
काठमाडौं । ग्लोबल आइएमइ बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांस र ३ प्रतिशत वोनस सेयर दिने भएको छ । तीन संस्था मर्ज भएपछि बनेको ग्लोबल आइएमइले गत आर्थिक वर्ष ३५ करोड ७१ लाख खुद नाफा गरेको थियो ।
लाभांस राष्ट्र बैंकको स्वीकृती र साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् । बैंकको ६२ वटा शाखा तीनवटा विस्तारित काउन्टर र ५९ वटा एटिएम काउन्टर छन् ।
गतवर्ष ग्लोबल बैंकले ६.६७ प्रतिशत बोनस सेयर र ५.३५ प्रतिशत नगद लाभांस दिएको थियो । आइएमई फाइनान्सले २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर वापत १.०५ प्रतिशत नगद लाभांस दिएको थियो । ग्लोबल आइएमईमा मर्ज भएको लर्ड बुद्ध फाइनान्सले १० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने ०.५२ प्रतिशत करका लागि नगद लाभांस दिएको थियो ।