चार्टडलाई लगानीकर्ताको स्वागत, टेलिकमको सेयर ११ रुपैयाँ बढ्यो, आठ करोडको कारोवार

२०६९ भदौ २८ गते ००:००
चार्टडलाई लगानीकर्ताको स्वागत, टेलिकमको सेयर ११ रुपैयाँ बढ्यो, आठ करोडको कारोवार


काठमाडौं । विहिवार ६० प्रतिशत लाभांस दिने घोषणा गरेको चार्टड बैंकको सेयर मूल्य २९ रुपैयाँले बढेको छ । बुधवार चार्टड बैंकको सेयर मूल्य १० रुपैयाँले घटेर कारोवार भएको थियो । विहिवार बसेको चार्टडको सञ्चालक समितिले १५ प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको थियो ।
विहिवार चार्टडको सेयर मूल्य बढेर प्रतिकित्ता १८२९ रुपैयाँ  पुगेको छ । उता विविहार पनि प्रतिशतका आधारमा सबैभन्दा बढीले सेयर मूल्य बढ्ने कम्पनीमा ग्लोबल आइएमई बैंक नै अगाडी रह्यो । विहिवारको वृद्धिपछि ग्लोबल आइएमएको सेयर मूल्य २५५ रुपैयाँ पुगेको छ । बुधवार पनि २१ रुपैयाँ बढेर २३२ रुपैयाँमा कारोवार भएको थियो विहिवार ग्लोबलको २३ रुपैयाँले सेयर मूल्य बढ्यो ।
विहिवार बैंक अफ काठमाण्डू ११ रुपैयाँले बढेर ५९१ रुपैयाँमा, एभरेष्ट बैंक १३ रुपैयाँले बढेर १११०, हिमालयन बैंक आठ रुपैयाँले बढेर ७०७ रुपैयाँ, इन्भेष्टमेन्ट बैंकको १३ रुपैयाँले बढेर ५४९ रुपैयाँ बढेर कारोवार भयो ।
विहिवार टेलिकमको वृद्धि पनि जारी रह्यो । विहिवारको वृद्धिपछि टेलिकमको सेयर प्रतिकित्ता झण्डै छ सयको हाराहारीमा पुग्न लागेको छ । ११ रुपैयाँले बढेपछि टेलिकमको सेयर ५९५ रुपैयाँमा कारोवार भयो ।
अधिकांश ठूला बैंकको सेयर मूल्य बढेपछि विहिवार बैकिङ्ग समूह ४.२४ अंकले बढ्यो । टेलिकमको वृद्धिले अन्य समूहको सूचकांक ७.०४ अंकले बढ्यो । यसले नेप्से सूचकांक ४१८.०८ अंकमा पुग्यो ।
वृद्धिले रफ्तार समात्न थालेपछि स्टकमा कारोवार पनि बढ्न थालेको छ । विहिवार स्टकमा ८ करोड ४२ लाख रुपैयाँको सेयर कारोवार भयो ।


Sunrise Bank
TATA
GBIME