वैदेशिक रोजगार व्यवसायी अध्यक्षविरुद्ध खनिए, आइतवार भेला

बिजमाण्डू
२०६९ असोज ४ गते ००:०० | Sep 20, 2012
वैदेशिक रोजगार व्यवसायी अध्यक्षविरुद्ध खनिए, आइतवार भेला


काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले संघलाई एकलौटी तवरले लैजान खोजेको भन्दै आइतबार व्यवसायिक भेला बोलाइएको छ । संघका अध्यक्षले आफुखुशी निर्णय गरेको, व्यवसायीलाई बदनाम गराएको लगायतका आरोप लगाउँदै भेला बोलाइएको हो ।
व्यवसायीका अनुसार भेलामा अध्यक्ष तामाङले आफुले विगतमा गरेको गल्तीका बारेमा क्षमायाचना नगरेर अविश्वासको प्रस्ताव ल्याएर हटाउने निर्णय भेलाबाट हुनेछ ।
पहिला हामी तामाङलाई विगतमा गरेको गल्तीको क्षमायाचना गर्दै व्यवसायीको पक्षमा काम गर्ने प्रतिवद्धता गरेमा अविश्वास प्रस्ताव आउदैन, ती व्यवसायीले भने, उनले गल्ती सच्याउने प्रतिवद्धता नगरे अविश्वासको प्रस्ताव आउनेछ । उनका अनुसार दुई तिहाई व्यवसायी वर्तमान अध्यक्षका विरुद्धमा रहेका छन् । तर तामाङ भने व्यवसायीको हित विपरित आफु नगएको भन्दै संस्थागत रुपमा कामदार पठाउनेलाई सवल बनाएको दावी गर्दै आएका छन् ।
म्यानपावरबाट कामदार पठाउने व्यवस्थालाई बलियो बनाउने काम गरेको छु । व्यक्तिगत कामदार रोकेर म्यानपावरबाटै पठाउने व्यवस्थालाई सघाएको हो, उनले सार्वजनिक रुपमा भन्ने गरेका छन्, यसले दीर्घकालिन रुपमै संस्थागत कामदार पठाउनेलाई फाइदा गर्छ । राम्रो काम गर्दा पनि अविश्वासको प्रस्ताव आए सहन तयार छु ।

Tata
GBIME