
काठमाडौं । शिखर सुजले ‘ग्रान्ड सेल मेला’ सुरु गरेको छ । कम्पनीले राजधानीका पाँवटा आफ्नो सोरुमहरुमा यो मेला लागेको छ । मेला बानेश्वर, न्युरोड, बौद्ध, पाटन र भोटाहिटीमा लागेको छ । कम्पनीका अनुसार यो मेला सिमित अवधिका लागि लागु हुनेछ । मेला अन्तर्गत ग्राहके ठूलो जुत्तामा ३०, ५० र ७० प्रतिशतसम्मको छुट पाउने कम्पनीले जनाएको छ । बालबालिकाका जुत्ता भने चार र पाँच सयमा उपलब्ध हुनेछ । यस्तै कम्पनीले दशै –तिहारलाई लक्षित गर्दै ४० वटा नयाँ मोडेलका जुत्ता चप्पल बजारमा ल्याएको छ ।