इटालियन कफीको स्वाद नेपालमा, कफी चेन वरिस्टा लाभाजको काठमाडौंमा आउटलेट

२०६९ भदौ २९ गते ००:००
इटालियन कफीको स्वाद नेपालमा, कफी चेन वरिस्टा लाभाजको काठमाडौंमा आउटलेट


काठमाडौं । अन्तर्राष्ट्रिय कफी चेन ‘वरिस्टा लाभाजा’को काठमाडौं लाजिम्पाटमा पहिलो पटक शाखा खुलेको छ । यो क्याफेको मिस नेपाल श्रृष्टि श्रेष्ठले विहिवार उद्घाटन गरिन् । भारतको वरिस्टा लाभाजासँग फ्रान्चाइज सम्झौता गरी नाङलो, एनई ग्रुप र सांग्रिला होटल्स ग्रुपको संयुक्त लगानीमा यो क्याफे सञ्चालनमा आएको हो । क्याफेलाई नेपालमा प्रिमियम वेभरेजेज एन्ड फुड प्रालिले सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अध्यक्ष रविभक्त श्रेष्ठले एक वर्षभित्रै काठमाडौ उपत्यकामा पाँच वटा आउटलेट सञ्चालनमा ल्याउने जानकारी दिए । उनका अनुसार एउटा आउटलेटको लागि एक करोड रुपैयाँ लाग्छ । काठमाडौ उपत्यकापछि पोखरामा यो क्याफेको आउटलेट खुल्नेछ । यो क्याफेमा काम गर्ने कामदारलाई भारतमा तीन साता तालिम दिइएको थियो ।
कार्यक्रममा लाभाजाका दक्षिण एसिया निर्देशक आर शिवशंकरले नेपालमा फ्रान्चाइज खोल्न पाउँदा खुशी लागेको बताए । यो क्याफे भारतमा सञ्चालन भएको १३ वर्ष पूरा भइुसकेको छ । भारतमा यसको १ सय ६० आउटलेट छन् । दक्षिण एसियामा यसको बंगलादेश, माल्दिभ्स र श्रीलंकमा पनि फ्रान्चाइज छ ।
नेपालपछि पाकिस्तान र म्यानमारमा यसको फ्रान्चाइज खोेल्ने भएको छ । यसमा बन्ने कफी भारतमै उत्पादित कफीका दाना ल्याएर बनाउने कम्पनीले जनाएको छ । क्याफेमा कफीसँगै स्ट्रबेरी स्वादको फ्रुटी फ्राजस्ट, म्यांगो, वाटरमेलन र किवीका जुस, आरोमेरिक कटेज चिज स्यान्डविच, स्यान्डविच ब्राउन गार्लिक ब्रेड, रोस्टेड पनिर, पेपेरोसिनी चिकेन डिलाइट, क्रिप्स एन्ट सफ्ट बेक्ड स्यान्डविच, बनाना वालनट मफिन लगायतका खाना उपलब्ध हुने प्रिमियम बेभरेजेजका प्रवन्ध निर्देशक श्यामसुन्दरलाल कक्षपतीले जानकारी दिए ।


Sunrise Bank
Tata
GBIME