सोल्टी होटलमा चिनियाँ परिकारको मज्जा, फेरी खुल्यो चाइना गार्डेन

बिजमाण्डू
२०६९ भदौ २४ गते ००:०० | Sep 9, 2012
सोल्टी होटलमा चिनियाँ परिकारको मज्जा, फेरी खुल्यो चाइना गार्डेन


काठमाडौं । नेपाल आउने चिनियाँ पर्यटकले आफ्नो स्वादको खानेकुरा नपाएर हैरानी खेपेका छन् । राम्रो चिनियाँ रेष्टुरेन्टको अभावले खानामै समस्या भोगेको अधिकांश चिनियाँ पर्यटकले बताउने गरेका छन् ।
यही समस्यालाई मध्यनजर गर्दै सोल्टी क्राउन प्लाजामा चिनियाँ परिकारको विशेषता भएको चाइना गार्डेन पुनः सञ्चालनमा ल्याएको छ । नेल्सन वाङले विकास गरेका यो रेष्टुरा भारतको सबैभन्दा बढी अवार्ड पाउने चिनियाँ रेष्टुरेन्ट हो । होटेलको लबी छेउमा रहेको यो रेष्टुरेन्ट आर्कषक चिनियाँ कलासंस्कृति झल्कने छ । यो रेष्टुरेन्टमा ९२ जनासम्म अट्न सक्छन् । यो रेष्टुरेन्टमा तीन सय परिकार उपलब्ध हुनेछ ।  रेष्टुरेन्टमा क्रिस्पी एरोम्याटिक डक, स्मोक्ड चिल्ली प्राउन लगायतका परिकार समेत थपेको छ ।

Tata
GBIME
Nepal Life