सेप्टेम्वर १२ मा यसरी लन्च हुँदैछ आइफोन ५ (तस्वीर समाचार)

बिजमाण्डू
२०६९ भदौ २४ गते ००:०० | Sep 9, 2012
सेप्टेम्वर १२ मा यसरी लन्च हुँदैछ आइफोन ५ (तस्वीर समाचार)


सान फ्रान्सिस्को । आईफोन ५ सार्वजनिक गर्ने दिन नजिकिदैं जाँदा विश्वभरका प्रविधि प्रयोगकर्ताहरुको मन चञ्चल भईरहेको छ । यति नै बेला एप्पल भने कार्यक्रमलाई भब्य बनाउन तयारी गर्दैछ । कार्यक्रमस्थलमा एप्पलको भब्य आकारको इन्द्रेणी रंग भएको व्यानर राख्दै छ । त्यसैगरी कार्यक्रमस्थलको स्टेज तथा हल निर्माण र रंगरोगनका काम पनि भईरहेको छ । यद्यपि हालसम्म आईफोन ५ का कुनै व्यानर भने राखिएको छैन ।  
कम्पनीले एप्पलले आइ ५ सान फ्रान्सिस्कोस्थित येब्रा व्युएना सेन्टर फर तजभ आर्टर्सबाट सार्वजनिक गर्दैछ । सेप्टेम्बर १२ (बुधबार) आयोजना हुन लागेको समारोहकालागि कम्पनीले गत साता मात्रै संचारगृहमा निमन्त्रणा कार्ड पठाएको थियो । निमन्त्रण कार्डमा आईफोन ५ को सार्वजनिक गर्ने विषयलाई राखिएको छैन । तर कमपनीले कार्डको डिजाईनबाट एप्पल ५ सार्वजनिक हुन लागेका संकेतहरु पनि दिएको छ ।
२०११ देखि नै विश्वले आईफोन ५ को व्यग्र प्रतिक्षा गरिरहेका छन् । एप्पलले पठाएको निमन्त्रणा कार्डमा इट्स अलमोस्ट हेयर (यो यहाँ आईपुग्नै लाग्यो) शब्दावली प्रयोग गरिएको  छ भने । १२ को छायाँमा ५ देखाइएको छ । बहुप्रतिक्षित यो आईफोन साढे तीन इञ्च ठूलो डिस्प्ले, युएसबी मीनी पोर्ट, ब्लुटुथ लगायतका सुविध हुनेछन् । यसमा नियर फिल्ड क्म्युनिकेसन (एनएफसी) र टु टोन मेटल व्याकप्लेट सुविधा पनि हुने अनुमान गरिएको छ ।  विजनेस इन्साइडर


Tata
GBIME