मनमोहन दश करोडको सम्पत्ति २२ हजारको मारुती

बिजमाण्डू
२०६९ भदौ २४ गते ००:०० | Sep 9, 2012

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको एकै वर्षमा सम्पत्ती दोब्बरले बढेको छ । गतवर्षसम्म पाँच करोड ११ लाख भारुका मालिक सिंहसँग यो वर्ष १० करोड ७३ लाख भारु बराबरको सम्पत्ति पुगेको छ । भारतमा प्रधानमन्त्री तथा मन्त्रीहरुले हरेक वर्ष आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाउनुपर्दछ र यो सम्पत्ती सार्वजनिक गरिन्छ ।
झण्डै ११ करोड भारु बराबर सम्पत्ति भएका सिंहसँग जम्मा एउटो मारुती ८०० सवारीसाधन छ । एक वर्षको वीचमा सिंहले आम्दानी नथपे पनि उनको सम्पत्तीको मूल्यांकन बढेका कारण उनको सम्पत्ती दोब्बर भएको हो । उनीसँग चण्डिगढ र दिल्लीमा दुईवटा फ्ल्याट छन् । यी दुई फ्लायटको मूल्य मात्रै सात करोड २७ लाख भारु छ । उनले स्टेट बैंक अफ इण्डियामा गरेको लगानी र निक्षेप तीन करोड ४६ लाख भारु छ ।
गतवर्ष उनको चण्डिगढ र दिल्लीको बसन्तकुञ्जमा भएको फ्ल्याटको मूल्यांकन जम्मा एक करोड ७८ लाख मात्रै थियो । उनीसँग दुई लाख ७५ हजार भारु बराबरको १५० तोला सुन पनि छ । प्रधानमन्त्री सिंहको व्याक्तिगत मारुतीको मूल्यांकन २१ हजार भारु गरिएको छ ।
सिंहको हिंसा प्रभावित असममा समेत बैंक खाता छ, जहाँ उनले छ हजार ५१५ रुपैयाँ निक्षेप राखेका छन् । सिंहको क्याविनेटमा सबैभन्दा महँगा मन्त्री प्रफुल पटेल हुन्, उनीसँग ५२ करोड भारु बराबरको सम्पत्ती छ । त्यसैगरी कृषिमन्त्री शरद पवारसँग २२ करोड, कानूनमन्त्री कपिल सिब्बलसँग ४५ करोडको सम्पत्ती छ ।
राज्यमन्त्री एमके अझगिरीसँग साढे नौ करोड बराबरको सम्पत्ती छ । मनमोहन क्याविनेटका सबैभन्दा गरिव मन्त्री रक्षामन्त्ती एके एन्टोली हुन् । एन्टोनीसँग ५५ लाख भारु बराबरको सम्पत्ती छ ।
सिब्बलसँग भएको सम्पत्तीमध्ये ८ करोड ११ लाख बराबरको सम्पत्ती उनकी श्रीमतीको नाममा छ । सिब्बलसँग भारतमा १२ वटा घरजग्गा छ । सिब्बलसँग तीन किलो सुनका गहा छन् भने उनीसँग चार करोड ६३ लाखको ऋण भार पनि छ ।

Tata
GBIME
Nepal Life