम्म पनि जानुपर्ने हुन्छ ।
खासगरी कतिपय जलविद्युत् आयोजनाहरु निर्माणकै क्रममा भएकाले त्यसै पनि उनीहरुको व्यापारिक उत्पादन गरेर बिक्री गर्न सक्ने अवस्था छैन । यसैले उनीहरुलाई तत्कालै ‘अब तिम्रो भुक्तानी तालिका शुरु भयो’ भन्न हुँदैन । केही वर्षको ‘मोराटोरियम’ (ऋण स्थगन) र पछि गएर भुक्तानी तालिका शुरु गर्ने हो भने त्यसको लागत कसैलाई पनि पर्दैन । बैंक तथा वित्तीय संस्थाहरुलाई शंकास्पद ऋण लेखेर प्रोभिजनिङ गर्नु पर्दैन भनिदिने बित्तिकै उनीहरुले त्यसरी कर्जा नवीकरण गरिदिन सक्छन् । कम लागतमा यो काम गर्न सकिन्छ ।
घरेलु उद्योग, साना तथा मझौला व्यवसायहरुको हकमा राष्ट्र बैंकले एउटा विधि अपनाएर मौद्रिक उपकरणको माध्यमबाट केही हदसम्म ब्याज राहत दिन सक्छ ।
घरभाडाको हकमा स्वाभाविक रुपमा घर मालिकहरुले बहालवाला र आफू दुवैले व्यहोर्ने गरी बाँडफाँड (शेयरिङ) गरिदिनुपर्ने हो । कतिपय घरधनीहरुलाई ‘शेयरिङ’ गर्न गाह्रो छ भने ‘डेफर’ (तिर्ने अवधि सार्ने) गरिदिँदा मात्र पनि हुन्छ । मूलभूत कुरा, व्यवसायहरुलाई तरलताको अभाव भएकाले तत्कालै घरभाडाको रकम तिर्न गाह्रो छ । पछि व्यवसाय संचालन भइसकेपछि ५–७ महिनामा उनीहरुले तिर्न सक्छन् ।
यसकारण घर मालिकहरुले घरभाडा नमागिदिएर पनि तत्कालको बोझ सहज हुन सक्छ । केही ठाउँमा नगपालिकाहरुले घरभाडा ‘शेयरिङ’ गर्न इच्छुकलाई घरबहाल करमा छुट दिए घरधनीहरु त्यसो गर्न प्रेरित हुन पनि सक्छन् । र, कतिपय ठाउँमा घरमालिकलाई विश्वास दिलाउने हो भने उनीहरुले छोडिदिन पनि सक्छन् ।
विद्युत् र आय करको हकमा सरकारले हेर्नुपर्ने हुन्छ । वार्षिक ५० लाख रुपैयाँभन्दा कमको कारोबार गर्ने करदातालाई कर मिनाहा गरिदिए पनि सरकारलाई केही फरक पर्दैन, तर उनीहरुका निम्ति भने पाँच हजार रुपैयाँकै छुटले पनि केही दिनका लागि तरलतामा मद्दत गर्नेछ ।
मासिक एक–दुई लाखको कारोबार गर्ने व्यवसायले मुश्किलले पाँच–छ हजार रुपैयाँ आफ्नो गुजारा गर्न आम्दानी गर्थ्यो भने सरकारले पाँच हजार कर छोडिदिँदा पनि त्यो रकम उसको भरथेगमा सहयोगी हुनेछ । घरेलु तथा साना व्यवसायहरु अहिले पनि बन्द नै रहेकाले यस्तो कर छुटले उनीहरुलाई राहत दिनेछ । कर सबैतिर घटाउन आवश्यक छैन, तर यसतर्फ भने विचार गर्न आवश्यक छ । यसबाहेक, भुक्तानी तालिका सार्ने काम नेपाल सरकारले गरिसकेको छ ।
यस्तै, अहिलेको अर्को महत्वपूर्ण प्राथमिकता किसानदेखि उत्पादनको बजारसम्म बलियो सम्बन्ध स्थापना गर्नु हो ।
कृषि तथा ग्रामीण क्षेत्रको उत्पादन र बजारबीचको सम्बन्ध विस्तार र प्रगाढ बनाएर मूल्य लाभ सकेसम्म उत्पादकको हातमा पर्नेगरी सरकारले गर्नैपर्ने कामहरुको लामो सूची छ । यसमा सडकदेखि बजार स्थल, भण्डारण, न्यूनतम समर्थन मूल्य, किसानले उक्त समर्थन मूल्यमा बेचिसकेपछि फेरि उसलाई रकम फिर्ता गरिदिने प्रविधि इत्यादिसम्म पर्छ । अन्य नीतिगत सुधारहरु पनि गर्नुपर्ने छन् ।
यो ठूलो क्लष्टर अहिलेको दोस्रो मुख्य प्राथमिकता हो । किनकि, यसले एकातिर कोभिड–१९ ले सिर्जना गरेको संकट निवारण गर्ने र त्यससँगै कोभिड–१९ ले देखाइरहेका अवसरलाई उपयोग गर्न मद्दत गर्नेछ ।
कोभिड–१९ ले मुख्यगरी तीनवटा उज्यालो अवसर देखाइरहेको छ– आर्थिक असमानता कम गर्ने, शहरी क्षेत्रमा अत्यधिक र अनियन्त्रित जनसंख्या केन्द्रित हुने गलत प्रवृत्तिबाट मुक्त हुने, विदेशमा रोजगारीका लागि गएका युवाहरुलाई फर्किएर यहीँ नै बस्न पाउने ।
तेस्रो प्राथमिकता हो – स्वास्थ्य क्षेत्रको पूर्वाधार । स्वास्थ्य पूर्वाधारमा विश्वकै तुलनामा हामी ज्यादै कमजोर छौं । दक्षिण एशियामै हामी सबैभन्दा तल छौं । हाम्रो अस्पताल शय्या प्रति १० हजार जनामा ०.३ मात्रै छ । राम्रा मुलुकहरुमा यो संख्या ७–८ छ । दक्षिण कोरिया प्रति १० हजारमा संसारमै सबैभन्दा बढी अस्पताल शय्या भएको मुलुकमा पर्छ ।
विगतमा स्वास्थ्य मन्त्रालयको प्राथमिकता पूर्वाधार निर्माणमा हुँदै भएन, यसैले यसमा सुधार गर्न सकिएन । स्वास्थ्य मन्त्रालयको ध्यान औषधि किन्ने, गोदाममा थन्क्याउने, फेरि किन्ने, फेरि थन्क्याउने मात्रै भयो । आपूर्ति र प्रचारबाहेक स्वास्थ मन्त्रालयको प्राथमिकता नै भएन ।
अब स्वास्थ्य मन्त्रालयभित्रका प्राथमिकताहरु परिवर्तन गरेर आगामी एक वर्ष अस्पतालका शय्या र अस्पतालमा काम गर्ने चिकित्सक तथा नर्सको संख्या वृद्धि गर्नमा मात्रै लगानी गरौं । यसमा एउटा पुँजीगत लगानी र अर्को ठूलो हिस्सा चालु खर्च होला । अहिले चालु र पुँजीगत लगानी के कति गरियो भन्नेमा नजाउँ ।
अनियन्त्रित बसोबास बसेको मुम्बइको धारावीमा कोभिड–१९ गयो भने मरिन्छ कि भनेर सारा भारत त्रस्त छ । किनभने मात्र दुई वर्ग किलोमीटर क्षेत्रफलको धारावी संसारकै सबैभन्दा ठूलोमध्येको ‘स्लम’ हो जहाँ १० लाख मानिस बस्छन् । थोरै क्षेत्रफलमा लाखौं मानिस बसेकाले त्यसरी नै अनियन्त्रित बस्तीले अनेक जोखिम र समस्या निम्त्याउँछन् । यसकारण पनि शहरप्रतिको आकर्षण कम हुनु राम्रो हो ।
चौथो प्राथमिकता दिनुपर्ने क्षेत्र हो – ग्रामीण पूर्वाधार । माथि उल्लेखित पहिलो प्राथमिकतामा नपर्ने खालका अन्य पूर्वाधारहरु यसमा पर्छन् जसले ग्रामीण जनजीवन सहज बनाउँछ र तत्कालका लागि रोजगारी सिर्जना गर्न मद्दत गर्दछ ।
अहिले रणनीतिक महत्वका बाहेक अन्य ठूला वा ‘ग्ल्यामरस’ आयोजना गर्नु हुँदैन । दमकको भ्यु टावर, रेल, मेट्रो इत्यादि अहिले हाम्रा लागि ‘ग्ल्यामरस’ आयोजना हुन्, जुन कुनै बेला फुर्सदमा अघि बढाउँदा हुन्छ ।
एउटा बाटो हुँदाहुँदै अर्को लिंक तत्कालै नभए पनि हुन्छ । यसैले कतिपय जिल्ला जाने त्यस्ता सडकहरु पनि हाम्रा निमित्त ठूला आयोजना हुन् जसलाई केही समय छाडिदिए पनि हुन्छ । उदाहरणका लागि, मध्यपहाडी लोकमार्गको दोलालघाटदेखि पोखरा जाने नयाँ बाटो बन्दैछ, त्यो अहिले रोके पनि फरक पर्दैन । किनकि, त्यो नहुँदा पनि हामीसँग विकल्प छँदैछ । हुलाकी राजमार्ग पनि अहिलेको सन्दर्भमा रणनीतिक महत्वको भएन । किनकि एउटा कनेक्सन पूर्व–पश्चिम राजमार्गले दिइरहेको छ ।
दुईवटा निर्माणाधीन विमानस्थल (भैरहवा र पोखरा), माथिल्लो तामाकोशी, बुढीगण्डकी, प्रसारण लाइनहरु (सबै), काठमाडौं–निजगढ द्रुतमार्ग, गल्छी–रसुवागढी लगायत आयोजनाहरु रणनीतिक महत्वका हुन् । यस्ता आयोजनाहरुमा विनियोजन गरेर यीबाहेका ठूला आयोजनालाई अहिले बजेट विनियोजन नगर्दा हुन्छ ।
किनभने, ठूला आयोजनाले सिर्जना गर्ने रोजगारीको संख्याभन्दा ग्रामीण क्षेत्रका साना आयोजनाले बढी रोजगारी सिर्जना गर्छन् । अहिले तत्कालै आयमा सहयोग गर्ने योजना चाहिएकाले पनि यो आवश्यक छ । ठूला आयोजनामा मेसिन तथा उपकरणको प्रयोग बढी (मेसिन इन्टेन्सिभ र स्ट्रक्चरल) हुन्छ भने ग्रामीण आयोजनामा जनशक्ति परिचालन धेरै (लेबर इन्टेन्सिभ) हुन्छ ।
पाँचौ प्राथमिकता पुनर्उत्थानका निम्ति हुनुपर्छ । यसमा बजेटको ‘फन्डेड’ भन्दा पनि ‘नन-फन्डेड’ नीतिहरु अघि सार्नु पर्छ, जसले उद्योग व्यवसायहरुलाई पुनर्उत्थान गर्नमा सहयोग पुर्याओस् । यो भनेको कर्जामाथिको पहुँच विस्तार गरिदिनु हो ।
लकडाउन सकिएपछि सबै किसिमका व्यवसायहरुलाई पुनर्उत्थानका निमित्त तत्कालै तरलता चाहिन्छ । कतिपय उद्योगहरुको कच्चा पदार्थ त कतिको तयारी वस्तुको मौज्दात सकिएको छ, त्यो पूर्तिका लागि सबैलाई तरलताको आवश्यकता पर्छ । ज–जसले उत्पादन गरेर राखेका छन् उनीहरुको तरलता त्यहाँ अड्किएको छ । हवाई तथा पर्यटन, होटल जस्ता उद्योगहरुले मौज्दात राख्न सक्दैनन् । जस्तैः वायु सेवा कम्पनीहरुको आम्दानी ठप्प भएकाले तरलता हुने कुरै भएन ।
सबैलाई तरलताको समस्या छ । किनकि, कतिपयले काम नभएको बेलामा पनि तलब दिएका छन्, कतिले ब्याज पनि तिरेका छन् भने कतिपयको उत्पादन बजारमा पुग्न नसक्दा मौज्दातमा अड्किएको छ । यसकारण यो पाँचौं प्राथमिकता उद्योग व्यवसाय पुनः संचालनमा ल्याउन पुनर्उत्थानका लागि महत्वपूर्ण सहयोग प्याकेज हुनेछ ।
पुनर्उत्थानका लागि यस्तो वित्तीय पहुँच घरेलु तथा साना, मझौला, ठूला सबै प्रकारका उद्योग व्यवसायहरुलाई उनीहरुको आवश्यकता बमोजिम उपलब्ध गराइनुपर्छ । यसमा ब्याज सँगसँगै जोडिएर आउँछ ।
यस्तै, अहिले व्यवसाय संचालनमा कतिपय ‘बोटलनेक’ (बाधा/अप्ठ्यारा) हरु छन् । एउटा उदाहरणः गैरनाफामुलक व्यवसाय दर्ता गर्न पनि १५ हजार रुपैयाँ लाग्ने गरेको छ । उद्यमीले व्यवसाय शुरु नै नगरी १५ हजार रुपैयाँ सरकारलाई किन तिर्ने ? अरु पनि जे सुकै दर्ता गर्न जानुस्, पैसा लाग्छ । सरकारले तिमीले दर्ता गरेर व्यवसाय शुरु गरेपछि पैसा लिन्छु भन्दा हुँदैन ?
म पदमा हुँदादेखि नै व्यवसाय दर्ता निःशुल्क गर्ने कोशिश गरेँ तर पाँच वर्ष प्रयास गर्दा पनि सकिएन । १५ वर्ष भयो, यो अहिलेसम्म त्यसै छ ।
त्यस्तै, व्यवसाय गर्दा पुँजीको आधारमा शुल्क तिर्नुपर्छ । व्यवसाय गर्नेले पुँजी किन देखाउनुपर्ने ? जस्तै, कुनै व्यवसायको पुँजी पाँच लाख राखेवापत सरकारले संचालकलाई दिन्छ के ? पुँजी त ऋण दिने वित्तीय संस्थाले खोजिहाल्छ नि ? सरकारलाई पुँजी एक रुपैयाँ मात्र देखाउँदा भएन ? यसकारण मैले व्यवसायले पुँजी देखाउनुपर्ने सरकारको तर्कको औचित्य कहीँ कतै देखेको छैन ।
अर्को, हरेक व्यवसाय हरेक वर्ष नवीकरण किन गर्नुपर्ने होला ? त्यो व्यवसाय चलेको छ कि बन्द भयो भन्ने हेर्ने दायित्व त सरकारकै हो नि । तथ्यांक विभागले आर्थिक गणना गर्न थालेको छ, त्यसबाट पनि हेर्न सकिन्छ कुनै व्यवसाय संचालनमा छ/छैन भन्ने । अथवा, व्यवसायहरुले हरेक आर्थिक वर्षको शुरुमा अनलाइनबाटै संचालनमा रहेको जानकारी गराएर सहज नवीकरण हुने व्यवस्था गर्न सकिन्छ, ‘फिजिकल भिजिट’ किन गर्न लगाउनु ? नवीकरण गर्दा पैसा किन लिनु ? अझ, पैसा लिएर मात्र नपुगेर जरिवानासमेत तिराउँछ सरकार ।
यो सबैको अर्थ व्यवसायलाई निरुत्साह गर्नु हो । यिनै कारणले अचाक्ली भएर बुटवल, भैरहवा, महेन्द्रनगर, धनगढी लगायत अन्य विभिन्न ठाउँका थुप्रै व्यवसायीहरु नेपाल छाडेर भारत गएका छन् व्यवसाय गर्न । व्यवसाय नवीकरण र बन्द गर्न सास्ती भएर खाडी पुग्ने साना उद्यमी–व्यवसायीहरु पनि थुप्रै भेटिन्छन् । तर केन्द्रमा बस्नेहरुलाई यी कुराको अनुभूति नै छैन ।
व्यक्तिको हकमा जमिनदारी प्रवृत्ति निरुत्साहित गर्न हदबन्दी लगाउनु ठिकै हो । तर संस्थागत रूपमा कुनै व्यवसाय चलाउन वा व्यवसायिक खेती गर्नुपर्दा किन जग्गाको हदबन्दी ? कसैले समुहमा मिलेर दुई हजार बिगाहामा खेती गर्छु भन्छ भने किन नपाउने ? जग्गाको हदबन्दीले कसरी कृषि उत्पादकत्वमा हामी आयातित उत्पादनसँग प्रतिस्पर्धी हुन सक्छौं ?
नेपालमा व्यवसाय गर्नका लागि यस्ता अन्य थुप्रै अवरोधहरु छन्, जसलाई हटाउन आगामी बजेटले अप्ठ्यारो छिमल्ने बेला यही हो ।
कोभिड–१९ लक्षित अन्तरिम बजेट कति सान्दर्भिक ?
केही समय पछि सार्दा पनि फरक नपर्ने वा तत्काल अघि बढाउन आवश्यक नभएका ठूला आयोजनालाई अहिलेको बजेटले नसमेट्दा पनि हुन्छ । तर बजेट भने पूर्ण नै ल्याउनुपर्छ । किनकि, कोभिड–१९ लाई मात्र लक्षित गरेर अन्तरिम बजेट ल्याउनुपर्छ भन्नुको अर्थ अर्थतन्त्रमा अनिश्चयको वातावरण सिर्जना गर्नु हो ।
तयारीको अवस्थामा समय कहिल्यै निश्चित हुँदैन, सधैं अनिश्चय नै हुन्छ । समयलाई निश्चित वा अनिश्चित दुवै बनाउने मान्छे र नीतिले हो । अहिले सबैजना आशंकित, अत्तालिएको र अनिश्चयको स्थितिमा छन् । मान्छेले बसिरहेको, काम गरिरहेको ठाउँ छाडेका छन् । भोलि बिहानको चुलो बल्छ कि बल्दैन भन्ने अनिश्चय छ ।
नागरिक यसरी अनिश्चयमा भएको बेलामा सरकार पनि अनिश्चयमै चल्ने भन्ने हुँदैन । जसरी हुरी आएका बेला डुंगा चलाउने व्यक्तिले त्यसमा सवार यात्रुलाई नआत्तिन ढाडस दिँदै किनारा लाउने विश्वास दिलाउनु पर्छ, त्यसरी नै सरकारले अहिलेको संकटलाई किनारा लगाउने बजेट ल्याउनुपर्छ । तीनमहिने वा अन्तरिम बजेट ल्याउनुपर्छ कसैले भन्छ भने त्यसले अर्थतन्त्रालाई डुबाउने भएकाले त्यसतर्फ लाग्नै हुँदैन ।
The post सानो आकारको होइन, परिणाममा आधारित  बजेट चाहिएको छ, अर्थविद् रामेश्वर खनालको विचार   appeared first on BIZMANDU.
बल्ल आज शिलान्यासको संयोग जुरेको अरुण तेस्रो दुई दशक धकेलिंदा मुलुकले के पायो? के गुमायो?
प्रधानमन्त्री केपि शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यास गर्दैछन्। दुई दशकभन्दा बढि समय धकेलिएपछि ९०० मेगावाटको आयोजना बल्ल अगाडि बढ्दैछ। अरुण तेस्रो दुई दशक धकेलिंदा मुलुकले के पायो? के गुमायो? बिजमाण्डू आर्काइभबाट रामेश्वर खनालको लेख:
सन् १९८७/८८ ताका नेपालमा दैनिक २० घण्टा जति लोडसेडिङ हुन्थ्यो। त्यसबेला लोडसेडिङको मार काठमाडौँले मात्र बढी खेप्नुपर्थ्यो। किनभने धेरै जिल्लाहरुमा बिजुली पुगेकै थिएन।
सन् १९८८ मा पेरिसमा नेपाल सहायता समूहको बैठक बस्यो। त्यहाँ अध्ययन सम्पन्न भएको परियोजनाको रुपमा नेपाल सरकारले दातृ निकायसँग ४०४ मेगावाटको अरुण तेस्रोमा लगानीकालागि आग्रह गर्यो। उनीहरुले त्यहि बैठकमा सहयोग गर्ने प्रतिवद्धता जनाए।
परियोजनाको एक चरण अध्ययन भए पनि ‘अपरेजल’, जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्याङ्कन लगायत काम बाँकी नै थिए। यी काम गर्न पाँच बर्ष लाग्यो।
त्यसै बीचमा नेपालमा दोस्रो पटकको आम नागरिकले महसुस गर्ने गरी नाकाबन्दी भयो। विद्युतीय उर्जा आपूर्ति अत्यन्त कम भएको बेला नाकाबन्दी हुँदा जनजीवन नराम्रोसँग प्रभावित हुन पुग्यो। त्यहि बेला नेपालमा ठूलो लोकतान्त्रिक परिवर्तनसमेत भएको थियो।
लोकतन्त्रप्रति जन-भरोसा बढाउन पनि आर्थिक विकासको क्षेत्रमा केहि काम गर्नुपर्ने दवाव सरकारमाथि थियो। अरुण तेस्रो कार्यान्वय गर्न पाए लोकतन्त्र संस्थागत गर्न र भारतीय नाकाबन्दीले पारेको प्रभावबाट मुक्त हुन सघाउ पुग्छ भन्ने विश्वास जननिर्वाचित सरकारमा थियो।
पञ्चायतकालमा सुरु भएको परियोजनाले लोकतन्त्र आएपछि झनै तिव्रता पायो। त्यसको परिणाम  सरकार गठन भएको एक बर्षमै बहु-दातृ निकाय संलग्न भएको ठूलो परियोजना लगानीको निर्णायक तहमा पुग्यो।
साधारणतया धेरै दाता हुँदा परियोजनामा ढिलाइ हुने गरेपनि अरुण तेस्रोमा त्यस्तो भएन। उनीहरुले तिव्र गतिमा आफूले दिने कर्जा वा अनुदानबारे निर्णय लिए। जापान र जर्मन सरकारले प्रतिबद्धता जनाएका थिए। स्विडेनले पनि बचन दिएको थियो। फिनल्यान्ड र एसियाली विकास बैंक (एडिबी) निर्णयको प्रक्रियामा थिए। विश्व बैंक नेतृत्वदायी दाता भएको हुँदा उसले स्वीकृत नगरेसम्म अरुको स्वीकृतिको अर्थ थिएन।
लगानीकर्ता लगानीकालागि तयार भएका बेला अरुण तेस्रो परियोजना निर्माण गर्दा आर्थिक, सामाजिक, वातावरणीय, राजनीतिक लगायत समस्या आउँछन् भन्दै विभिन्न समूहले बिरोधको स्वर चर्को पार्दै लगे।
नेपालको इतिहासमा नागरिक क्षेत्रबाट खडा गरिएका संघ संस्थाबाट कुनै विकास आयोजनामा त्यतिबिघ्न बिरोध गरिएको अरुण तेस्रो पहिलो र अहिलेसम्मको अन्तिम उदाहरण नै बन्न पुगेको छ।
नागरिक क्षेत्रमा खडा गरिएका संस्था (एनजिओ) मात्र होइन त्यो बिरोधलाई त्यसबेलाको दोस्रो ठूलो दल नेकपा एमालेले पनि त्यहि स्वरमा उचाल्यो। पार्टीले संस्थागत रुपमै यदि भोलि निर्वाचित भएर हामी सरकारमा आयौँ भने परियोजना पुनर्मूल्याङ्कन गर्नुपर्ने अवस्था आउँछ भन्दै विश्व बैंकलाई पत्र पठायो।
त्यसपछि विश्व बैंकले  नेपालको अवस्थाको अध्ययन गर्न एउटा टोली नै पठायो। उक्त टोलीले तत्कालिन परिस्थितीमा आयोजना अघि बढाउन उपयुक्त हुँदैन भन्ने आशयको सुझाव दिएको देखिन्छ। त्यहि सुझावको आधारमा सन् १९९५ को बर्षातमा अन्ततः विश्व बैंकले परियोजनाबाट हात झिक्यो।
नागरिक क्षेत्रमा खडा गरिएका त्यति बिघ्न संस्था किन अरुण तेस्रो बिरुद्ध एक भए? यो प्रश्न आजसम्म पनि सान्दर्भिक छ।
विथोल्नुमा खिम्ती र भोटेकोशीको भूमिका थियो?
अरुण तेस्रो बनेको भए १०/१२ बर्षसम्म मुलुकको बिद्युत माग धान्न सक्थ्यो। यस्तोमा तत्काल निजी क्षेत्र एवं विदेशी लगानीमा नयाँ परियोजना आइहाल्ने संभावना कम हुन्थ्यो।
आयोजनाको चर्चा चलिरहेका बेला अरु नीतिगत सुधार पनि भैरहेका थिए। खासगरी २०४७ सालको आर्थिक सुधारपछि नयाँ विद्युत ऐन आयो। त्यसले नीजि क्षेत्र एवं विदेशी लगानीकर्तालाई जलविद्युतमा लगानीको बाटो खुला गरिदियो।
त्यहिताका एउटा नर्वेजियन कम्पनीले खिम्ती र एउटा अमेरिकन कम्पनीले भोटेकोशीमा चासो देखाए। यी आयोजनाको तयारी सकिएको थिएन। उनीहरुले नेपाल सरकारबाट आयोजना विकासको अनुमति पाउनु अगावै अरुण तेस्रोको काम सुरु हुने अवस्था थियो।
सन् १९९५ मा विश्व बैंकले अरुण तेस्रोको कर्जा खारेज नगरेको भए संभवतः खिम्ती र भोटेकोशीको परियोजना विकास सम्झौता हुने थिएन। किनभने भोटेकोशीको आयोजना सम्झौता १९९६ को जनवरी र खिम्तीको त्यहि बर्ष जुलाइमा भएको छ।
जब विश्व बैंकले अरुण तेस्रोको लागि सहयोग गर्न सक्दैनौँ भनेर सन्देश पठायो नेपाल सरकारले अताल्लिएर हतार हतारमा खिम्ति र भोटेकोशीको सम्झौता गर्न पुगेको थियो। यही कारण ती परियोजना बनाउन दिँदा कतै हामी ठगियौँ की? भन्ने समिक्षा अहिले पनि हुने गरेको छ।
खिम्तिलाई विद्युत प्राधिकरणले बिजुलीको जुन शुल्क तिरिरहेको छ, त्यो शुल्कको बिवाद अझै पनि सकिएको छैन। ती परियोजनाको आर्थिक, प्राविधिक पक्षमा म जान चाहन्न। तर, एउटा यथार्थ के हो भने अरुण तेस्रो परियोजना नेपाल सरकारले अघि बढाएको भए खिम्ती र भोटेकोशीजस्ता आयोजना सुरु हुन सक्दैन थिए। सम्भवत ती लगानीकर्ताले नेपालमा आधार बनाउनै सक्दैन थिए।
ती कम्पनीका लागि खिम्ती र भोटेकोशी सुरुवात मात्र थिए। त्यहाँबाट प्रवेश गरेर नेपालको अपार जलविद्युतमा आफ्नो लगानी बढाउन सकिन्छ भन्ने बुझाइ अमेरिकी र नर्वेजियन कम्पनीमा थियो। ६० मेगावाटको खिम्ती या ४२ मेगावाटको भोटेकोसी मात्र हेरेर उनीहरु आएका थिएनन्। हजारौँ मेगावाटका अरु आयोजना निर्माण गर्न सकिन्छ भनेर उनीहरु नेपाल आएका थिए।
त्यसबेला अरुणको चर्को विरोध गर्ने २२/२३ वटा संस्थामा केहिको ती अमेरिकी र नर्वेजियन कम्पनीसँग प्रत्यक्ष/परोक्ष सम्बन्ध देखिन्छ। विरोध गर्नेमध्ये केहि ब्यक्ति खिम्ती र भोटेकोसीमा वा त्यसका प्यारेन्ट कम्पनीमा आवद्ध नै भएको पाइएको छ। त्यसकारण विदेशी लगानीकर्ताको स्वार्थ पनि गाँसिएको हुँदा अरुण तेस्रो गयो कि? भन्ने केही आधार देखिन्छन्।
ती कम्पनीले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई पर्यावरणको मुद्दा उचालेर प्रभावमा लिएको हुनसक्छ। किनभने नेपाल कहिल्यै भ्रमण नगरेका व्यक्ति पनि वासिङ्टन डिसीमा रहेको विश्व बैंक घेराउ गर्न पुगेका थिए।
त्यसबेला नेपाली निजी क्षेत्रले जलविद्युतमा लगानी गर्न थालेकै थिएन। यस कारण नेपाली व्यवसायी यसमा संलग्न थिए भन्ने आधार देखिंदैन।
कहाँ गरियो भ्रमको खेती?
अहिले यो परियोजनाकालागि स्थानीय समुदायबाट पर्याप्त सहयोग भएको छ। जग्गा अधिग्रहण क्रममा पनि अन्यत्र जति बखेडा झिकिन्छ अरुणमा त्यस्तो भएको छैन। उनीहरुले मुआब्जा रकममा सन्तुष्टि जनाएर जतिसक्दो चाँडो परियोजना सम्पन्न होस् भन्ने कामना गरेका छन्।
२२ बर्षअघि स्थानीयले चाहे पनि राजनीतिक संरक्षण प्राप्त शक्तिशाली बाह्य क्षेत्रबाट परियोजनाको विरोध भएको हुँदा समयमा सम्पन्न हुनेमा भने शंका गर्न सकिन्छ। किनभने त्यसबेला स्थानीय जनताभन्दा बाह्य शक्ति नै बढि प्रभावशाली मानिन्थे। आयोजना विलम्ब हुँदै जाँदा यसले ल्याउनुपर्ने लाभ अहिलेसम्म पनि नआएको हुनसक्थ्यो।
त्यो आयोजनाको मूल्यबारे धेरै चर्चा भएको छ। विरोध गर्नेहरुले महङ्गो लागत र ठूलो परियोजना भएको कारण नबन्नु ठिक रहेको अहिले पनि बताउँदै आएका छन्।
तर, त्यसबेला आयोजनाको संभावित लागत विजुली निकाल्नकालागि मात्र तय गरिएको थिएन। परियोजना जोड्न १९२ किलोमिटर लामो लिंक रोडको लागत पनि त्यसमै जोडिएको थियो। दोस्रो, नेपालले यस्ता परियोजना बनाएको छैन र आयोजना बनाउँदा केहि ढिलाइ हुन सक्छ भनेर अन्तर्राष्ट्रिय मूल्याङ्कनकर्ताको सिफारिस बमोजिम निर्माण अवधिमा लाग्ने ब्याज र सम्भावित मूल्यबृद्धि समेत जोड्दा एक अर्ब डलर लागत अनुमान गरिएको थियो।
आयोजना निर्माणकालागि सडकको लागत घटाउँदा ५९/६० करोड अमेरिकी डलर लाग्ने देखिन्छ। त्यति लागतमा सुरुमा २०१ मेगावाटको आयोजना बन्न लागेको थियो। बाँकी भने त्यसको एक तिहाइ लागतमा नै निर्माण गर्न सकिने उल्लेख थियो। बिजुली उत्पादन हुँदा प्रति युनिट लागत पाँच अमेरिकी सेन्ट पर्ने अनुमान गरिएको थियो। त्यो धेरै महङ्गो मूल्य होइन।
आयोजना पछि धकेलिएको भए हामीले लिएको ऋणको ब्याज तिरिरहनुपर्ने तर लाभ लिन नपाइने अवस्था आउन सक्थ्यो। कुनै दिन त सम्पन्न हुन्थ्यो होला, जसरी अहिले १७/१८ बर्ष पछि मेलम्ची बन्न लागेको छ। तर, त्यसो हुँदा मध्यमर्याङ्दी जस्तै धेरै महङ्गो लागत हामीले तिर्नुपर्ने हुन सक्थ्यो।
जुनबेला अरुण तेस्रो सुरु हुने तरखरमा थियो त्यसको केही बर्षमा मुलुकमा द्वन्द चरम अवस्थामा पुग्यो। तर, अरुण तेस्रो जुन अवधिमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो त्यहि बेला बनाएको भए द्वन्दको धेरै ठूलो मार त्यहाँ पर्ने थिएन।
परियोजना सन् १९९७ मा ठेक्का लगाएर २००२ सम्ममा सम्पन्न गर्ने लक्ष्य थियो। पूर्वी भेगमा द्वन्द एकदमै चर्किएको त्यसपछि नै हो। त्यसैले संकल्प बमोजिम काम गर्न सक्दा द्वन्द चर्किने समयमा आयोजना सम्पन्न भैसक्ने थियो।
नबन्दा निजी क्षेत्रको सकृयता बढ्यो!
यो आयोजना बन्दा एउटा परिदृष्य छ र नबन्दा अर्को परिदृष्य। अरुण बन्दा मात्रै होइन नबन्दा पनि हामीले केही पाएका छौं। अरुण तेस्रो तुहिएपछि नेपालको जलविद्युत विकासमा निजी क्षेत्रको प्रवेश उत्साहजनक ढंगले भएको छ।
खिम्ती र भोटेकोशी द्वन्दकालमा बने। जसले विदेशी लगानीकर्ताले नेपालको जलविद्युतमा लगानी गर्न सक्दा रहेछन् भन्ने उदाहरण प्रस्तुत भयो। तर, त्यसयता विदेशीले लगानी गरेर नेपालमा परियोजना निर्माण गरेको उदाहरण भने खासै छैनन्। हालै मात्र चिनियाँ लगानीकर्ताले धेरै दुःख झेलेर माथिल्लो मोदी सम्पन्न गरेका छन्।
त्यसबाहेक पश्चिम सेती, तामाकोशी तीन, लिखुजस्ता परियोजनामा हात हालेका विदेशीले त काम अघि बढाउन सकेका छैनन्। तर, हाम्रो आफ्नै लगानीमा आयोजना बन्न संभव छ है भन्ने दृष्टान्त यही बेला स्थापित भएको छ। त्यो दृष्टान्तले अर्को दृष्टान्तलाई समर्थन गरेको छ। त्यो भनेको चिलिमे जलविद्युत आयोजना हो। संभवतः अरुण तेस्रो आयोजना खारेज नभएको भए चिलिमे उक्त मोडलमा आउँथ्यो या आउँथेन भन्न सकिन्न।
चिलिमे हाम्रै आन्तरिक स्रोत र प्रविधिमा समयमै सम्पन्न भयो। २२ मेगावाटको उक्त परियोजनाले नेपाल सरकार र समुदायको लगानीमा आयोजना बन्न सक्छ भन्ने दृष्टान्त स्थापित भयो। त्यसले ४५६ मेगावाटको माथिल्लो तामाकोशीका लागि आत्मविश्वास बढाउने काम गर्यो। त्यति मात्र होइन चिलिमे आफैंले पनि करिब ३०० मेगावाट क्षमताका चार परियोजना सुरु गर्यो।
त्यस्तै अरुण तुहिएपछि कालीगण्डकी तिव्र गतिमा निर्माण भयो। अरुणमा लगानी गर्न लागेको एसियाली विकास बैंकले गम्भिरतापूर्वक कालीगण्डकी अघि बढाउन सघायो। अरुण तेस्रोमा लगानी गरेको भए संभवतः एडिबिले कालीगण्डकीकालागि पैसा दिने थिएन।
अरुण बनेको अवस्थामा पनि कालीगण्डकी आउने त थियो। तर, त्यति चाँडो आउने थिएन। किनभने तत्कालको विद्युत माग अरुणले धान्थ्यो। त्यसैले सन् २००५/०६ तिर कालीगण्डकी सुरु हुन्थ्यो होला। अरुण तुहिने र एडिबीकै सकृयताले यो परियोजना त्यहिबेला बन्न सक्यो।
स्थानीय जनतामा परियोजना प्रतिको माया पनि अरुण तीनको खारेजीले जगाइदियो। अरुण तेस्रो नबनेको कारण संखुवासभा, भोजपुर र केहि मात्रामा तेह्रथुमका आमजनतामा जुन असन्तोष विकास हुन गयो, त्यो छापा एवं रेडियोको माध्यमबाट देशका अन्य भेगमा पनि प्रवाह भयो।
त्यसैले कालीगण्डकी आसपासका सर्वसाधारणले कोही यो परियोजनाको विरोध गर्दै आयो भने लखेट्छौँ भनेर मोर्चाबन्दी नै गरे। त्यसैले लागत केहि बढे पनि कालीगण्डकी समयमै सम्पन्न हुनसक्यो।
कालीगण्डकी आफुमात्र बनेन, मध्यमर्स्याङ्दी बन्ने बाटो पनि तयार गर्यो। कालीगण्डकी अरुण तेस्रोको बिकल्प बन्न सक्दैनथ्यो। किनभने क्षमताको हिसावले अरुण ४०४ र कालीगण्डकी १४४ मेगावाट मात्र थियो। त्यसैले थप विद्युत आपूर्ति गर्न मध्यमर्स्याङ्दी निर्माण सुरु भयो। कालीगण्डकीलाई द्वन्दले त्यति धेरै प्रभाव नपारे पनि मध्यमर्स्याङ्दीले द्वन्दको गहिरो मार समेत खेप्यो।
त्यसपछि कालीगण्डकी र मध्यमर्स्याङ्दीले मात्र लामो समय हाम्रो विद्युत माग धान्न सकेनन्। त्यसैले २०६०/६१ सालपछि फेरि लोडसेडिङको चक्र सुरु भयो। यी दुई परियोजना पछि के त? भनेर निर्णय हुन समय लाग्यो।
केही ढिला गरेर भए पनि माथिल्लो तामाकोशी ल्याउने निर्णय भयो। तर, त्यो परियोजना बन्न समय लाग्ने र लोडसेडिङ पनि सुरु भैसकेको अवस्था थियो। यस्तोमा निजी क्षेत्रलाई आकर्षण गर्ने भनेर पुनर्कर्जा दिने, उचित मूल्यमा विद्युत खरिद सम्झौता गर्ने, मूल्य अभिबृद्धि करमा छुट जस्ता सुविधा घोषणा गरियो।
आर्थिक बर्ष २०७२/७३ सम्ममा परियोजना सम्पन्न गरे आयकर पुरै छुट गरिदिने प्रावधान अहिलेसम्म पनि कायम राखिएको छ। त्यसको प्रभाव पनि राम्रो देखिएको छ।
यी नीतिका कारण निजी क्षेत्रले २०६५/६६ यताका सात बर्षमा जलविद्युतमा राम्रो लगानी गरिसकेको छ। अहिले नेपाली निजी क्षेत्रको लगानीमा २३० मेगावाट बिजुली उत्पादन हुने चरणमा छ। र, आगामी तीन बर्षमा करिब १५ सय मेगावाट बिजुली निजी क्षेत्रले उत्पादन गरेर राष्ट्रिय ग्रिडमा जोड्ने सम्भावना देखिन्छ। अरुण तेस्रो त्यहिबेला बनेको भए संभवतः यो बाटोमा देश जान थप केहि समय लाग्थ्यो । जसलाई पूर्ण रुपमा नकार्न सकिन्न।
तर समयमै बनेको भए के हुन्थ्यो? यो प्रश्नलाई हामीले छाड्नु हुँदैन।
जीवन बदल्ने परियोजना
परियोजना नबन्दा पनि बाटोले ल्याउने लाभ अतुलनीय हुने थियो। परियोजनाको कारण आएको सडकले ग्रामीण जीवनमा कति ठूलो परिवर्तन ल्याउँछ भन्ने त अहिले स्याङ्जाका गाउँमा देखिन्छ।
अहिले स्याङ्जाको अवस्था संखुवासभाभन्दा धेरै राम्रो भैसकेको छ। किनभने जब अरुण असफल भएर स्याङ्जामा कालीगण्डकी बन्यो त्यसले गाउँ गाउँमा विकासका अन्य अवसर सिर्जना गरिदियो। बिजुली बापत जिल्लामा रोयल्टी जान थाल्यो। अरुण बनेको भए उक्त रोयल्टी संखुवासभालाई जाने थियो।
कल्पना गरौं, त्यसैले यो आयोजना द्वन्दको चपेटामा नपरी वा मेलम्चीजस्तो नलम्बी बन्ने अवस्था सिर्जना भएको हुन्थ्यो भने मुलुकको आर्थिक स्वरुप अर्कै हुने थियो। त्यसमा पनि पूर्वाञ्चलको अनुहारमा राम्रै परिवर्तन आउने थियो। पहिलो परिवर्तनको संकेत त्यहि बेला देखिएको थियो। बिराटनगरमा तीन तारे जेनियल होटल अरुण तेस्रो आयोजना बन्छ भनेर नै निर्माण सुरु गरिएको थियो।
अरुण तेस्रोको लागि सडक बनाउन समेत सुरुमा केहि सामान हेलिकप्टरबाट ओसार्नुपर्छ भन्ने थियो। हेलिकप्टरको आधार क्षेत्र धरानलाई बनाइएको थियो। यसरी बिराटनगर र धरानमा होटलको विस्तार हुन थाल्यो।
तर, दुर्भाग्य जेनियल सञ्चालनमा आउने बेलासम्ममा अरुण तेस्रो खारेज भैसकेको थियो। जेनियलसँगै खुल्ने तयारीमा रहेका अरु होटल त आउनै सकेनन्। जेनियल भने धेरै दुःखले सञ्चालनमा आयो।
अरु उद्योग पनि खुल्थे
जतिखेर कालीगण्डकी बन्न थाल्यो, परियोजनाकालागि भारतबाटै सिमेन्ट आउँथ्यो। तर, उक्त परियोजनासँग गाँसिएका अरु निर्माण सम्बन्धि कामका लागि लुम्बिनी र भैरहवा क्षेत्रमा क्लिंकरमा आधारित सिमेन्ट उद्योगहरु खुल्न थाले। यदि कालीगण्डकी त्यहाँ नबनेको हुन्थ्यो भने त्यस क्षेत्रमा त्यसरी औद्योगिक विकास हुने थिएन।
जबकी कालीगण्डकीभन्दा बढि सिमेन्ट माग अरुण तेस्रोमा हुन्थ्यो। कालीगण्डकीको लागि मालुङ्गासम्म पहिला नै बाटो बनिसकेको थियो। जुन ड्याम साइटभन्दा २५/२६ किलोमिटर मात्र टाढा हो। यता त १९२ किलोमिटर नै सडक निर्माण गर्नुपर्ने थियो। त्यसको विकल्पको रुपमा सुझाइएको अरुण किनारै किनारको अर्को बाटो पनि १२२ किलोमिटर लामो थियो। यदि नदी किनारबाटै बाटो बनेको हुन्थ्यो भने पनि बस्ती त बसन्तपुर, चैनपुर, खाँदबारीजस्ता डाँडामा थिए। त्यसैले सर्वसाधारणले माथिको बाटो नबनाइ छाड्ने थिएनन्।
परियोजनाको लागि नुम दोभानसम्म बाटो पुग्ने बित्तिकै अहिलेसम्ममा चीन जोड्ने नाका किमाथांका पनि सडक पुगिसकेको हुने थियो।
किमाथांका पुग्ने बाटो बनाउन केन्द्रिय बजेटले प्राथिमकतामा नपारे पनि गाविस र जिविसको पैसा नदिए पनि अरुण तेस्रोको रोयल्टीबाट नै किमाथांका नाकासम्म सडक पुगेको हुन्थ्यो। त्यो हुने बित्तिकै चीनसँगको ब्यापारमा किमाथांका तातोपानी या केरुङ् नाकाजस्तै विश्वसनीय विकल्प बन्ने थियो। तर, अरुण तेस्रो नबन्दा अझै पनि किमाथांका जोड्ने ट्र्याक समेत खुलेको छैन।
परियोजना र सडक बन्ने क्रममा सिमेन्ट माग धेरै हुन्थ्यो। भैरहवा र लुम्बिनीमा क्लिंकरमा आधारित सिमेन्ट उद्योग खुलेजस्तै गरि त्यहि समय बिराटनगर क्षेत्र फस्टाउन सक्थ्यो। यस्तै उदयुपर, तेह्रथुम, पाँचथर क्षेत्रका चुनढुङ्गा खानी त्यहि बेला नै उत्खनन हुन सक्थे। जबकी अहिले बल्ल ती क्षेत्रका चुनढुङ्गा खानी उत्खनन गरिँदैछ।
त्यति मात्र होइन बिराटनगर करिडोरमा आर्थिक बर्ष २०६६/६७ मा एकै वर्ष ४२ वटा उद्योग लोडसेडिङका कारण बन्द भए। उद्योग बन्द हुने कारण लोडसेडिङसँगै श्रम र राजनीतिक मुद्दा पनि थिए। तर, यदि विजुली आपूर्ति नियमित हुन्थ्यो भने उद्योगपतिले राजनीतिक र श्रम समस्यालाई व्यवस्थापन गरेर जान सक्थे। उनीहरुकालागि सबैभन्दा ठूलो खड्गो उर्जा नै बनेको थियो। २०६६/६७ साल अघि र पछि पनि उक्त क्षेत्रमा उल्लेख्य उद्योग बन्द भएका छन्।
नेपालमा औद्योगिक विकासको जग बनाएको बिराटनगर करिडोरलाई अहिले वीरगञ्ग वा भैरहवा-बुटवल करिडोरले उछिनिसकेको छ। त्यसको मूख्य कारण उर्जा नै हो। बिराटनगरमा बिजुली अभाव हुँदा भैरहवा-बुटवल करिडोरले कालीगण्डकीबाट उर्जा पाउन सफल भयो।
यसले सिंगो पुर्वाञ्चलमा उद्योगको तिब्र विकास गर्न सकिन्थ्यो। उर्जा आपूर्ति हुने बित्तिकै इलाम, पाँचथर, तेह्रथुम जस्ता जिल्लामा अलैंची, अम्लिसो, दूध जस्ता कृषि उत्पादनको प्रशोधन उद्योग फस्टाइसकेका हुने थिए।
अरुण तेस्रो सम्पन्न हुँदा त्यसका प्रभावित जिल्लाहरु संखुवासभा, भोजपुर र तेह्रथुमको मुहार त बदलिने थियो नै मुलुककै राजश्व बृद्धिमा पनि ठूलो योगदान दिन सक्थ्यो। हाम्रो राजश्व २०६५ देखि केहि फराकिलो भएको हो। अरुण तेस्रो बनेको भए यसले २०६० ताका नै राम्रै उचाइ हासिल गरिसकेको हुने थियो। जसबाट हामीले पूँजीगत निर्माणका कामहरु त्यहिबेला नै गति लिन सक्थ्यौँ।
अरुण तेस्रो परियोजनाले अझ धेरै ठूला परियोजना निर्माणकालागि सम्भावनाका ढोका पनि खोल्न सक्थ्यो। यसैको जगमा आज हामी धेरै ठूलो क्षमताका परियोजना निर्माण गर्न सक्ने पनि हुन सक्थ्यौँ।
त्यसैले अरुण उपत्यकाको समष्टिगत विकासमा अरुण तेस्रोले जुन ढोका खुला गर्न सक्थ्यो त्यो कम्तिमा २५ बर्षका लागि पछि धकेलियो। अझै कति बर्षमा यो हुन्छ भन्ने ठेगान छैन। बल्ल सुरुवात मात्र भएको छ।
The post बल्ल आज शिलान्यासको संयोग जुरेको अरुण तेस्रो दुई दशक धकेलिंदा मुलुकले के पायो? के गुमायो? appeared first on BIZMANDU.
समाजबाद राजनीतिले मात्र ल्याउन सम्भव छैन, पूर्व अर्थ सचिव रामेश्वर खनालको विश्लेषण
०६२/०६३ को जनआन्दोलनपछि मुलुकमा राजनीतिक परिवर्तन भयो। राजतन्त्रबाट मुलुक संघीय गणतन्त्रमा परिवर्तनपछि संघ र प्रदेशको निर्वाचन हुँदैछ। यो दुबै निर्वाचनपछि राजनीतिक परिवर्तनले स्थायी बाटो समाउनेछ। राजनीतिक समस्या समाधानपछि आर्थिक एजेण्डामा मुलुक प्रवेश गर्नेछ। संघ र प्रदेशको निर्वाचनमा लोकतान्त्रिक र बाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् दलहरु। निर्वाचनपछि आउने सरकारले कस्तो आर्थिक एजेण्डा लिनु पर्छ? बिजमाण्डूले बहस थालेको छ। बहस श्रृङ्खलामा पूर्व अर्थ सचिव रामेश्वर खनालको विश्लेषण:
राजनीतिक दलका उच्च तहबाट आएका अभिव्यक्तिले नेपालका यसअघि बनेका सरकार र अब बन्ने सरकारको प्राथमिकता फरक हुने संकेत देखाएका छन्। त्यो संकेतलाई बजारले सही तरिकाले नै सुनेकोजस्तो लाग्छ। गएको १२/१३ महिनायता नेपालको व्यवसायिक जगतबाट मुलुकमा लगानीको उपयुक्त  समय आएको र आफूहरु त्यसका लागि तयार रहेको बताउन थालिएको छ। नेपालमा लगानी गर्ने समय आइनसकेको अभिव्यक्ति दिँदै आएका व्यवसायीहरुको यस्तो भनाइले अन्तर्राष्ट्रिय जगतसम्म पनि सकारात्मक संदेश प्रभाव भएको छ।
कतिपय व्यवसायीले त नेपालमा लगानी गर्न आउनुहोस् भन्दै विदेशमा उद्यमीको रुपमा सफल नेपालीलाई आह्वान गर्न थाल्नु भएको छ भने कतिले विदेशीलाई साझेदार बनाएर लगानी घोषणा गरिसक्नु भएको छ। उत्पादनमूलक, होटल र केही सेवा क्षेत्रका उद्योगमा यस्तो साझेदारी देखिएको छ। यो प्रतिकृयाले अब मुलुक सम्मृद्धिको दिशामा गयो भनेर आश्वस्त भएको बुझ्न सकिन्छ।
अहिले दलहरुको घोषणापत्रको सार विश्लेषण गर्ने हो भने पनि राजनीतिक मुद्दा सकिए, आर्थिक सम्मृद्धिकै दिशामा लाग्छौँ भन्ने भाव देखिन्छ। कति दलले त राजनीतिक मुद्दा अब बाँकी छैनन् भन्ने नै आशय व्यक्त गरेका छन्। त्यसले समाजमा अब केही होला कि भन्ने आशा जगाएको छ। त्यो आशाले पनि समाजलाई एक छलाङ अगाडि पुर्याउँछ।
दलका घोषणापत्र अनुसार त त्रिबर्षीय योजना खारेज गर्नु पर्छ
अर्को कुनै द्वन्द या राजनीतिक समस्यामा मुलुक फसेन भने यो माहोल कायमै रहने देखिन्छ। अझै पनि स-सानो तप्कामा केही राजनीतिक मागहरु बाँकि नै छन्। तर, त्यसलाई बिषयवस्तु बनाएर राजनीतिक आन्दोलन हुने, सरकारलाई काम गर्न नै नदिने, नागरिक जीवन बिथोल्ने गरि आन्दोलन हुँदैनन् भनेर आशा गर्न सकिने प्रसस्त ठाउँहरु छन्। आमजीवनमा असर पार्ने गरि भएका आन्दोलन अब जनताबाट क्षम्य हुने छैन भन्ने संकेत गएका २/३ बर्षमा देखिएका छन्। यही कारण धेरैले बन्द हड्ताल जस्ता गतिविधमा रोक समेत लगाएका छन्।
यही बीचमा नेपाल सरकारले केही नीतिगत सुधार समेत गरेको छ। त्यसमा पनि केही महत्वपुर्ण सुधार राजनीतिक प्रणालीमै भएका छन्। जस्तो सरकारले स्थायित्व पाओस् भनेर निर्वाचमा थ्रेस होल्डको व्यवस्था, पाँच बर्षका लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने स्थानीय तह। अब एक पटक चुनिएको स्थानीय तहले चाहेको काम पाँच बर्ष बीना अवरोध गर्न सक्छन्। त्यस बाहेक हरेक प्रदेशको आ-आफ्नै चरित्र र विशेषता छन्। त्यसैले प्रदेशमा पनि पाँच बर्षका लागि बहुमतकै सरकार बन्न सक्ने देखिन्छ।
संघमा भने एउटै दलको वहुमतको सरकार बन्ने संभावना खासै देखिन्न। तर, दलहरुले जसरी गठबन्धन निर्माण गरेका छन् त्यसले चाहिँ बहुमत ल्याउन सक्ने देखिन्छ। साथै थ्रेस होल्डको कारण बैंकहरु मर्ज भएजस्तो कतिपय प्रभावशाली राजनीतिक दलसमेत आपसमा गाभिएका छन्। त्यसैले एउटै दलले बहुमत ल्याउने संभावनालाई पनि पुरै नकार्न सकिन्न।
अहिले राजनीतिक दलका नेताहरुले आर्थिक बिषयलाई नै चुनावी मुद्दा बनाएका छन्। कसैले मध्य पहाडी लोकमार्ग दोब्बर लेनको बनाउने उद्घोष गरेका छन् त कसैले चार लेनको। समग्रमा फराकिलो एवं सामान ओसारपसार गर्न सजिलो बाटो बनाउने उहाँहरुको बुझाइ देखिन्छ। यो धेरै सकारात्मक सोच हो। कतिपय ठाउँमा नेतृत्वले तत्कालका लागि महत्वाकांक्षी सपना पनि बाँढेका हुन सक्छन्। तर, त्यो भनाइले उनीहरुको बिकासप्रतिको चिन्ता र चासो अवश्य प्रकट हुन्छ। त्यसैले मुलुकले राजनीतिक स्थिरता प्राप्त गर्ने, दलहरुले सम्मृद्धिलाई नै कार्यसूची बनाएको यथार्थ नेतृत्वको पछिल्लो अभिव्यक्तिले पुष्टि गरेको छ। आजभन्दा २० बर्षअघि नेताका भाषण सुन्दा यस्ता विकासका दृष्टिकोण आउँदैन थिए।
सपना देख्नु भनेको लक्ष्मीप्रसाद देवकोटाको 'उद्देश्य के लिनु उडि छुनु चन्द्र एक' उक्ति जस्तै हो। सपना देख्ने र त्यसका लागि मेहनत गरेमा त्यो हासिल हुन्छ। देवकोटाले त्यसो भनेको केही समयपछि संसारले साँच्चिकै चन्द्रमा छोयो। नेपालले पनि मेहनत गरेको भए छुन सक्थ्यो होला। त्यसैले नेताहरुले सम्मृद्धिको कुनै ठूलो सपना देखाउनु नै गलत होइन। यदि दलका नेताले देखाएको सपना जनताले तत्काल पचाउन सकेनन् भने उनीहरुले नै 'हामीलाई अहिले पानी जहाज होइन ड्राइभिङ लाइसेन्स र नागरिकता चाहिँ सहज ढंगले देउ न' भनेर मागिहाल्छन्। जनताको मागले तत्कालको समस्या सुल्झने भयो भने नेताले देखाएको सपनाले भविश्यको आर्थिक खाका तय हुने भयो।
त्यसैले अहिले हामी राम्रो प्रस्थान बिन्दुमा छौँ। विगतमा हामीले बिभिन्न दौड गर्यौँ तर कहिले अलिक अगाडि पुग्यौँ त कहिले पछाडि पर्यौं। कुनै दौड सफल भए। कुनै भएनन्। अहिले भने सबै दल एउटै प्याराफिटमा बसेर दौडमा सामेल हुन लागेका छन्। सबैको सोच एउटै छ- 'बजार आवश्यक छ।' बजारलाई व्यवस्थित एवं नियमन गर्ने तर यसलाई नियन्त्रण गरेर विकास सम्भव छैन भन्ने तथ्य बुझिसकेपछिको उहाँहरुको अनुभुती हो यो। सबैलाई समान अवसर दिनु पर्छ र त्यसरी उपलब्ध अवसर कसैले लिन सक्दैन भने उसलाई राज्यले सामाजिक सुरक्षामार्फत मुलधारमा ल्याएर पुनः प्रतिश्पर्धाका लागि तयार पार्नु पर्छ भन्ने मान्यतामा पनि सबै सहमत छन्।
भाषागत रुपमा पहिले देखिनै भन्दै आएको कारण बाम गठबन्धनले 'नव उदारबाद' जस्ता शब्द लेखेर विरोध जनाउनु स्वाभाविक नै हो। आफ्नो कार्याकर्तालाई सुरु देखिनै त्यही भन्दै आएको वाक्य उनीहरुले छोड्न नमिलेको देखिन्छ। समाजबादको सपना बाँड्दै आएको कारण कांग्रेसमा समेत सार्वजनिक खपतका बेला उदारवादजस्ता शब्द प्रयोग गर्न नपरे हुन्थ्यो भन्ने देखिन्छ। तर, दलहरुले सार्वजनिक रुपले स्विकार गरे/नगरे पनि समाजबाद राजनीतिले मात्र ल्याउन नसकिने रहेछ भन्ने चाहिँ राम्रैसँगले बुझिसकेका छन्। समाजको भलाइ र उन्नतीका लागि नागरिक जागरण बिना कसैले लादेर नहुने रहेछ भन्नेमा सबैको मतैक्यता देखिन्छ। नागरिकले कर तिरेर या अरु कुनै योगदान दिएर समाज भलाइका लागि अग्रसर बन्नु नै समाजबाद प्रतिको जागरुकता हो। त्यसैले समाजबाद ल्याउन व्यक्ति, निजी क्षेत्रदेखि समाजका सबै तप्का सकृय हुनुपर्छ। राज्यले समन्वयकारी भूमिका निभाउनु पर्छ र कतिपय अवस्थामा कृयाशिलता पनि देखाउनु पर्छ।
दलहरुले चुनावी घोषणापत्रमा कसैले पाँच बर्षमा मध्यम आय भएको देश बन्ने भनेका छन् त कसैले २५ बर्षमा सम्मृद्ध मुलुक बन्ने भनेका छन्। दलहरुले देखाएको सपना कसरी पुरा होला र? भन्ने कोणबाट बहस गर्नुभन्दा पनि हाम्रा राजनीतिक दलहरुमा आर्थिक विकासप्रतिको जागरण उँचो भएको तथ्यको रुपमा बुझ्दा राम्रो हुन्छ। यसले हामीलाई केही समयमा अन्तर्राष्ट्रिय समुदाय समक्ष शिर ठाडो बनाएर उभिन र आफ्ना सम्मृद्धिका सपना 'शेयर' गर्न सक्ने आधार अवश्य दिएको छ।
दलहरुले सार्वजनिक रुपले स्विकार गरे/नगरे पनि समाजबाद राजनीतिले मात्र ल्याउन नसकिने रहेछ भन्ने चाहिँ राम्रैसँगले बुझिसकेका छन्। समाजको भलाइ र उन्नतीका लागि नागरिक जागरण बिना कसैले लादेर नहुने रहेछ भन्नेमा सबैको मतैक्यता देखिन्छ। नागरिकले कर तिरेर या अरु कुनै योगदान दिएर समाज भलाइका लागि अग्रसर बन्नु नै समाजबाद प्रतिको जागरुकता हो। त्यसैले समाजबाद ल्याउन व्यक्ति, निजी क्षेत्रदेखि समाजका सबै तप्का सकृय हुनुपर्छ। राज्यले समन्वयकारी भूमिका निभाउनु पर्छ र कतिपय अवस्थामा कृयाशिलता पनि देखाउनु पर्छ।
सम्मृद्धिको बाटो कस्तो हुने?
नेपालको विकास इतिहास लामो छैन। २००७ सालपछि मात्र विकासका केही एजेन्डा र विकास प्रशासनको प्रादुर्भाव भएको हो। त्यसयताका करिब ६८ बर्षमा विकासका कुरा भए पनि हामीसँगको सामर्थ्य हासिल गर्न कि त बन्देज रहे कि मतलव नै गरिएन। २०४६ साल अघिको कालखण्डमा मुखले विकासका कुरा गरिए पनि बन्देज हटाइएन। लगानी गर्ने रकम अभावमा ठूला जलविद्युत आयोजना निर्माण गर्न सक्ने कुरै आएन। साथै पैसा, प्रविधि र व्यवस्थापनको अभावमा सेवा क्षेत्रमा पनि त्यो कालखण्डमा खास प्रगति हासिल भएन।
२०४७ सालमा बन्देज र अवरोध फुकाउने निर्णय गर्ने वित्तिकै दाम्लोबाट छुट्टिएको बस्तुभाउ जस्तो आर्थिक कृयाकलापले ह्वात्तै गति लियो। २०४८ देखि २०५१ सालको चरणमा अर्थतन्त्रले उत्साहजनक नै छलाङ मार्यो। अहिले देखिएका कैयन् आर्थिक संरचनाले त्यही बेला जरा गाडेका हुन्, चाहे त्यो संचार माध्यम हुन् वा बैंक तथा वित्तिय संस्था।
त्यसपछि फेरि अवरोधहरु आए। समाजका सबैखाले विसंगति एकै पटक प्रकट भएर आए। सामाजिक, राजनीतिक र आर्थिक अवसर नपाएका सबै बिषय एकै पटक विष्फोट भए। तर, त्यही द्वन्दको चरणमा पनि नेपालका सबै भेगमा यातायात र सञ्चार पुग्ने क्रम रोकिएन। भलै ती स्तरीय नहोलान् तर जग निर्माण भइसकेको छ। अब तिनै संरचना मुलुकको सम्मृद्धि यात्रालाई गति प्रदान गर्ने आधार बन्न सक्छन्। हुम्लामा रिसोर्ट खोल्छु भनेर आजभन्दा ३० बर्ष अगाडि कसैले आँट्न सक्ने थिएन। तर, अहिले त्यो संभव भइसकेको छ।
नेपालका लागि पहिलो अवसर उर्जा नै हो। तीब्र गतिको आर्थिक बृद्धिदर हासिल गर्न उर्जा अपरिहार्य छ भन्ने यथार्थ पनि सबैले महशुस गरिसकेको देखिएको छ। लगानीकर्ता पनि यसतर्फ आकर्षित भएका छन्। त्यसैले आगामी दिनमा आर्थिक गतिविधी विस्तारका लागि चाहिने नविकरणीय उर्जामा नेपालले राम्रो प्रगति हासिल गर्न सक्छ भन्ने आधार देखिएका छन्।
दोस्रो पुर्वाधार हो। सबै राजनीतिक दलले यो क्षेत्रमा ठूलो लगानी ल्याउने घोषणापत्रमा उल्लेख गरेका छन्। रेलदेखि हरेक सडकलाई चार/छ लेनमा स्तरोन्नतीको घोषणा दलले गरेका छन्। त्यो महत्वाकांक्षी लाग्न सक्छ। तर, गुणस्तरीय पुर्वाधार हाम्रो अपरिहार्यता हो। सडकलगायत पुर्वाधारकै कारण हाम्रो निर्यात ब्यापार आयातको तुलनामा खुम्चँदो छ। पछिल्लो २५ बर्षको निर्यात स्थिर मूल्यमा हेर्ने हो भने बढेको होइन घटेको छ। यसको मुल कारण स्वदेशी पुर्वाधारको कमजोर अवस्था नै हो। त्यसैले पुर्वाधार हाम्रो देशको अपरिहार्य आवश्यकता हो भन्ने तथ्यलाई सबै राजनीतिक दलले स्विकारेको देखिन्छ। सरकार आफैंले लगानी गर्न नसक्ने वित्तिकै निजी क्षेत्र र विदेशी लगानी त भित्र्याउनै पर्ने हुन्छ।
हाम्रो तेस्रो प्राथमिकता हो विदेशी बजारको लाभ। हामीले दुई बर्षअघि भारतको ब्यापारमा जुन अवरोध खेप्यौँ त्यही वेला विविधीकरणको अपरिहार्यता बोध भएको थियो। अहिले सबै घोषणापत्रले त्यो समयलाई बिर्सेछन्। तथापी नेपालको सम्मृद्धि यात्रामा भारत, चीन लगायत मुलुकको बजारबाट लाभ लिने, निर्यातमूलक उद्योग स्थापना गर्ने भन्ने चेत सबै दलमा देखिएको छ। त्यसैले नेपालमा संभावना भएका निर्यातमूलक उद्योग खोल्न राज्यले प्रवर्द्धन गर्ने अपेक्षा बढेको छ। त्यस्ता उद्योगमा लगानी गर्ने प्रवृत्ति त अहिले नै देखिइसकेको छ। सिमेन्टमा आन्तरिक खपतका लागि मात्र नभइ निर्यातका लागि समेत निजी क्षेत्रले लगानी गर्न थालेका छन्। हाम्रो सिमेन्टका लागि बंगलादेश एवं भारतको उत्तरी क्षेत्र बजार हुन सक्छ। त्यस बाहेक मध्य पहाडी लोकमार्ग निर्माण सम्पन्न भएपछि त्यो क्षेत्रमा बेमौसमी तरकारी एवं फलफुल उत्पादन र प्रशोधन गरेर हामी खाडी लगायतका मुलुकमा निर्यात गर्न सक्छौँ।
हाम्रो चौथो संभावना र अवसर भनेको पर्यटन नै हो। हामी मात्र होइन विदेशीले समेत जीवनमा एक पटक त नेपाल जानै पर्छ भन्ने गरेका छन्। नेपालमा पर्यटनका तीनवटा संभावना छन्। हाम्रो देश हिन्दु र बुद्धमार्गीका लागि प्रमुख तिर्थस्थल हो। हिन्दुका लागि बिभिन्न धाम छन् भने बुद्धमार्गीका लागि त मुस्लिमको मक्का मदिना भनेजस्तो एक मात्र गन्तव्य लुम्बिनी हो। धेरै चिनियाँहरु जीवनमा एक पटक लुम्बिनी आउन खोज्छन्। अहिलेसम्म पुर्वाधारको कमी थियो। अब निजी क्षेत्रले पुर्वाधारमा ब्यापक लगानी बढाएको छ। आउँदो एक बर्ष भित्र हजारौँ होटलका कोठाहरु थपिने छन्। सरकारले एयरपोर्टहरु निर्माण पुरा गरेन भने हाम्रो विचल्ली पर्छ भनेर व्यवसायीहरुले भन्न थाल्नु भएको छ।
त्यसैले नेपालका लागि पर्यटनमा गति लिन प्रमुख चुनौती भनेको अन्तर्राष्ट्रिय कनेक्टिभिटी नै हो। हाम्रो अष्ट्रेलियासम्म सिधा सम्पर्क छैन। अमेरिका र अफ्रिकासँग पनि छैन। युरोपसँग भएको सम्पर्क पनि करिब करिब टुटेको जस्तो अवस्था छ। निर्वाचनपछि बनेको सरकारले पोखरा एयरपोर्ट दुईदेखि तीन र भैरहवा एयरपोर्ट एक बर्षभित्र सम्पन्न गरिदिए कनेक्टिभिटी बढ्ने थियो। निजी क्षेत्रले पनि उत्साहित भएर पुर्वाधारमा थप लगानी विस्तार गर्न सक्थ्यो। त्यसबाहेक चिनियाँ पर्यटक भित्र्याउन अरु केही पुर्वाधार निर्माण पनि चाँडो गर्नु पर्छ। अहिले ल्हासामा बर्षको एक करोड बढि पर्यटक आउँछन्। यदि त्यहाँबाट रेल चढेर ७/८ घण्टामा काठमाडौँ या लुम्बिनी पुगिन्छ भने उनीहरु फर्केर चीन जानुअघि एक पटक यता आउँछन्। रेल तत्काल भएन र द्रुत बाटो मात्र राम्रो भयो, आफ्नै गाडी लिएर सिधै काठमाडौं आउन सक्ने अवस्था भयो भने पनि धेरै उत्साहजनक नतिजा हासिल हुनेछ। धार्मिकका अलावा हिमालय हेर्न तेस्रो मुलुकबाट एवं नेपालको शितल वातावरणमा रमाउन चाहने भारतीय पर्यटकलाई हामी आकर्षित गर्न सक्छौँ।
सपना देख्नु भनेको लक्ष्मीप्रसाद देवकोटाको 'उद्देश्य के लिनु उडि छुनु चन्द्र एक' उक्ति जस्तै हो। सपना देख्ने र त्यसका लागि मेहनत गरेमा त्यो हासिल हुन्छ। देवकोटाले त्यसो भनेको केही समयपछि संसारले साँच्चिकै चन्द्रमा छोयो। नेपालले पनि मेहनत गरेको भए छुन सक्थ्यो होला। त्यसैले नेताहरुले सम्मृद्धिको कुनै ठूलो सपना देखाउनु नै गलत होइन। यदि दलका नेताले देखाएको सपना जनताले तत्काल पचाउन सकेनन् भने उनीहरुले नै 'हामीलाई अहिले पानी जहाज होइन ड्राइभिङ लाइसेन्स र नागरिकता चाहिँ सहज ढंगले देउ न' भनेर मागिहाल्छन्।
नेपालका लागि पाचौँ अवसर भने सूचना प्रविधिमा छ। उर्जाको विकास भने अनुसार भयो भने विदेशका ठूला आइटी कम्पनीहरुले नेपालमा डेटा सेन्टर या 'ब्याक रुम' राख्न सक्छन्। त्यसका लागि सुहाउँदो जलवायु पनि नेपालमा छ। नेपालमा दक्ष जनशक्ति बढ्दै गएको, भौगिलिक एवं वातावरणीय सहजता, उर्जा उपलब्धता लगायत कारणले भारतीय एवं चिनियाँहरुले आएर यहाँ आफ्नो 'बेस' कायम गर्न सक्छन्। त्यो संभावना किन पनि छ भने नेपाल युद्धको जोखिम भएको देश होइन। त्यसैले कसैले त्यस्तो डेटा सेन्टर नष्ट गरिदिन्छ कि भन्ने डर पनि हुँदैन। जस्तो अहिले दक्षिण कोरियालाई कथम् युद्ध भयो भने आफ्नो डेटा सेन्टर कसरी सुरक्षित राख्ने भन्ने जोखिम छ। उसका लागि नेपाल भरपर्दो ब्याकरुम बन्न सक्छ।
छैटौँ अवसर शिक्षा क्षेत्रमा नै रहेको छ। पछिल्ला २० बर्षमा हामीले चिकित्सा एवं प्राविधिक शिक्षामा राम्रै फड्को मारेका छौँ। हाम्रो स्वास्थ्योपचार गर्ने क्षमता पनि बढेको छ भने यस क्षेत्रमा प्राज्ञिक क्षमता पनि बृद्धि भएको छ। अहिले उपचार लागत ज्यादै महंगो भएका मुलुकका नागरिकले सस्तो स्वास्थ्य सेवा खोज्दै मेडिकल टुरिजममा जाने प्रवृत्ति देखिएको छ। भारत, थाइल्याण्ड, सिंगापुर लगायत मुलुकका स्वास्थ्य संस्थामा यस्तो प्रवृत्ति देखिन्छ। नेपालमा पनि त्यो संभावना रहेको छ। हालैका दिनमा केही लगानीकर्ताले ठूलो क्षमता एवं गुणस्तरका अस्पताल निर्माण गर्न थाल्नु भएको छ। स्वदेशी मात्र होइन विदेशी विरामीलाई नै आकर्षित गर्ने उहाँहरुको उद्देश्य देखिन्छ। र, पुर्वाधार लगायतका अन्य वातावरण बनेको खण्डमा यो संभव पनि छ।
सातौँ एवं अन्तिम अवसर चाहिँ युवा जनशक्ति हो। नेपालबाट विदेशमा काम गर्न जाने नेपालीको संख्या पनि घट्दो छ र त्यहाँबाट आउने रेमिट्यान्स पनि घट्दो बृद्धिदरमा देखिएको छ। यसले हामीबाट रेमिट्यान्समा बाँचेको देश भन्ने ट्याग हटाउने संकेत गरेको छ। माथि उल्लेखित अवसर राज्यमा उपलब्ध भयो भने हामीलाई चाहिने विदेशी मुद्रा निर्यात, पर्यटन, वैदेशिक लगानी लगायतका व्यवसायीक गतिविधीबाट नै पाउन सक्छौँ।
२०५८ सालयता मात्र रेमिट्यान्स विदेशी मुद्रा आर्जनको प्रमुख माध्यम बनेको हो। त्यसको 'पिक' समय २०७४ हुने जस्तो देखिन्छ। २०८६ सालसम्ममा त्यो २०५८ कै अवस्थामा पुग्ने र रेमिट्यासन्स आए पनि नआए पनि मुलुकको अर्थतन्त्रलाई खास असर नपर्ने वातावरण सिर्जना हुन सक्छ। यसबाट युवापङ्ती मुलुकमै काम गर्न अडिने त हुन्छ नै विदेश गएर फर्किएकाहरुको सीप पनि राज्यले उपभोग गर्न पाउँछ।
यो बहस श्रृङ्खलाका अन्य लेख-
पाँच बर्षका लागि बन्ने सरकारसँग ‘माइक्रो’ खाका चाहिन्छ, डा. युवराज खतिवडाको विश्लेषण
कर्मचारीमा सुधार गर्दै निजी क्षेत्रलार्इ कोर्रा लाउनुपर्छ, मीनबहादुर श्रेष्ठको विश्लेषण
४६ पछिको गल्तिबाट कांग्रेस र राज्य पूँजीबादको धङधङीबाट बामपन्थी मुक्त हुनु पर्छ, पोषराज पाण्डेको लेख
निजी क्षेत्रका परियोजना तोकिएकै मितिमा बन्छन्, सरकार किन सक्दैन? उद्योगी विनोद चौधरीको विश्लेषण
The post समाजबाद राजनीतिले मात्र ल्याउन सम्भव छैन, पूर्व अर्थ सचिव रामेश्वर खनालको विश्लेषण appeared first on BIZMANDU.
दलका घोषणापत्र अनुसार त त्रिबर्षीय योजना खारेज गर्नु पर्छ, पूर्व सचिव खनालको विश्लेषण
अघिल्ला हरेक चुनावमा दलहरुले घोषणापत्र सार्बजनिक गरेर चुनाव लडेका थिए। चुनाव जितेर प्रधानमन्त्री कार्यालयमा गइसकेपछि, नेताहरु मन्त्री भइसकेपछि उनीहरुमध्ये कसैले पनि हाम्रो घोषणापत्रमा यो लेखेको छ, यसलाई कार्यान्वयन गर्नका लागि तपाईहरुले योजना लेखेर ल्याउनुहोस् र बजेट तर्जुमा गर्नुस् भनेनन्।
बजेट के  आधारमा तर्जुमा भयो? २०५६ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठन हुँदा १०औं योजना भर्खर प्रारम्भ भएको थियो। उक्त योजना अन्तर्राष्ट्रिय समुदायले सहमति गरेको गरिवी निवारण रणनीति पत्रका आधारमा बनेर काम भइरहेको थियो।
त्यसेबेला कसैले पनि घोषणापत्रमा गरिवी निवारण रणनीतिक पत्रलाई कार्यान्वयन गर्छौं भनेनन्। त्यसपछिका बर्षहरुमा सरकारका नीति तथा कार्यक्रमहरु कि त पञ्चबर्षिय योजनाको आधारमा तर्जुमा या त त्रिवर्षिय योजनाका आधारमा। १०औँसम्म पञ्च बर्षीय योजना थियो, त्यसपछि अस्थिरताले योजनालाई त्रिबर्षीय बनाइयो। आजको मितिमा १४औं त्रिबर्षीय योजना सञ्चालनमा छ।
नेपाली कांग्रेस र एमाले-माओवादी गठबन्धको घोषणापत्रमा अहिलेको त्रिबर्षीय योजनालाई के गर्ने भनेर बोलिएको छैन।  आगामी पुस मसान्तसम्म त मोटामोटी सरकार बनिसक्छ। सरकारमा जाने दलले त्रिबर्षीय योजना कार्यान्वयन गर्ने की घोषणापत्र? अहिले बजेट बिनियोजन, नीति सबै त्रिबर्षीय योजनाका आधारमा चलिरहेका छन्।
बाराक ओबामाले ल्याएको स्वास्थ्य योजनालाई डोनाल्ड ट्रम्पले म सरकारमा गएपछि खारेज गर्छु भनेका थिए। नभन्दै उनले कमान सम्हालेपछि खारेजी प्रकृयामा लगे। तर, हामीकहाँ चुनावी घोषणा कार्यक्रम बन्न सकेका छैनन्।
अब यहाँ त्रिबर्षीय योजना अनुसार नै चल्ने भए यो घोषणापत्रको  कामै छैन। होइन, घोषणापत्र कार्यान्वयन गर्ने हो भने, त्रिबर्षीय योजनालाई खारेज गर्नु पर्छ।
प्रणालीगत हिसावले जाने हो भने घोषणापत्र कार्यान्वयन गर्न सकिँदैन। घोषणापत्रमा महत्वकांक्षा होलान्, सपना होलान्। यसमा हासिल गर्न नसकिने असम्भव कुराहरु पनि होलान्। त्यो अलग बिषय भयो। सबै कुरा कार्यान्वयनमा गर्नका लागि सरकारमा गइसकेपछि दलहरु तयार हुन्छन् कि हुँदैनन् भन्ने सन्दर्भमा त्रिबर्षीय योजनालाई फाल्न पनि सक्दैनन्। अहिलेका योजनाहरु राष्ट्रिय विकास परिषद्बाट पास भएर आएको छ। बीचैमा परिवर्तन गरिएको इतिहास पनि छैन। त्यसैले आउने दिनमा परिवर्तन गर्न सक्छन् भन्ने मलाई लाग्दैन।
केही यस्ता विकासका मुद्दाहरु छन्, जुन हामीले दीर्घकालिन रुपमा स्वीकारेका छौं। सन् २०३० सम्म दीगो विकास हासिल गर्ने भनेर राष्ट्रिय योजना आयोगले मोटो किताव निकालेको छ। अन्तर्राष्ट्रिय दीगो विकास लक्ष्य बमोजिम योजना तयार पारिएको हो। नेपालका पनि आफ्नै दीगो विकास लक्ष्यहरु छन्। दीगो विकास लक्ष्यलाई हामी त्याग्नै सक्दैनौं। किनभने त्यसमा हाम्रो पैसा मात्र होइन अन्तर्राष्ट्रिय दातृ निकायले पनि लगानी प्रतिवद्धता जनाएका छन्। हामीले २०३० सम्म केही लक्ष्यहरु निर्धारण गरेका छौं। नेपाली कांग्रेसको घोषणापत्रमा दीगो विकास बारे केही पनि छैन। नेपाली कांग्रेले अब आफ्नो घोषणापत्रको काम गर्छ कि दीगो विकास लक्ष्य नीतिलाई पच्छ्याउँछ?
बाम गठबन्धनले एक वाक्य अन्तर्राष्ट्रिय समुदायले स्वीकार गरेको र नेपाल पनि पक्ष भएको दीगो विकास लक्ष्यहरुलाई कार्यान्वयन गर्छौं भनेको छ। त्यो वाहेकको त्रिबर्षिय योजनाहरुलाई हामी कसरी लैजान्छौं? सरकारका अरु दीर्घकालिन योजनाहरु कसरी लैजाने?, कुन योजनामा कमजोरी छन्, त्यसमध्ये कसलाई मिल्काउँछौं? कुन योजना अगाडि बढाउँछौं? कसैको घोषणापत्रले बोलेको छैन।
घोषणापत्रमा सडक बारे आफ्नै योजना छन्। स्वास्थ्य बारे पनि आफ्नै योजनाहरु छन्। जबकी नेपालमा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन भइरहेको छ। अब घोषणापत्रमा भएको कुरा कार्यान्वयन गर्ने कि स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमलाई निरन्तरता दिने? नेपाल सरकारको प्रणाली पुराना योजनाहरु कार्यान्वयन गर्न बनेको छ। योजनाहरु कागजमा लेखेर कार्यान्वयन हुने होइन। त्यसलाई सार्वजनिक संस्थाहरुले कार्यान्वयन गर्ने हो। अहिले बनेका संस्थाहरु त्रिबर्षीय, पञ्चबर्षीय योजनाहरु कार्यान्वयन गर्नका लागि बनाइएका संस्थाहरु हुन्।
प्रादेशिक सरकार र स्थानीय सरकार अब स्वायत्त छन्। संघीय सरकारमा गइसकेपछि स्थानीय सरकार र प्रादेशिक सरकारमा घोषणापत्रमा लेखिएका कुरा कसरी कार्यान्वयन गराउने भन्ने छैन। केन्द्रले सोचेको कुरा प्रदेशले र प्रदेशले सोचेको कुरा स्थानीयले कार्यान्वयन गर्छ भन्ने छैन। त्यो संयन्त्रका बारेमा कसैले पनि सोचेको देखिँदैन। त्यसैले यो घोषणापत्र चैँ खाली एउटा घोषणा मात्र हुन्छ।
घोषणापत्रमा सडक बारे आफ्नै योजना छन्। स्वास्थ्य बारे पनि आफ्नै योजनाहरु छन्। जबकी नेपालमा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन भइरहेको छ। अब घोषणापत्रमा भएको कुरा कार्यान्वयन गर्ने कि स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमलाई निरन्तरता दिने? नेपाल सरकारको प्रणाली पुराना योजनाहरु कार्यान्वयन गर्न बनेको छ। योजनाहरु कागजमा लेखेर कार्यान्वयन हुने होइन। त्यसलाई सार्वजनिक संस्थाहरुले कार्यान्वयन गर्ने हो। अहिले बनेका संस्थाहरु त्रिबर्षीय, पञ्चबर्षीय योजनाहरु कार्यान्वयन गर्नका लागि बनाइएका संस्थाहरु हुन्।
घोषणापत्र कति हावा!
राजनीतिले कुनै लक्ष्य राख्छ र, त्यो गर्छु भनेर कस्सिएर लाग्छ भने सन्सारमा लक्ष्यहरु हासिल नभएका भने छैनन्। हामीमा कल्पना, सपना र महत्वकांक्षाको अभाव होइन। नीतीको र कार्यक्रमको पनि अभाव होइन। हामी सबैसँग सपना छन्, कल्पना छन्। प्रत्येक नागरिकले यहाँ सपना देखेको छ। पुरा गर्न नसकेपछि कोही कतार गएको छ कोही मलेसिया गएको होला। कोही अमेरिका गएको होला।
राष्ट्रको एउटा सपना छ। नेताहरुका पनि सपना छन्। ठूलो सपना बोकेकोमा कुनै आपत्ति छैन। सपना  त पहिलेदेखि नै थियो नि। नीति हाम्रा सबै राम्रा छन्, कार्यक्रमहरु राम्रा छन् भनेर सबैले भनिरहेकै छन्। प्रत्येक योजनाहरु राम्रा छन्। तर ती नीति, कार्यक्रम कार्यान्वयन गर्ने सार्वजनिक संस्था भने सबै धरासयी छन्। नेपाल सरकारले गर्नु पर्ने डेलिभरी गर्न सकेका छैनन्। नीति कार्यान्वय गर्न सकेका छैनन्। मुलुकमा विधिको शासन छैन। कानुनमा लेखिएको कुरा पालना नगर्दा मान्छेहरु गर्व गर्छन्। पालना गर्नेहरुको संख्या नै एकदमै कम छ। नेतृत्व तहबाट नै कानुन उल्लंघन गर्न पाए हुन्थ्यो, नीति उल्लंघन गर्न पाए हुन्थ्यो भन्ने सोचाइ ब्याप्त छ। कानुनमा लेखेर हुन्छ र भन्ने खालको धारणा नेतामा बनेको छ।
सार्वजनिक संस्थालाई कसरी बलियो पार्ने, सार्वजनिक संस्थाका अहिलेको कमजोरीलाई सटिक ढंगबाट पहिचान गरेर त्यसलाई यसरी समाधान गर्छु भन्ने छैन। चाँडो चाँडो सचिब सरुवा गर्दिन भनेर घोषणापत्रमा प्रतिबद्धता आएको छैन। मूख्य समस्या, कुनै पनि निकायको प्रशासकिय नेतृत्व स्थिर नहुनु हो। त्यो स्थिर छैन भने संस्थाले कसरी डेलिभर गर्न सक्छ? आफ्नो जिम्मेवारी कसरी पुरा गर्न सक्छ?
बाम गठबन्धन वा नेपाली कांग्रेस दुबैले चीनको आग्रहमा धेरै लामो समय लगाएर बेल्ट रोडमा परियोजनामा सहमति जनाएका छन्। तर, यसबारेमा दुबै घोषणापत्रमा केही पनि छैन। आखिर जसले सरकार बनाए पनि भोली चीनको बिआरआइमा त केही गर्नै पर्छ। चीनले करै लगाएर पनि गराउँछ। बिआरआइको बारेमा हाम्रो धारणा यो हो भनेर घोषणापत्रमा भन्नु पर्दैन थियो? बिआरआइ जतिको संवेदनशिल बिषय नेपालको सन्दर्भमा अर्को छँदैछैन।
त्यसैले अहिलेकै संरचना र योजनाका कारण पनि दलहरुको घोषणापत्र कार्यान्वयन हुन सक्दैन। त्यसमाथि घोषणपत्रका सम्बन्धमा दलहरु गम्भिर पनि छैनन्।
(अबको आर्थिक योजना र रणनीति कस्तो हुनुपर्छ भन्नेबारे खनालको अर्को विश्लेषण आगामी अंकमा)
The post दलका घोषणापत्र अनुसार त त्रिबर्षीय योजना खारेज गर्नु पर्छ, पूर्व सचिव खनालको विश्लेषण appeared first on BIZMANDU.
‘दलका घोषणापत्र कार्यान्वयन गर्ने हो भने त्रीबर्षीय योजना खारेज गर्नु पर्छ’ पूर्व सचिव खनालको व??
अघिल्ला हरेक चुनावमा दलहरुले घोषणापत्र सार्बजनिक गरेर चुनाव लडेका थिए। चुनाव जितेर प्रधानमन्त्री कार्यालयमा गइसकेपछि, नेताहरु मन्त्री भइसकेपछि उनीहरुमध्ये कसैले पनि हाम्रो घोषणापत्रमा यो लेखेको छ, यसलाई कार्यान्वयन गर्नका लागि तपाईहरुले योजना लेखेर ल्याउनुहोस् र बजेट तर्जुमा गर्नुस् भनेनन्।
बजेट के  आधारमा तर्जुमा भयो? २०५६ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठन हुँदा १०औं योजना भर्खर प्रारम्भ भएको थियो। उक्त योजना अन्तर्राष्ट्रिय समुदायले सहमति गरेको गरिवी निवारण रणनीति पत्रका आधारमा बनेर काम भइरहेको थियो।
त्यसेबेला कसैले पनि घोषणापत्रमा गरिवी निवारण रणनीतिक पत्रलाई कार्यान्वयन गर्छौं भनेनन्। त्यसपछिका बर्षहरुमा सरकारका नीति तथा कार्यक्रमहरु कि त पञ्चबर्षिय योजनाको आधारमा तर्जुमा या त त्रीवर्षिय योजनाका आधारमा। १०औँसम्म पञ्च बर्षीय योजना थियो, त्यसपछि अस्थिरताले योजनालाई त्रीबर्षीय बनाइयो। आजको मितिमा १४औं त्रीवबर्षीय योजना सञ्चालनमा छ।
नेपाली कांग्रेस र एमाले-माओवादी गठबन्धको घोषणापत्रमा अहिलेको त्रीबर्षीय योजनालाई के गर्ने भनेर बोलिएको छैन।  आगामी पुस मसान्तसम्म त मोटामोटी सरकार बनिसक्छ। सरकारमा जाने दलले त्रीबर्षीय योजना कार्यान्वयन गर्ने की घोषणापत्र? अहिले बजेट बिनियोजन, नीति सबै त्रीबर्षीय योजनाका आधारमा चलिरहेका छन्।
बाराक ओबामाले ल्याएको स्वास्थ्य योजनालाई डोनाल्ड ट्रम्पले म सरकारमा गएपछि खारेज गर्छु भनेका थिए। नभन्दै उनले कमान सम्हालेपछि खारेजी प्रकृयामा लगे। तर, हामीकहाँ चुनावी घोषणा कार्यक्रम बन्न सकेका छैनन्।
अब यहाँ त्रीबर्षीय योजना अनुसार नै चल्ने भए यो घोषणापत्रको  कामै छैन। होइन, घोषणापत्र कार्यान्वयन गर्ने हो भने, त्रीबर्षीय योजनालाई खारेज गर्नु पर्छ।
प्रणालीगत हिसावले जाने हो भने घोषणापत्र कार्यान्वयन गर्न सकिँदैन। घोषणापत्रमा महत्वकांक्षा होलान्, सपना होलान्। यसमा हासिल गर्न नसकिने असम्भव कुराहरु पनि होलान्। त्यो अलग बिषय भयो। सबै कुरा कार्यान्वयनमा गर्नका लागि सरकारमा गइसकेपछि दलहरु तयार हुन्छन् कि हुँदैनन् भन्ने सन्दर्भमा त्रीबर्षीय योजनालाई फाल्न पनि सक्दैनन्। अहिलेका योजनाहरु राष्ट्रिय विकास परिषद्बाट पास भएर आएको छ। बीचैमा परिवर्तन गरिएको इतिहास पनि छैन। त्यसैले आउने दिनमा परिवर्तन गर्न सक्छन् भन्ने मलाई लाग्दैन।
केही यस्ता विकासका मुद्दाहरु छन्, जुन हामीले दीर्घकालिन रुपमा स्वीकारेका छौं। सन् २०३० सम्म दीगो विकास हासिल गर्ने भनेर राष्ट्रिय योजना आयोगले मोटो किताव निकालेको छ। अन्तर्राष्ट्रिय दीगो विकास लक्ष्य बमोजिम योजना तयार पारिएको हो। नेपालका पनि आफ्नै दीगो विकास लक्ष्यहरु छन्। दीगो विकास लक्ष्यलाई हामी त्याग्नै सक्दैनौं। किनभने त्यसमा हाम्रो पैसा मात्र होइन अन्तर्राष्ट्रिय दातृ निकायले पनि लगानी प्रतिवद्धता जनाएका छन्। हामीले २०३० सम्म केही लक्ष्यहरु निर्धारण गरेका छौं। नेपाली कांग्रेसको घोषणापत्रमा दीगो विकास बारे केही पनि छैन। नेपाली कांग्रेले अब आफ्नो घोषणापत्रको काम गर्छ कि दीगो विकास लक्ष्य नीतिलाई पच्छ्याउँछ?
बाम गठबन्धनले एक वाक्य अन्तर्राष्ट्रिय समुदायले स्वीकार गरेको र नेपाल पनि पक्ष भएको दीगो विकास लक्ष्यहरुलाई कार्यान्वयन गर्छौं भनेको छ। त्यो वाहेकको त्रीबर्षिय योजनाहरुलाई हामी कसरी लैजान्छौं? सरकारका अरु दीर्घकालिन योजनाहरु कसरी लैजाने?, कुन योजनामा कमजोरी छन्, त्यसमध्ये कसलाई मिल्काउँछौं? कुन योजना अगाडि बढाउँछौं? कसैको घोषणापत्रले बोलेको छैन।
घोषणापत्रमा सडक बारे आफ्नै योजना छन्। स्वास्थ्य बारे पनि आफ्नै योजनाहरु छन्। जबकी नेपालमा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन भइरहेको छ। अब घोषणापत्रमा भएको कुरा कार्यान्वयन गर्ने कि स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमलाई निरन्तरता दिने? नेपाल सरकारको प्रणाली पुराना योजनाहरु कार्यान्वयन गर्न बनेको छ। योजनाहरु कागजमा लेखेर कार्यान्वयन हुने होइन। त्यसलाई सार्वजनिक संस्थाहरुले कार्यान्वयन गर्ने हो। अहिले बनेका संस्थाहरु त्रीबर्षीय, पञ्चबर्षीय योजनाहरु कार्यान्वयन गर्नका लागि बनाइएका संस्थाहरु हुन्।
प्रादेशिक सरकार र स्थानीय सरकार अब स्वायत्त छन्। संघीय सरकारमा गइसकेपछि स्थानीय सरकार र प्रादेशिक सरकारमा घोषणापत्रमा लेखिएका कुरा कसरी कार्यान्वयन गराउने भन्ने छैन। केन्द्रले सोचेको कुरा प्रदेशले र प्रदेशले सोचेको कुरा स्थानीयले कार्यान्वयन गर्छ भन्ने छैन। त्यो संयन्त्रका बारेमा कसैले पनि सोचेको देखिँदैन। त्यसैले यो घोषणापत्र चैँ खाली एउटा घोषणा मात्र हुन्छ।
घोषणापत्रमा सडक बारे आफ्नै योजना छन्। स्वास्थ्य बारे पनि आफ्नै योजनाहरु छन्। जबकी नेपालमा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन भइरहेको छ। अब घोषणापत्रमा भएको कुरा कार्यान्वयन गर्ने कि स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमलाई निरन्तरता दिने? नेपाल सरकारको प्रणाली पुराना योजनाहरु कार्यान्वयन गर्न बनेको छ। योजनाहरु कागजमा लेखेर कार्यान्वयन हुने होइन। त्यसलाई सार्वजनिक संस्थाहरुले कार्यान्वयन गर्ने हो। अहिले बनेका संस्थाहरु त्रीबर्षीय, पञ्चबर्षीय योजनाहरु कार्यान्वयन गर्नका लागि बनाइएका संस्थाहरु हुन्।
घोषणापत्र कति हावा!
राजनीतिले कुनै लक्ष्य राख्छ र, त्यो गर्छु भनेर कस्सिएर लाग्छ भने सन्सारमा लक्ष्यहरु हासिल नभएका भने छैनन्। हामीमा कल्पना, सपना र महत्वकांक्षाको अभाव होइन। नीतीको र कार्यक्रमको पनि अभाव होइन। हामी सबैसँग सपना छन्, कल्पना छन्। प्रत्येक नागरिकले यहाँ सपना देखेको छ। पुरा गर्न नसकेपछि कोही कतार गएको छ कोही मलेसिया गएको होला। कोही अमेरिका गएको होला।
राष्ट्रको एउटा सपना छ। नेताहरुका पनि सपना छन्। ठूलो सपना बोकेकोमा कुनै आपत्ति छैन। सपना  त पहिलेदेखि नै थियो नि। नीति हाम्रा सबै राम्रा छन्, कार्यक्रमहरु राम्रा छन् भनेर सबैले भनिरहेकै छन्। प्रत्येक योजनाहरु राम्रा छन्। तर ती नीति, कार्यक्रम कार्यान्वयन गर्ने सार्वजनिक संस्था भने सबै धरासयी छन्। नेपाल सरकारले गर्नु पर्ने डेलिभरी गर्न सकेका छैनन्। नीति कार्यान्वय गर्न सकेका छैनन्। मुलुकमा विधिको शासन छैन। कानुनमा लेखिएको कुरा पालना नगर्दा मान्छेहरु गर्व गर्छन्। पालना गर्नेहरुको संख्या नै एकदमै कम छ। नेतृत्व तहबाट नै कानुन उल्लंघन गर्न पाए हुन्थ्यो, नीति उल्लंघन गर्न पाए हुन्थ्यो भन्ने सोचाइ ब्याप्त छ। कानुनमा लेखेर हुन्छ र भन्ने खालको धारणा नेतामा बनेको छ।
सार्वजनिक संस्थालाई कसरी बलियो पार्ने, सार्वजनिक संस्थाका अहिलेको कमजोरीलाई सटिक ढंगबाट पहिचान गरेर त्यसलाई यसरी समाधान गर्छु भन्ने छैन। चाँडो चाँडो सचिब सरुवा गर्दिन भनेर घोषणापत्रमा प्रतिबद्धता आएको छैन। मूख्य समस्या, कुनै पनि निकायको प्रशासकिय नेतृत्व स्थिर नहुनु हो। त्यो स्थिर छैन भने संस्थाले कसरी डेलिभर गर्न सक्छ? आफ्नो जिम्मेवारी कसरी पुरा गर्न सक्छ?
बाम गठबन्धन वा नेपाली कांग्रेस दुबैले चीनको आग्रहमा धेरै लामो समय लगाएर बेल्ट रोडमा परियोजनामा सहमति जनाएका छन्। तर, यसबारेमा दुबै घोषणापत्रमा केही पनि छैन। आखिर जसले सरकार बनाए पनि भोली चीनको बिआरआइमा त केही गर्नै पर्छ। चीनले करै लगाएर पनि गराउँछ। बिआरआइको बारेमा हाम्रो धारणा यो हो भनेर घोषणापत्रमा भन्नु पर्दैन थियो? बिआरआइ जतिको संवेदनशिल बिषय नेपालको सन्दर्भमा अर्को छँदैछैन।
त्यसैले अहिलेकै संरचना र योजनाका कारण पनि दलहरुको घोषणापत्र कार्यान्वयन हुन सक्दैन। त्यसमाथि घोषणपत्रका सम्बन्धमा दलहरु गम्भिर पनि छैनन्।
(अबको आर्थिक योजना र रणनीति कस्तो हुनुपर्छ भन्नेबारे खनालको अर्को विश्लेषण आगामी अंकमा)
The post ‘दलका घोषणापत्र कार्यान्वयन गर्ने हो भने त्रीबर्षीय योजना खारेज गर्नु पर्छ’ पूर्व सचिव खनालको व?? appeared first on BIZMANDU.
दशैँ अर्थतन्त्रः गाउँदेखि शहरसम्म यस्तो पर्छ प्रभाव, रामेश्वर खनालको विश्लेषण
दशैँ आयो दशा आयो, यो गाउँ-घरमा चलनचल्तीको आख्यान हो। वर्षमा एकपटक नयाँ लुगा सिलाउने, मज्जाले मासु-भात खाने, रमाइलो गर्ने र नातागोतालार्इ न्यानो आतित्थ्य प्रदान गर्ने दशैंको समय आश्रितहरूका लागि खुशीको आशा गर्ने समय हो भने परिवार पाल्ने जिम्मा लिएका घरमुलीहरूका लागि चिन्ताको। असत्यमाथि सत्यको विजय भएको अवसरमा खुशियाली र सामाजिक सद्भावकालागि मनाइने यो चाड घरमुलीहरूको चिन्ताको अभिव्यक्तिका रुपमा हाम्रो समाजमा देखिनुको प्रमुख कारण विपन्नता नै हो।
पचास वर्ष अघि, २०१८ सालको जनगणनाले ९४ प्रतिशत जनसंख्या आफ्नो जीविका र रोजगारीकालागि कृषिमा आश्रित देखाएको थियो। त्यो बेला कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान दुर्इ-तिहाई भन्दा केहि बढी नै थियो। २०१५ सालसम्म देसभरि गहुँ उत्पादन जम्मा १३७ टन रेकर्ड गरिएको परिप्रेक्ष्यमा कृषि-आम्दानिको मूल स्रोत भनेको एउटा वाली मात्रै हुन्थ्यो। पहाडमा खाद्यान्न आवश्यकता पुरा गर्न मकैसँगै बारिमा कोदो रोप्ने चलन थियो। तराइ-मधेसमा धान एकमात्र प्रमुख वाली थियो। दशैँको अवसरमा धान भित्र्याइएको हुदैनथ्यो। मकै वा कोदो पनि बजार पुर्याउने गरी तयार हुदैनथ्यो। त्यसैले साना हाट-बजार नजिक रहेका किसानले अफ्नो भण्डारमा संचित गेडागुडी, घ्यु र वर्षादको मौसममा हुने तरकारी तथा फलफुल बजार पुर्याएर आर्जेको रकम दशैंको गर्जो टार्न प्रयोग गर्थे। खेतीपातीको आम्दानीले नपुग्ने र भूमिहीन श्रमिकहरू दशैँको पारिवारिक तथा सामाजिक दायित्व पूरा गर्न गाउँघरमै हुनेखानेसँग कर्जा लिन्थे।
मासिक वेतनधारी कर्मचारीहरूको दशैँ पनि खासै भिन्न हुदैनथ्यो। तर पछि सरकारी कर्मचारीहरूलाई दशैंअघि एक महिनाको तलब चैत मसान्तसम्ममा दामासाहीले फर्स्योट गर्नुपर्ने गरी दशैँ-पेश्की दिने चलन शुरू भयो। २०३७ सालपछि सरकारले पेश्कीको प्रथा हटायो र दशैँअघि एक महिनाको पुरै तलब अतिरिक्त भुक्तानी दिन थाल्यो। त्यसपछि सरकारी कर्मचारीहरूको दशैँमा केहि रौनक थपियो। क्रमैसँग संस्थागत निजिक्षेत्रले पनि आफ्ना कामदार कर्मचारीलाई सरकारले जस्तै सुबिधा दिन थाल्यो।
२०४६ साल पछिको आर्थिक उदारीकरणले गरिबीमात्र घटाएन, शहरी तथा शहरोन्मुख ग्रामिण क्षेत्रमा मध्यमवर्गीय तथा उच्च-मध्यमवर्गीय परिवारको संख्या उच्च दरले बढ्दै गयो। यस्ता परिवारहरूले दशैंमा प्रत्येक वर्ष अफ्नो खर्च बढाउँदै लागेका छन्। यिनीहरूको दशैं मनाउने शैलीमा मात्र होइन प्राय सबैजसो चाड मनाउने शैली र खर्चको प्रवृत्तिमा आमुल परिवर्तन आएको छ। दुर्इ दशक अघिसम्म तीजको पूर्वसन्ध्यामा दरको तयारी गरेर राति बाह्र बजेपछि मिठा परिकार बाँडेर खाने परिवारहरूबीच गएको पाँच-छ वर्षमा एउटा भद्दा-शोखको विकास भएको छ। तीजको एक महिना अघिदेखि दर-खाने निम्तामान्न महिलाहरूलार्इ भ्याइनभ्याई हुन्छ। कतिपयले तीजको अघिल्लो दिनसम्म पनि साथी- संगातिलाई दर खुवाउने सम्पन्नता देखाउन नपाएर तीज सकिएपछि पनि दर खुवाउने निम्ता दिन्छन्।
खर्च गर्ने तथा सम्पन्नता प्रदर्शन गर्ने शैलीमा आएको परिवर्तनसँगै खाशगरी उच्च-मध्यमवर्गीय परिवार तथा सानो परिवारमा बस्न रुचाउने युवा-पेशाकर्मीहरू (यङग प्रोफेसनलस्) मा दशैको रमझम घरैमा मनाउनुको सट्टा दशैको लामो बिदाको उपयोग टाढा-टाढा घुम्न जाने प्रवृत्ति विकास भएको छ। एउटै पुस्तामा गाउँबाट शहर र शहरबाट पश्चिमा विकसित मुलुकमा बसाईं सारेका सम्पन्न तर विखण्डित परिवारमा छोरा-छोरीलाइ टिका लगाइदिन अमेरिका वा युरोप हान्निने चलन बढ्दो छ।
दशैँका लागि लामो बिदामा घर फर्कने “लाहुरे” कहलिने वर्ग एक जमानामा सुनौली नाकामै बास बस्दा ठगिएर बुटीटाट परेका कथाहरू बिगतमा सुनिन्थ्यो। नाकाबाट उम्केर गन्तव्य हिडेको लाहुरे रात बिताउने अर्को कुनै वासमा ठगिन सक्थ्यो। ठगीका यस्ता घटना अहिले पनि हुन्छन्।
दशैँ, तिहार र छठ अघिको करीब एक महिनाको समय बजारमा एकदमै चहलपहल रहने समय हो। खासगरी भदौको उत्तरार्ध र असोजको पूर्वार्धमा बजारमा अत्यधिक तरलता प्रवाह हुन्छ। मुलुकभरी नै संचित धन, नियमित तथा अतिरिक्त आयको राम्रै हिस्सा मानिसहरू खर्च गर्छन्। प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकले दशैकै मौकामा नयाँ नोट बजारमा ल्याउँछ। यस वर्ष करीब ३० अर्ब बराबरको नयाँ नोट बजारमा आउँदै छ। सरकारी कोषबाट तलब तथा निवृत्तिभरण पाउनेले दशैँ अघि करीब १२/१५ अर्ब थप रकम पाउछन्। दशैँ खर्चसँगै महिना भुक्तान नभएपनि त्यो महिनाको तलब पाइने भएकाले सरकारी कर्मचारीहरूको हातमा २५/३० अर्ब जति रकम पर्छ। औपचारिक संस्थागत क्षेत्रमा रोजगार व्यक्तिहरूले दशैंको मौकामा सरकारी कर्मचारीले पाउने रकमको करीब दोब्बर नै पाउछन्। बिगत पाँच-छ वर्षको विप्रेषणको प्रवृत्ति हेर्दा अरू महिनामा जुन दरले विप्रेषण रकम बढेको हुन्छ, त्यो भन्दा उच्च दरले दशैंको बेलामा बढ्छ। विप्रेषणको त्यो अतिरिक्त रकम दशैंका लागि प्रयोग हुन्छ। गएको साउन महिनामा ५५ अर्ब ५५ करोड विप्रेषण बैंकिंग माध्यमबाट भित्रिएको छ। अतिरिक्त आय र वर्षभरीको आयबाट संचित धन उपभोगकालागि खर्च गरिने दशैं अघिका दुर्इ-तीन हप्ताको अवधिमा मात्र वर्ष भरिको कुल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुन्छ भन्ने अनुमान गर्न सकिन्छ।
व्यापारीहरूका लागि यो समय एक किसिमले वर्षभरिलार्इ पुग्ने गरी नाफा कमाउने समय हो। यो समयमा पनि नाफा आर्जन गर्न नसक्नेले सम्भवतः वर्षको अरू बेलामा नाफा आर्जन गर्न सक्दैन। अमेरिकामा थ्याँक्स्-गिभिंग पछिको कालो-शुक्रबारको नामबाट चिनिने नोभेम्बर महिनाको तेस्रो वा चौथो हप्ताको शुक्रबार खुद्रा-व्यापारीका लागि स्वर्ण दिन भनेर चिनिन्छ। त्यो दिन पनि नाफा कमाउन नसक्नेले त्यो वर्ष घाटा खानु पर्छ भनिन्छ। अर्थात, वर्षभरि घाटा खाएपनि कालो-शुक्रबारको व्यापारले नाफा हुन्छ भन्ने आशामा व्यावसायी रहन्छन्।
अमेरिकी कालो-शुक्रबार र दशैं अघिको नेपाली बजारको प्रवृत्तिमा भने समानता देखिदैन। सकेसम्म बढी बिक्री गर्न अमेरिकी खुद्रा व्यापारीहरू थरी-थरीका डिस्काउन्ट र छुटका योजना ल्याउछन्। कतिपय उत्पादकले नै त्यो शुक्रबार परेको हप्ताभरकै लागि आमरुपमा खुद्रा मुल्यनै घटाइदिन्छन्। खर्च गर्ने मनस्थितिमा रहेका ग्राहकहरूलार्इ लोभ्याउने यो शैलीले व्यापारीहरुले नाफा कमाउछन्। तर नेपाली बजारमा भने आमरुपमा दशैं अघिको बजारमा आउने ग्राहकबाट सकेसम्म बढी नाफा असुल्न भाउ बढाउने चलन छ। खशीको मासुको भाउ प्रत्येक वर्ष बढ्ने बेला यहि हो। अधिकांश खाद्यवस्तु, मिठाइ, व्यक्तिगत सेवा आदिको मूल्य यहि बेलामा बढ्छ। तर हालका केहि वर्षहरूमा खाशगरी काठमाडौँ र एक दुर्इ ठुला शहरमा संस्थागत खुद्रा-ब्यापारिक प्रतिष्ठानले लत्ताकपडा, घरायशी उपकरण आदिमा अमेरिकी शैलीमा छुटको घोषणा गर्छन्। लत्ताकपडामा भनिएको छुट कतिपय अवस्थामा भाउ बढाएर छुट दिइने हुँदा छुट पछि तिरिने मूल्य सामान्य अवस्थाको मूल्य सरह हुन्छ।
दशैँ अर्थतन्त्रको उल्लेख्य विशेषता शहरबाट गाउँमा आय वितरणको हो । द्वन्दकालका चार-पाँच कठिन वर्षमा रोजगारीका लागि शहर वा विदेशमा रहेकाहरूले गाउँ फर्कने जोखिम मोलेनन। त्यसैले दशैंको बेलमा गाउँमा रौनक रहेन र ग्रामिण अर्थतन्त्र दशैका बेलामा पनि सुस्त रह्यो। त्यो बेला गाउँमै जेनतेन गुजारा गरेर बसेका बुढापाका पनि आफ्ना छोरा-नातिलाई टिका लगाइदिन दशैंअघि शहरतिर लाग्थे। अहिले स्थिति फेरिएको छ र दशैँको रौनक वास्तवमा शहरमा भन्दा गाउँमा देखिन्छ। रोजगारी तथा व्यवसाय गरेको शहर वा विदेशबाट दशैंका लागि फिरेकाहरूसँग गोजीमा पैसा र पैसा खर्च गर्ने फुर्सद हुने हुँदा गाउँको आर्थिक गतिविधि ह्वात्तै माथि उठ्छ।
गाउँ फिर्ने क्रममा सार्वजनिक यातायातको एकोहोरो यात्रा दशैं अघि शहर र मूल नाकाहरूबाट जिल्ला सदरमुकाम अनि गाउँतिर लाग्छ र दशैँपछि उल्टो यात्रा हुन्छ। मूल नाकाहरू र यात्रु बिसौनी वरपर होटल तथा रेस्टुरेन्टहरूमा ठगिनु दशैको समयमा सामान्य जस्तै हुन्छ। दशैँका लागि लामो बिदामा घर फर्कने “लाहुरे” कहलिने वर्ग एक जमानामा सुनौली नाकामै बास बस्दा ठगिएर बुटीटाट परेका कथाहरू बिगतमा सुनिन्थ्यो। नाकाबाट उम्केर गन्तव्य हिडेको लाहुरे रात बिताउने अर्को कुनै वासमा ठगिन सक्थ्यो। ठगीका यस्ता घटना अहिले पनि हुन्छन्।
मनोरंजनका साधनको प्रचुरता, रहन-सहनमा आएको परिवर्तनले गर्दा नयाँ पुस्ताका युवामा जुवा-तासको प्रचलन अघिल्लो पुस्ताको जस्तो छैन। जुवा खुल्यो भनेर घोषणा गर्ने चलन अहिले बिलाएको छ।
The post दशैँ अर्थतन्त्रः गाउँदेखि शहरसम्म यस्तो पर्छ प्रभाव, रामेश्वर खनालको विश्लेषण appeared first on BIZMANDU.
गाउँ र नगरमा अब यस कारण पनि विकासको मूल फुट्छ, पूर्व सचिव रामेश्वर खनालको विश्लेषण
अर्थमन्त्री कृष्णबहादुर महराद्वारा सोमबार संसदमा प्रस्तुत बजेटको मूल उद्देश्य संघियता कार्यान्वयन देखिएको छ। बजेटमा  स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन मन्त्रालयको क्षेत्राधिकार कटौती गरी गाउँ नगरमै हस्तान्तरण गरिएको छ। कतिपय मन्त्रालयहरु स्थानीय तहमा अधिकार दिन अटेर गर्दै थिए। तर, बजेट बक्तव्यमा नै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिंचाइमा यो यो कुरा स्थानीय तहले पाउने भनिएपछि हस्तान्तरणका लागि मन्त्रालयहरु बाध्य भएका छन्।
स्थानीय तह चुनावमा उम्मेद्वार बन्दा जनप्रतिनिधीले जुन किसिमको बाचा गरेका थिए, बजेटले उनीहरुलाई आफ्नो बाचा पुरा गर्ने अवसर प्रदान गरेको छ। कुनै उम्मेद्वारले आफ्नै ठाउँमा अन्तर्राष्ट्रिय स्तरको शहर बनाउँछौँ भनेका छन् भने कसैले वातावरणमैत्री गाउँ बनाउँछौँ भनेका छन्। सडकदेखि खानेपानीसम्मको सुलभ व्यवस्थापन सबै जनप्रतिनिधीको चुनावी एजेण्डामा सुनिन्थ्यो।
अब स्थानीय तह नेतृत्वसँग एउटै चुनौती देखिएको छ। आर्थिक सहायता बाँड्ने, आफ्ना मान्छे भर्ना गर्ने, आयोजना सञ्चालनका लागि संस्थागत क्षमता विकास नगर्ने,  ठेक्कापट्टामा कमिसनखोरी गर्ने, ठेकेदारसँग मिलेर काम ढिला गर्ने र लागत बढाउने जस्ता केन्द्रमा देखिएका रोग नबल्झाउने हो भने उनीहरुले आफ्ना बाचा पुरा गर्न सक्छन्। यस्ता रोगप्रति स्थानीय तहका अधिकारी पहिलो बर्षदेखि नै सचेत भएनन् भने त्यसले संघियता नै कमजोर गराउँछ।
त्यस्तो अवस्था आए स्थानीय तहलाई अधिकार दिँदा झन् काम नहुने रहेनछ भनेर फेरि केन्द्रले खोस्ने संभावना पनि रहन्छ।
अहिले स्थानीय सरकार १५ बर्षपछि गठन हुँदैछ। १५ बर्ष अघिको सरकार यति धेरै शक्तिशाली र स्रोत साधनयुक्त थिएन। चालु आर्थिक बर्षकै कुरा गर्दा पनि एउटा गाविसमा अधिकतम ३० लाख रुपैयाँ रकम गएको थियो। अहिले त्यस्ता ४/५ वटा गाविस मिलेर बनेको गाउँपालिकामा कम्तिमा १० करोड जाने अवस्था आएको छ।
अहिलेसम्म ३०/४० लाख रुपैयाँको बजेट बनाउँदै आएका स्थानीय निकायले कम्तिमा पनि १२/१३ करोडको बजेट बनाउनेछन्। त्यसमाथि विद्यालय सञ्चालन, सडक , सिंचाइ लगायत बिभिन्न शीर्षकमा थप रकम समेत आउनेछ। त्यसैले स्रोत साधन सम्पन्न गाउँपालिकाको तहमा ५०/६० करोडसम्मको बजेट बन्न सक्ने अवस्था छ। यति ठूलो आकारको बजेट र कार्यक्रम नव निर्वाचित जनप्रतिनिधीले कार्यान्वयन गर्न सक्नु होला कि नहोला? यसको प्रतिफल आम नागरिकलाई दिन सक्नु होला कि नहोला? पैसा दुरुपयोग पो होलाकी? भन्ने चुनौती पनि छ।
यदि उहाँहरुले चुनावी बाचा बमोजिम स्थानीय तहले पाएको अधिकार उपयोग गर्न सक्षम छौँ भन्ने प्रत्याभूती दिलाउन सक्नु भयो भने नेपालको लोकतन्त्र नै थप बलियो हुनेछ। गणतन्त्रमा साँच्चिकै हाम्रो सम्बृद्धिको बाटो खुल्दो रहेछ भनेर जनता थप आश्वस्त हुनेछन्।
म बजेटले स्थानीय तहलाई दिएको अधिकारमा नकारात्मकभन्दा सकारात्मक संभावना नै बढि देख्छु। यो संभावना किन पनि प्रवल छ भने चालु बर्षसम्म स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी थिएनन्। कर्मचारीको हातमा अधिकार थियो। उनीहरुले राजनीतिक दलका केही नेतालाई रिझाएर मन लागेको गर्थे। तर, अहिले स्थानीय तहमा गठित कार्यपालिका र व्यवस्थापिका दुबैमा एउटै दलको बर्चश्व भनेको भक्तपुर नगरपालिका बाहेक अन्यत्र सायदै होला।
प्रायः सबै गाउँ र नगरपालिकामा दुई वा दुईभन्दा बढि दलका प्रतिनिधी निर्वाचित भएर आएका छन्। त्यसैले अब कुनै एक दलको चाहनामा मात्र स्थानीय तह चल्न सक्दैन।
यदि जनप्रतिनिधिहरुले चुनावी बाचा बमोजिम स्थानीय तहले पाएको अधिकार उपयोग गर्न सक्षम छौँ भन्ने प्रत्याभूती दिलाउन सक्नु भयो भने नेपालको लोकतन्त्र नै थप बलियो हुनेछ। गणतन्त्रमा साँच्चिकै हाम्रो सम्बृद्धिको बाटो खुल्दो रहेछ भनेर जनता थप आश्वस्त हुनेछन्।
निर्वाचन नहुँदा मिलोमतोमा स्थानीय स्रोत खर्च गर्दै आएका राजनीतिक दलबीच प्रतिश्पर्धी सोच सुरु हुन्छ। हिजो जो उम्मेद्वार हारेको हो, उ पाँच बर्षसम्म स्थानीय तहका हर गतिविधीमा प्रश्न उठाएर अर्को पटकको चुनाव जित्ने ध्याउन्नमा रहन्छ। अहिले निर्वाचित जनप्रतिनिधीले राम्रो काम गरे कि गरेनन् भनेर उसले सधैँभरी हेरिरहन्छ र केही दायाँ बायाँ भए सार्वजनिक बहसमा ल्याइहाल्छ। त्यसैले बहालवाला पदाधिकारीले हम्सेसी स्रोत दुरुपयोगको हिम्मत गर्न सक्दैनन्।
अर्कोतिर अब सर्वसाधारणको निगरानी पनि बढ्छ। पहिला स्थानीय तहमा बढिमा २०/३० लाख रुपैयाँ जाँदा सर्वसाधारण जनताले पनि खासै चासो दिँदैनथे। तर, अब ठूलो बजेट गएसँगै उनीहरुले पनि जनप्रतिनिधीबाट जवाफ खोज्न थाल्नेछन्। उनीहरुले छिमेकी गाउँ या नगरपालिकासँग तुलना गरेर आफ्नै ठाउँमा फराकिलो बाटो,  टाउन हल, बालबच्चा खेल्ने सार्वजनिक स्थान, बृद्धाश्रम आदिको माग गर्न थाल्छन्। माग मात्र होइन गुणस्तरीय काम भयो कि भएन भनेर निगरानी पनि गर्छन्।
त्यसबाहेक अधिकार गुमाएका मन्त्रालयहरुको ध्यान पनि स्थानीय तहमै हुनेछ। आफ्नो हातबाट पैसा र निर्णय गर्ने अधिकार गुमेपछि मन्त्रालयका पदाधिकारीले स्थानीय तहबाट राम्रो काम भए/नभएकोमा तिब्र चासो दिनेछन्। यसले पनि स्थानीय तहका पदाधिकारीलाई थप जिम्मेवार बनाउनेछ।
बजेटमा नयाँ के?
निर्वाचन आचार संहिताका कारण यो बजेटले नीतिगत रुपमा नयाँ व्यवस्था नगरे पनि नयाँ कार्यक्रमहरु परेका छन्। जस्तो अत्तरिया-धनगढी सडक छ लेन बनाउने भन्ने बारे यसअघि कहिल्यै उच्चारण गरिएको थिएन। कोटेश्वरमा एयरपोर्टको पार्किङ वे विस्तारका लागि सुरुङ मार्ग बनाउने योजना पनि नयाँ हो।
स्थानीय तह चुनावमा उम्मेद्वार बन्दा जनप्रतिनिधीले जुन किसिमको बाचा गरेका थिए, बजेटले उनीहरुलाई आफ्नो बाचा पुरा गर्ने अवसर प्रदान गरेको छ। कुनै उम्मेद्वारले आफ्नै ठाउँमा अन्तर्राष्ट्रिय स्तरको शहर बनाउँछौँ भनेका छन् भने कसैले वातावरणमैत्री गाउँ बनाउँछौँ भनेका छन्। सडकदेखि खानेपानीसम्मको सुलब व्यवस्थापन सबै जनप्रतिनिधीको चुनावी एजेण्डामा सुनिन्थ्यो।
त्यस बाहेक राष्ट्रिय गौरवका आयोजना अघि बढाउन एवं सम्पन्न गर्न आवश्यक रकमको व्यवस्था बजेटले गरेको छ। मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, निजगढ सहित तीनवटा एयरपोर्टका लागि आवश्यक रकम बिनियोजन भएको छ। त्यस्तै सिक्टा, भेरी बबइ, रानी जमरिया जस्ता ठूला सिञ्चाइ आयोजनाका लागि छुट्याइएको रकम पनि खर्च गर्ने क्षमताका आधारमा सन्तोषजनक नै हो।
परारसम्म बजेटमा रोगजारीको लक्ष्य राख्ने चलन थिएन। पोहोरदेखि आर्थिक बृद्धिदर र मूल्यबृद्धिसँगै रोजगारी लक्ष्य पनि राखियो। त्यस अनुरुप यो बजेटमा चालु आर्थिक बर्षको आर्थिक बृद्धि र मूल्यबृद्धिको प्रगति दर पेश गरियो तर रोजगारी लक्ष्यमा हासिल उपलब्धि बारे उल्लेख गरिएको छैन।
अर्को तर्फ यो बजेटमा पनि एक लाख स्वरोजगार र चार लाख रोजगारी सिर्जना गर्ने भनिएको छ। गत बर्षको बजेटमा राखिएको लक्ष्यको प्रगति विवरण विना यो लक्ष्य ठिक हो कि होइन भनेर भन्न सक्ने अवस्था भएन।
The post गाउँ र नगरमा अब यस कारण पनि विकासको मूल फुट्छ, पूर्व सचिव रामेश्वर खनालको विश्लेषण appeared first on BIZMANDU.
मतदान भावी जीवनका लागि किन अमूल्य छ?,रामेश्वर खनालको लेख
आशा गरौं निर्वाचन पछि जो सुकै निर्वाचित होस्, केन्द्रको निगाह प्रति नतमस्तक हुने छैनन्। आममतदाता प्रति उत्तरदायी हुनेछन् र माथिबाट आउने आदेश मानेर होइन संविधानका धारा टेकेर स्थानीय तहको अधिकार प्रयोग गर्ने छन्। संघीयताको मूल जग मजबुत बनाउने छन्
आज बिहान ७ बजेदेखि प्रदेश नम्बर ३, ४ र ६ का १०० नगरपालिका र १८३ गाउँपालिकाको निर्वाचनका लागि ४,०६० मतदान स्थलका ७,३११ मतदान केन्द्रमा ४९ लाख ५६ हजार ९२५ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन्। ४९ हजार ३३७ उम्मेदवार स्थानीय व्यवस्थापिकाका १३ हजार ५५६ पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन्, जसमध्ये ३९.१८ प्रतिशत महिला उम्मेदवार छन्।
बीस वर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ। लोकतन्त्र स्थापनाको पहिलो जनआन्दोलनका बेला जन्मिएका युवाहरूले आफ्नो जीवनको २८ औं वर्षमा पहिलो पटक स्थानीय निर्वाचनमा मत खसाल्ने छन्। दुर्भाग्यवस, एक दशक लामो शसस्त्र द्वन्द्व,  त्यसपछिको अस्थिरता र अनिश्चयको कारण संकुचित गार्हस्थ्य श्रम बजारले अवसर नदिएर विदेशिएका यही समूहका लाखौँ युवा यस पटकको ऐतिहासिक निर्वाचनमा आफ्नो मताधिकारबाट बन्चित हुनेछन्।
नेपालको ७० वर्ष लामो संवैधानिक इतिहासमा “निगाहले दिएको संबिधान” अन्तर्गत २०५४ सालसम्म पटक-पटक स्थानीय निकायको निर्वाचन भयो। ती स्थानीय निकाय एकात्मक शासन प्रणालीका एक साधारण इकाईहरू मात्र थिए। यस पटकका स्थानीय निकायहरू राज्यशक्ति सम्पन्न र संविधानत स्वायत्त हुन्।
जनताले चुनेको संविधान सभाले बनाएको पहिलो संविधान हो २०७२ को संविधान! यो संबिधानको भाग ५ मा राज्यको संरचना र राज्यशक्तिको बांडफांड स्पष्ट पारिएको छ। आधुनिक नेपालको इतिहासमा पहिलो पटक राज्यशक्तिको बांडफांड तीन तहमा गरिएको छ।
धारा ५६ को उपधारा (१) को वाक्य, “संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ।”ले स्थानीय तह नेपाली गणतन्त्रको जग, राज्यशक्तिको प्रयोग गर्ने एउटा महत्वपूर्ण इकाई मानेको छ।
यस अघिका कुनै पनि निगाहका संविधानले अरू नै मूल प्रसंगमा स्थानीय निकायको नाम घुसाउने बाहेक संवैधानिक हैसियत र अधिकार दिएका थिएनन्।
२०७२ को संविधानको भाग १७, १८, १९ र अनुसूची ८ पूर्णत स्थानीयतह सँग सम्बन्धित छन् भने भाग ५ र अन्य भाग तथा अनुसूचीहरूमा संघ, प्रदेश र स्थानीय तह बीचको अन्तरसम्बन्धका प्रावधान छन्।
राज्यशक्ति नारायणहिटीबाट स्थानीय तहमा पुगेको छ। घोषणा पहिले भए पनि आजदेखि नारायणहिटी  यथार्थमा संग्रहालय बनेको छ!
शक्तिशाली स्थानीय तहको निर्वाचनमा आज नागरिकले आफ्नो मताधिकार मात्र होइन, विवेक प्रयोग गर्ने छन्। राज्यशक्तिको प्रयोग नागरिकको हितका निमित्त गर्न कटिवद्ध, इमान्दार नेतृत्व छान्ने छन्।
यो निर्वाचनको तयारीको क्रममा थुप्रै आशंकाहरू उब्जिए। हुन्न कि भन्ने आशंका थियो। हिजो साँझसम्मको दृश्यले त्यो पुरै हटेको मात्र होइन, दोस्रो चरणमा निर्वाचन हुने भनेर तय गरिएका प्रदेशका नागरिक पनि राज्यशक्ति स्थानीय तहलाई भोग गर्न आतुर देखिन्छन्।
निर्वाचनको तयारी हुँदै गर्दा संघियता र समावेशी सोंच व्यवहारमा लागू हुन्छ कि भन्ने अनुमान थियो। तर मुलधारका राजनीतिक दलहरूले यसलाई पुरै लत्याईदिए। उम्मेदवारको चयन राज्यशक्ति जहाँ छ, त्यहिँ हुनु पर्थ्यो। प्राय सबै राजनीतिक दलहरूले संघियता आफ्नो बपौती ठाने। पार्टी केन्द्रले उम्मेदवार छान्यो। शायद केन्द्रले तलको पनि कुरा सुनेर “निगाह” गर्यो होला। यो निगाहले समावेशिता पुरै बिर्स्यो।
दलहरूले निर्वाचन घोषणापत्र केन्द्रबाट जारी गरे। ठूला राष्ट्रिय योजनाहरू, महत्वाकांक्षी सपनाहरू पस्के। राज्यशक्ति सम्पन्न स्थानीय तह आफ्नो गाउँ, नगरको सामाजिक, साँस्कृतिक, आर्थिक विकास र पर्यावरणीय संरक्षण तथा सम्वर्धनका योजना तयार गर्न, आफ्नो गाउँ-ठाउँको समृद्धिका बारेमा सपना देख्न सक्षम छैन भन्ने संदेश दिए।
आफैले बनाएको संविधानको मर्म पनि बुझेनन्!
आशा गरौं निर्वाचन पछि जो सुकै निर्वाचित होस्, केन्द्रको निगाह प्रति नतमस्तक हुने छैनन्। आममतदाता प्रति उत्तरदायी हुनेछन् र माथिबाट आउने आदेश मानेर होइन संविधानका धारा टेकेर स्थानीय तहको अधिकार प्रयोग गर्ने छन्। संघीयताको मूल जग मजबुत बनाउने छन्।
अब स्थानीय तह केन्द्र सरकारका मन्त्रालयको परिपत्रबाट शासित हुने छैनन्। संविधानको भाग १७ ले स्थानीय कार्यपालिकाको अधिकारको प्रबन्ध गरेको छ। भाग १८ मा स्थानीय व्यवस्थापिकाको अधिकार र भाग १९ मा स्थानीय आर्थिक प्रणाली सम्बन्धी व्यवस्थाहरू छन्।
स्थानीय व्यवस्थापिकाले आफ्नो नगरपालिका वा गाउँपालिकाको बजेट निर्माण गर्ने छन्। हाम्रो नगर, हाम्रो गाउँमा कस्तो विकास हुने भएछ भनेर केन्द्रीय बजेट सुन्नु पर्ने र राष्ट्रिय योजना आयोगले प्रकाशन गर्ने वार्षिक कार्यक्रमको भाग-२ को किताब कुर्नु पर्ने दिन अन्त्य भए। स्थानीय व्यवस्थापिकामा बजेट प्रस्तुत हुने दिन गाउँ-नगरवासीको चासो रहनेछ।
गाउँ-नगरको शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यावरण संरक्षण, प्राकृत्तिक स्रोतको उपयोग, सरसफाई, पर्यटन, अपराध नियन्त्रण, वालवालिका, महिला, फरक क्षमता भएका व्यक्ति, विपन्न वर्गको हित संरक्षण जस्ता विषयमा स्थानीय व्यवस्थापिकाले कानून निर्माण गर्न सक्छ। स्थानीय कार्यपालिकाले आफ्नो गाउँ-नगरलाई रमणीय बनाउने सपना कार्यान्वयन गर्न सक्छ।
संबिधानको अनुसूची ८ ले घरजग्गा धनी पुर्जा वितरण गर्ने अधिकार स्थानीय तहलाई दिएको छ। मठमन्दिर, विद्यालयका जग्गा, सार्वजनिक जमिन केन्द्र सरकारका मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा खुसुक्क व्यक्तिगत नाममा दर्ता भए जस्तो अब सम्भव पक्कै हुनेछैन। आफ्नो गाउँ-नगरको नदी किनार, सार्वजनिक जग्गा र जंगलमा हुकुमबासी वा सुकुमबासीलाई अतिक्रमण गर्न स्थानीय कार्यपालिकाले पक्कै दिनेछैन।
केन्द्रले सुकुमबासी आयोग गठन गर्ने र सार्बजनिक जग्गा अतिक्रमण गरेर बसेका हुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने युग अब यो निर्वाचन पछि समाप्त हुन्छ।
अब आफ्नो गाउँ-ठाउँमा केन्द्रबाट अनुमतिपत्र लिएर गाउँलेलाई थर्काउँदै जथाभाबी ढुंगा-गिट्टी निकाल्ने, मानवबस्ती तथा खेतीपाती ध्वस्त गर्ने काम स्थानीय कार्यपालिकाले पक्कै गर्न दिनेछैन। संवेदनशील चुरे क्षेत्र स्थानीय कार्यपालिकाहरूले आफ्ना नागरिकको सुरक्षित जीवन प्रणालीको लागि आवश्यक भनेर अतिक्रमणकारीहरूबाट बचाउने छन्।
नगरपालिकाहरूमा बालबालिकाहरूलाई खेलकुद र व्यक्तित्व विकासका लागि खुला ठाउँ, चाहिन्छ। ज्येष्ठ नागरिकलाई साँझ बिहान घुमफिर गर्ने, सुस्ताउने खुला ठाउँ चाहिन्छ। दैवी तथा मानवसिर्जित विपत्तिका बेला ठुलो संख्यामा मानिसहरूलाई सुरक्षित राख्न खुला ठाउँ चाहिन्छ। अब नगरपालिकाहरूले हराएका, कब्जा गरिएका सार्वजनिक जग्गा खोज्ने छन्। नदी किनारको अतिक्रमण हटाउने छन् र नागरिकको स्वस्थ जीवनका लागि नदी तथा पानीका स्रोतहरू सफा राख्ने छन्।
यो महज कल्पना र सदिच्छा होइन। यो निकट भविष्यको यथार्थ हो। केही नेतृत्व चुक्लान, केही नेतृत्वमा पुरानो लतले नछोड्ला, केही कमजोर होलान् तर यो संविधानले नागरिकलाई स्थानीय व्यवस्थापिका र कार्यपालिकाबाट निश्चित सेवा सुविधाहरू पाउने हक दिएको छ। जुन उनीहरूले दाबी गर्नेछन् र नेतृत्वलाई कमजोर हुने वा चुक्ने वा पुरानो लतको शिकार हुने सुविधा  मुस्किलले रहन्छ।
यो संविधान बनेको करिब २० महिनाको अवधिमा, संविधान पूर्ण रूपमा कार्यान्वयनमा नआउँदै कतिपय नयाँ घोषणा गरिएका नगरपालिकाहरू र उदीयमान गाउँपालिकाहरूमा स्थानीय करका दरहरू बढाउने एउटा लहर चलेको छ। वार्षिक ३० रुपैयाँ घरजग्गा कर (मालपोत) तिरिरहेको ठाउँमा ३,००० रुपैयाँसम्म पुर्याइएको छ। नागरिकले तिरेका छन्। बदलामा गल्ली-गल्ली पिच भएका छन्। सामुदायिक विद्यालय, महाविद्यालय हेर्न लायक भएका छन्।
सार्वजनिक चौरपार्क वा खेलकुद मैदानमा बदलिएका छन्। स्थानीय सहमतिमा अतिक्रमण हटेको छ। सिमसार, पोखरी, ताल तलैया संरक्षण भएको छ। पिकनिक स्थल बनेका छन्। स्थानीय संस्कृति संरक्षण गरिएको छ। करभार बढे पछि स्थानीय पूर्वाधारको गुणस्तर पनि राम्रो भएको छ। आफुले तिरेको कर सदुपयोग हुनुपर्छ भनेर नागरिकले ठेकेदारको काम भनेर छोडेका छैनन्। गिट्टी कस्तो ल्यायो, सिमेन्ट कति हाल्यो भनेर हेरेका छन्।
नयाँ संविधानले दिएको अधिकार प्रयोग गर्ने रिहर्सल जस्तै भएको छ!
आउने दिनमा स्थानीय तहले आफ्नो क्षेत्रमा निश्चित विषयमा राजस्व नीति तय गर्ने संवैधानिक अधिकार प्रयोग गर्ने छन्। केन्द्र र प्रदेशले उठाएको राजस्व पनि बांडफांड हुने छ र स्थानीय तहसंग अहिलेभन्दा बढी आर्थिक स्रोत हुनेछ। संबिधानले स्थानीय तहलाई संघीय कानून अन्तर्गत रहेर ऋण उठाउने अधिकार, घाटा बजेट बनाउने अधिकार पनि दिएको छ। अग्रणी नगरपालिकाहरूले भविष्यको राजस्व पहिले नै प्रयोग गरेर ठुला र आय आर्जन हुने पूर्वाधारमा लगानी गर्नेछन्।
अब अपराधी संरक्षण गरेर राजनीति गर्न स्थानीय तहमा निश्चित रुपमा गार्हो हुन्छ। गाउँ नगरको विकास र रोगजारी सिर्जना गर्न स्थानीय कार्यपालीकाले उद्योगी व्यवसायी र लगानीकर्तालाई आकर्षण गर्नैपर्छ। जसले व्यवसायीक सुरक्षा र न्यूनतम पूर्वाधार दिन सक्छ लगानीकर्ता तिनै नगरपालीका वा गाउँपालीकाहरुमा जानेछन्। त्यसैले अब विगतमा उद्योगीले जग्गा खोज्दा झमेला व्यहोर्नु परेजस्तो पक्कै हुनेछैन।
The post मतदान भावी जीवनका लागि किन अमूल्य छ?,रामेश्वर खनालको लेख appeared first on BIZMANDU.
अस्थिरताले देश विगारेको मात्र छ? रामेश्वर खनालको नजरमा अस्थिरताले ल्याएका दुई सुखद परिणाम
राजनीतिक दलसँग सहकार्य गर्ने क्रममा केहीको घोषणापत्र एवं केहीको आर्थिक नीति लगायत दस्तावेज तयार गर्दा नेपालको आर्थिक प्रारुपबारे साढे ४०० बर्ष अवधिमा प्रकाशित बिभिन्न किताब र अध्ययनबाट निष्कर्ष निकाल्ने प्रयास गरेको थिएँ। हाम्रो आर्थिक इतिहास त्यही गहन रुपले लेखिएको छैन। कतिपय अवस्थामा साहित्य, कतिपय अवस्थामा कथा एवं अन्य सिर्जना मार्फत त्यसबेलाको समाज र अर्थतन्त्र अध्ययन गर्नु पर्ने हुन्छ।
हामी एक्सट्रिम पोलिटिकल स्टेबिलीटीको अवस्थाबाट गुज्रँदै यहाँसम्म आइपुगेका हौँ। सबैभन्दा राजनीतिक स्थायित्व राणाकालको १०४ बर्षमा थियो। त्यो बेला कुनै दंगा फसाद थिएन। गाउँमा कुनै समस्या भयो भने सहयोग माग्न जिल्ला सदरमुकाम या केन्द्रमानै आइपुग्नु पर्थ्यो।
यस्तो कालखण्डमा पनि आर्थिक गतिविधी भने अत्यन्त न्यून थियो। सोही कारण अहिलेजस्तै मुलुक छोडेर कामको खोजीमा बाहिर जाने क्रम उच्च थियो। सन् १९१० देखि १९५० सम्म आसाममा नेपालीहरुको संख्या अत्याधिक मात्राले बढेको थियो भन्ने तथ्याङ्क तात्कालिन ब्रिटिस इन्डियाले तयार पारेको लिखित रिपोर्टमा उल्लेख छ।
यसले जसरी अहिले हामी रेमिटेन्स र माइग्रेसनले निम्त्याउने समस्याबारे कुरा गर्छौँ त्यस्तो अवस्था त्यो बेला पनि थियो भन्ने दर्शाउँछ। उनीहरु त्यहाँ जानुको मुल कारण कामको खोजी नै थियो। यहाँ बिलखबन्दमा परे पछि या पहिरोले गाउँ छाड्नु परेपछि नेपालीहरु फिजीसम्म पुगेका थिए। बंगलादेशमा अहिले पनि दुई लाख माथि नेपाली छन्।
त्यसैले अत्यन्तै राम्रो राजनीतिक स्थायित्व रहँदा पनि उक्त चरणमा हाम्रो आर्थिक विकास हुन सकेन। र, मानव विकासको अवस्था अत्यन्त न्यून रह्यो।
त्यसपछि पनि पञ्चायतकालमा त्यस्तै स्थायित्व थियो। जनता राज्यबाट केही पनि चाहँदैन थिए। सरकारले रेडियो बाँड्थ्यो। जनता त्यो समेत लिन हिच्किचाउँथे। त्यसरी राजनीतिक स्थायित्व भए पनि उक्त कालखण्डमा समेत हाम्रो आर्थिक बृद्धि धेरै न्यून रह्यो। सन् १९७० को दशकपछि सरकारले केही आर्थिक स्वतन्त्रता दिन थाल्यो। त्यसको परिणाम स्वरुप वित्तिय संस्थाहरुको केही हदसम्म विकास हुन पुग्यो।
नेपालको इतिहास केलाउँदा मल्लकालिन अर्थतन्त्र सबैभन्दा राम्रो देखिन्छ। तात्कालिक कविता,  कथाहरुमा गरिएको वर्णनको आधारमा पनि त्यसबेलाको मानव विकास समेत धेरै राम्रो रहेको बुझ्न सकिन्छ। हाम्रो अन्तर्राष्ट्रिय व्यापार पनि त्यस बेला यो क्षेत्रकै राम्रो थियो। पश्चिममा पाकिस्तानको भूमी देखि पूर्वको म्यानमारसम्म हेर्दा हामी अन्तर्राष्ट्रिय व्यापारमा अग्रणी थियौँ। त्यही व्यापारको कारण काठमाडौं उपत्यका सम्बृद्ध थियो।
राजनीतिक अस्थिरता कायम रहँदा पनि आर्थिक स्वतन्त्रतामा हस्तक्षेप भएन भने आर्थिक गतिविधीको विस्तारमा अवरोध नहुने पुष्टि भइ सकेको छ। त्यसैले राजनीतिक अस्थिरता या सरकार परिवर्तन मात्र समस्या होइन। तर, सरकार परिवर्तन हुँदा जुन सहजतापूर्वक व्यवसायीले व्यवसाय गर्न पाउनु पर्ने हो, त्यो पाउँदैनन्।
कुनै पनि वहानामा व्यक्तिले आफुले चाहेको पेशा, व्यवसाय या उद्यम गर्ने अवस्था कुण्ठित हुन्छ भने त्यसले आर्थिक गतिविधीलाई सुस्त बनाइदिन्छ। आर्थिक बृद्धिको दरलाई संकुचित गरिदिन्छ। नेपालमा राजनीतिक परिवर्तन पछि व्याप्त भयको वातावरणले पनि आर्थिक गतिविधीलाई संकुचित बनाएको हो। उग्र वामपन्थी पृष्ठभूमीबाट आएका राजनीतिक दलले आर्थिक कृयाकलापमा अंकुश लगाउने हुन् की भनेर डरले समेत धेरै व्यवसायीले लामो सयमसम्म लगानी गर्ने हिम्मगत गरेनन्। बाह्य लगानीकर्ताले पनि सोही कारण डराए।
सँगसँगै राजनीतिक अस्थिरतामा हामीले सधैं सार्वजनिक संस्थालाई कमजोर बनाउँदै आयौँ। राजनीतिकको हरेक कालखण्डमा सार्वजनिक संस्था माथि प्रहार गरेका छौँ। सार्वजनिक संस्था कमजोर नभएको अवस्थामा राजनीतिक अस्थिरताकै बीच पनि राम्रो आर्थिक बृद्धि हासिल भएको उदाहरण विश्वमा छन्।
हामीकहाँ सार्वजनिक संस्था दुई कारणले कमजोर भए। एक, अहिले भइ रहेका राजनीतिक दलहरुको जुन संरचना छ, त्यो सरकार सञ्चालन गर्ने खालको नभइ राज्यसत्ता गिराउने प्रकृतिको मात्र छ। सत्ता गिराउने संरचना भएको दलको ध्याउन्न सार्वजनिक संस्था कमजोर पार्नमा हुने नै भयो। पञ्चायत बिरुद्ध गर्दा होस् या राजनन्त्र विरुद्ध आन्दोलन गर्दा होस्, पुलिसलाई ढुङ्गा हान्नै पर्छ भन्ने मानसिकता थियो र आज पनि त्यो संरचना कायम छ।
सार्वजनिक संस्था धरासायी नबनाइ आफ्नो राजनीतिक अभिष्ट पुरा हुन सक्दैन भन्ने बुझाइको कारण यहि नै हो। प्रतिपक्षमा हुँदा सार्वजनिक संस्था तारो हुने नै भए। आन्दोलनकारीको संरचनामा चलेका दलले सत्तामा जाँदा समेत सरकार कसरी संचालन गर्ने भन्ने ठोस अवधारणा बनाउँदैनन्। त्यसको परिणाम स्वरुप तिनै सार्वजनिक संस्थामा प्रहार गरिन्छ। कर्मचारी नियुक्ती एवं जिम्मेवारी तोक्ने क्रममा सक्षम या योग्य भन्दा आफुप्रति वफादारको छनौट गरिने कारण त्यही हो। अहिले ‘राइट म्यान इन राइट प्लेस’ को अभाव भयो भनेर अन्तर्राष्ट्रिय जगतमानै चर्चा हुन थालेको छ। यीनै कारण सार्वजनिक संस्था झन् झन् कमजोर हुँदै गए। नेपालको विकासको गति कमजोर हुँदै जानुको कारण यही हो।
तर, नेपालको राजनीतिमा पछिल्लो कालखण्डमा देखिएको अस्थिरताले केही अत्यन्त सकारात्मक नतिजा पनि दिएको छ। जस्तो जुनसुकै पृष्ठभूमीका दल सत्तामा पुगे पनि मुलुभूत नीतिमा परिवर्तन आएन। अहिले अमेरिकामा डोनाल्ड ट्रम्पले सबै कुरा उल्टाउन खोजेजस्तो यहाँ कसैले पनि नीतिमा प्रहार गरेनन्। वैदेशिक व्यापार देखि लगानी नीतिसम्म यथावत रह्यो। बरु सबैले सकेसम्म एक/दुईटा इँटानै थप्ने काम गरे।
कागजमै भए पनि कायम नीतिगत स्थायित्वले एउटा आशाको संचार गरायो। तर, नीति भनेको कागजमा मात्र भएर हुने कुरा होइन। त्यसलाई कार्यान्वयन गरेर प्रतिफल उन्मुख गराउनु पर्ने सार्वजनिक संस्थालाई भने यो अस्थिरताले नराम्रोसँग अपाङ्ग बनायो। यो व्यवहारिक प्रतिकुलता बाहेक अस्थिरताले हामीलाई नीतिगत रुपमै उल्टो दिशामा भने हिँडाएन।
अर्को आशा गर्ने ठाउँ भनेको हाम्रो मानव विकास नै हो। लामो अस्थिरता कारण आर्थिक बृद्धि शुसुप्त भए पनि मानवीय विकास र चेतनामा हामी धेरै अघि पुगेका छौँ। सबैभन्दा धेरै अस्थिरता भएको कालखण्डमै हामीले मानव विकास सुचकांकमा ठूलो छलाङ मार्न सफल भयौँ। त्यो कसरी संभव भयो त? हामी बेला बेला रेमिटेन्सको कारण उक्त सफलता पाएका पनि भन्छौँ। तर, त्यो होइन। पैसाले मात्र ‘कन्ट्रिव्युट’ गर्ने भए त राणा कालमा त्यत्रा जमिनदार थिए, नेपालको अवस्था अर्कै हुनुपर्ने थियो।
यसको कारण हो ‘अवायरनेस’। यो राजनीतिक अस्थिरताले चेतना प्रवाहमा ठूलो काम गरेको छ। छोराछोरीलाई विद्यालय पठाउने देखि घरमा शौचालय बनाउने सम्मको चेत यहि राजनीतिक परिवर्तनले ल्याएको हो। त्यसैले हामीले विश्वमै उदाहरणीय मानव विकास हासिल गर्न सक्यौँ।
पूर्व सचिव खनालले त्रिभुवन विश्वविद्यालय स्थित सेडाले आयोजना गरेको राजनीतिक अस्थिरता र आर्थिक विकास सम्बन्धी कार्यशालामा ब्यक्त विचार।
The post अस्थिरताले देश विगारेको मात्र छ?  रामेश्वर खनालको नजरमा अस्थिरताले ल्याएका दुई सुखद परिणाम appeared first on BIZMANDU.