श्री इन्भेष्टमेन्ट फाइनानसले घटायो प्रतिफल, जम्मा १६ प्रतिशत नगद लाभांस



बिजमाण्डू
२०६९ भदौ २४ गते ००:०० | Sep 9, 2012

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लगानीकर्तालाई १५.७९ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ । फाइनान्सको विहिवार बसेको सञ्चालक समितिको बैठकले नगद बोनसको प्रस्ताव गरेको हो । फाइनान्सले गतवर्ष सेयरधनीलाई १५.०२ प्रतिशत बोनस सेयर र ७.११ प्रतिशत नगद लाभांस दिएको थियो ।
गतवर्षभन्दा चुक्ता पुँजी बढेपछि र नाफा कम भएपछि फाइनान्सले लगानीकर्तालाई झण्डै सात प्रतिशत कम प्रतिफल दिएको हो । फाइनान्सले गतवर्ष तीन करोड २१ लाख रुपैयाँ मात्र मुनाफा कमाएको थियो । फाइनान्सले त्यसअघिल्लो आर्थिक वर्षमा तीन करोड ७५ लाख रुपैयाँ मुनाफा कमाएको थियो । नेपाल स्टकमा फाइनान्सको प्रतिकित्ता १७५ रुपैयाँमा कारोवार हुँदै आएको छ ।

Tata
GBIME
Zonsen