खेतान आफ्नै निर्णयबाट ‘व्याक’, कम्पनी होइन बीमालेख जारीमा रोक लगाएको जवाफ

बिजमाण्डू
२०६९ असोज १ गते ००:०० | Sep 17, 2012
खेतान आफ्नै निर्णयबाट ‘व्याक’, कम्पनी होइन बीमालेख जारीमा रोक लगाएको जवाफ

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले कम्पनी बन्द गर्ने कुनै निर्णय नभएको भन्दै आफ्नो बचाउ गरेको छ । विमा समितिले कम्पनी बन्दको निर्णय बारे तीन दिने स्पष्टीकरण सोधेपछि कम्पनीले औपचारिक रुपमा दावी भुक्तानी घटाउनका लागि मात्रै बीमालेख जारीमा रोक लगाएको माइन्युट गरेको दावी गरेको छ ।
‘संस्थागत सुशासन निर्देशिका २०६९का कारण बीमालेख जारीमा रोक लगाएको होइन,’ कम्पनीले विमा समितिलाई पठाएको स्पष्टीकरणमा भनेको छ, ‘कम्पनीले दाबी भुक्तानी घटाउन नयाँ बीमालेख जारी नगरिएको हो ।’
कम्पनीले सम्पूर्ण कारोबार रोक्ने र कम्पनी खारेजमा लैजाने निर्णय सञ्चालक समितिले नगरेको दावी गरेको छ । यसअघि भने कम्पनीका नौजना सञ्चालकले समितिले दिएको निर्देशनले कम्पनी चलाउनै कठिन भएको भन्दै बन्दको निर्णय गरेको जनाएका थिए । समितिले दावी भुक्तानी असोजभित्र नघटाएमा अन्य कारवाही गर्ने चेतावनी दिएकोले दावी भुक्तानीमा जोड दिएको जनाएको छ । समितिले कम्पनीलाई विहिवार तीन दिने स्पष्टीकरण सोधेको थियो ।

Tata
GBIME
Nepal Life