एनसेलको सजिलो ट्यारिफ योजना, ९९ रुपैयाँको सिमकार्डमा ५० को व्यालेन्स

बिजमाण्डू
२०६९ भदौ २५ गते ००:०० | Sep 10, 2012
एनसेलको सजिलो ट्यारिफ योजना, ९९ रुपैयाँको सिमकार्डमा ५० को व्यालेन्स

काठमाडौं । एनसेलले चाडपर्वको अवसरमा नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै ‘सजिलो ट्यारिफ’ अन्तर्गत उत्सव प्याक योजना ल्याएको छ ।
यो योजना अन्र्तगत नयाँ ग्राहकहरुले ९९ रुपैयाँको सिमकार्डमा सजिलो ट्यारिफको प्रिपेड सिमकार्ड खरिद गर्दा ग्राहकहरुले ५० को ब्यालेन्स उपलब्ध गराउने कम्पनीले जनाएको छ ।  कम्पनीले ६ महिनासम्म प्रत्येक महिना तीस मिनेट राती १० देखि ६ बजेसम्म विना कुनै शुल्क उपहार स्वरुप कुरा गर्न सकिने सुविधा पाउनेछन् । ‘नाईट ट्यारिफ एक्टिभेट’ गरी रात्रीकालिन समयमा प्रति मिनेट शुन्य दशमलब ६९ पैसामा कुरा गर्न सकिने कम्पनीले दावी गरेको छ ।

Tata
GBIME
Nepal Life