
काठमाडौं । जे वाल्टर थम्सन (जेडब्लुटी) दक्षिण एशियाको प्रमुख कार्यकारी अधिकृतमा कोल्भिन ह्यारिस नियुक्त भएका छन् । उनले थम्सन नेपालको जिम्मेवारी पनि हेर्नेछन् । कोल्भिनलाई जेडब्लुटीले भारत, श्रीलंका र नेपालको व्यापार हुर्ने गरी प्रमुख कार्यकारी अधिृकत तोकेको हो ।
उनले जेडब्लुटि वल्र्डवाईडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बब जेफरीलाई रिपोर्ट गर्नेछन् । थम्सन विश्वव्यापी र ठूलो विज्ञापन एजेन्सि हो । कोल्भिन यस अघि जेडब्लुटी भारतका प्रमुखका कार्यकारी अधिकृत थिए । जेडब्लुटिले भारतमा कन्ट्रयाक्ट एडभरटाइजिङ, हङ्गमा डिजिटल सर्भिस, जेडब्लुटी, र इभेन्ट म्यानेजमेन्ट कम्पनी इन्कोमपास सञ्चाल गर्दैछ । नेपालको थम्सन नेपाल पनि जेडब्लुटीको हिस्सा हो ।
व्यवस्थापन परिवर्तन हुँदा कोल्भिनको बढुवा भएको कम्पनीले जारी विज्ञप्तिमा छ । दक्षिण एशिया र ग्रेटर चाइनका प्रमुख कार्यकारी अधिकृत टम डक्टर्फलाई जेडब्लुटी एशिया प्याशिफिकको पनि जिम्मेवार थपिएको छ । उनले पाकिस्तान, अष्ट्रेलिया र न्युजिल्याण्डको जिम्मेवारी पनि हेर्नेछन् ।