काठमाडौं । ओम फाइनान्सले लगानीकर्तालाई २० प्रतिशत लाभांस दिने भएको छ । फाइनान्सले १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिन लागेको हो । फाइनान्सले अघिल्लो आर्थिक वर्षमा छ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यो मुनाफा त्यस अघिल्लो आर्थिक वर्षको तुलनामा दुई करोडले बढी हो ।
फाइनान्सले आर्थिक वर्ष २०६७/६८ मा चार करोड चार लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । फाइनान्सले राष्ट्र बैंकको स्वीकृती र साधरणसभाको अनुमोदनपछि लाभांस बाँड्ने छ । फाइनान्समा तीन अर्ब २५ करोड रुपौयाँ बराबरको निक्षेप छ ।
पोखरामा प्रधान कार्यालय रहेको ओम फाइनान्सले असोज १ गते १३ औं वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवमा फाइनान्सले तीन मन्दिरको सरसफाइ गर्ने, डस्टिवल वितरण गर्ने योजना बनाएको छ ।