नेप्से : ठूला बैंक चिप्लिए, विलिनियर्स क्लवको इन्भेष्टमेन्ट बाहेक सबैको सेयर मूल्य झर्यो

बिजमाण्डू
२०६९ भदौ १९ गते ००:०० | Sep 4, 2012
नेप्से : ठूला बैंक चिप्लिए, विलिनियर्स क्लवको इन्भेष्टमेन्ट बाहेक सबैको सेयर मूल्य झर्यो

काठमाडौं । मंगलवार नेपाल स्टकमा ठूला बाणिज्य बैंकको सेयर मूल्य तल झर्यो । कृषि विकास बैंकको प्रतिसेयर मूल्य १ रुपैयाँ तल झरेर १७० रुपैयाँमा कारोवार भयो । बैंक अफ काठमाण्डूको आठ रुपैयाँले सेयर मूल्य घटेपछि बैंकको छ सय रुपैयाँ चिप्लिएर ५९२ रुपैयाँमा प्रतिसेयर कारोवार भयो ।
एभरेष्ट बैंकको पनि प्रतिसेयर १४ रुपैयाँले ओरालो लागेपछि ११ सयको सीमाबाट तल झर्दै एक हजार ९६ रुपैयाँमा कारोवार भयो । विलिनियर्स क्लवको अर्को बैंक हिमालयन बैंकको सेयर मूल्य पनि मंगलवार १२ रुपैयाँले घटेपछि सात सयभन्दा तल झरेर ६९० रुपैयाँमा कारोवार भयो ।
लक्ष्मी बैंकको छ रुपैयाँले सेयर मूल्य घटेर ३३४ रुपैयाँमा कारोवार भयो, नविल बैंकको सेयर मूल्य पनि पाँच रुपैयाँले घट्यो । नविल बैंकको प्रमोटर सेयर ३१ रुपैयाँले तल झरेर नौ सयभन्दा तल ८७० रुपैयाँमा कारोवार भयो । नविलको प्रमोटर सेयर सोमवार मात्र २१ रुपैयाँले चढेर नौसयको सीमा नाघेको थियो ।
विलिनियर्स क्लवको एक मात्र बैंक नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर दुई रुपैयाँले मूल्य बढेर ५४३ रुपैयाँमा कारोवार भयो । चार्टड बैंकको मंगलवार पनि १९ रुपैयाँले सेयर मूल्य झरेर एक हजार सात सय ७१ रुपैयाँमा कारोवार भयो । नेपाल एसबीआई बैंकको मंगलवार पाँच रुपैयाँले सेयर मूल्य बढेर ५७५ रुपैयाँमा कारोवार भयो भने सानिमा बैंकको सेयर मूल्य आठ रुपैयाँले तल झरेर एक सय ९४ रुपैयाँमा कारोवार भयो ।
मंगलवार ठूला बैंकको सेयर मूल्य ठूलो मात्रामा चिप्लियएपछि बैंकिङ समूहको सूचकांक ३.३२ अंकले तल झर्यो । यसैका कारण मंगलवार नेप्से सूचकांक समेत २.७५ अंकले तल झरेर ४०९.०७ अंकमा बन्द भयो ।

Tata
GBIME
Nepal Life