BIZMANDU
www.bizmandu.com

मर्जपछि ग्लोबल आइएमईको लाभांस, १० प्रतिशत नगद तीन प्रतिशत सेयर

२०६९ भदौ २१

मर्जपछि ग्लोबल आइएमईको लाभांस, १० प्रतिशत नगद तीन प्रतिशत सेयर
मर्जपछि ग्लोबल आइएमईको लाभांस, १० प्रतिशत नगद तीन प्रतिशत सेयर

काठमाडौं । ग्लोबल आइएमइ बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांस र ३ प्रतिशत  वोनस सेयर दिने भएको छ । तीन संस्था मर्ज भएपछि बनेको ग्लोबल आइएमइले गत आर्थिक वर्ष ३५ करोड ७१ लाख खुद नाफा गरेको थियो । 
लाभांस राष्ट्र बैंकको स्वीकृती र साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् । बैंकको ६२ वटा शाखा तीनवटा विस्तारित काउन्टर र ५९ वटा एटिएम काउन्टर छन् ।
गतवर्ष ग्लोबल बैंकले ६.६७ प्रतिशत बोनस सेयर र ५.३५ प्रतिशत नगद लाभांस दिएको थियो । आइएमई फाइनान्सले २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर वापत १.०५ प्रतिशत नगद लाभांस दिएको थियो । ग्लोबल आइएमईमा मर्ज भएको लर्ड बुद्ध फाइनान्सले १० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने ०.५२ प्रतिशत करका लागि नगद लाभांस दिएको थियो । 
 

Tata
GBIME
Nepal Life