एमआरपी तोक्ने निर्णयको विरोधमा महासंघ, सस्तो लोकप्रियताभन्दै विरोध

बिजमाण्डू
२०६९ भदौ ३० गते ००:०० | Sep 15, 2012

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अत्यावश्यक वस्तुको अधिकतम मूल्य तोक्ने निर्णयप्रति असहमति जनाउँदै फिर्ता लिन माग गरेको छ ।
महासंघले कुनैपनि वस्तुको मूल्य तोक्नु खुल्ला बजार नीति प्रतिकुल रहेको भन्दै सरकारले तोेकेको मूल्य खारेज गर्न माग गरेको हो । महासंघले शुक्रवार जारी विज्ञप्तिमा सरकारसँग यो माग गरेको हो । महासंघले अस्वभाविक मूल्यवृद्धि हुनुमा सिन्डिकेट र कार्टेलिङ प्रमुख कारण रहेको भन्दै त्यस्ता अस्वस्थ प्रतिस्पर्धा हटाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने जनाएको छ ।
‘खुल्ला बजार प्रतिस्पर्धा विरुद्धमा भइरहेका सिन्डिकेट र कार्टेलिङ रोक्न छाडेर सरकार सस्तो लोकप्रियताको लागि अधिकतम मूल्य तोक्ने काम गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । महासंघले अधिकतम मूल्य तोक्दैमा कालोबजारी रोक्न सम्भव छ भन्दै प्रश्न गरेको छ । सरकारले दिनदिनै अत्यावश्यक वस्तुको मूल्य बढेको भन्दै १५ खाद्य वस्तुको अधिकतम मूल्य तोकेको थियो ।

Tata
GBIME
Nepal Life