
काठमाडौं । संस्थागत व्यवसायलाई धरासायी बनाएको आरोप लगाउँदै म्यानपावर व्यवसायीले आज वैदेशिक रोजगार विभाग घेर्ने भएका छन् । नेपाल वैदेशिक रोजगार लोकतान्त्रिक फोरमले ११ बजे तिनकुनेमा रहेको विभाग घेराउ गर्न लागेका हुन् ।
‘विभागले संस्थागत व्यवसायीलाई कामै गर्न नसक्ने परिस्थिती सिर्जना गरिदियो । विभागको निर्णय विरुद्धमा नगए व्यवसाय नै समाप्त हुने देखिएकाले घेराउ गर्न लागेका हौ,’ फोरमका सचिव प्रज्ञान न्यौपानेले भने ।
फोरमले विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई संस्थागत व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन आग्रह गर्दै ज्ञापनपत्र समेत बुझाउँदैछ ।