आफ्नो भन्या आफ्नै हो, स्वदेशी उत्पादन प्रवद्धन गर्न मेड इन नेपाल

बिजमाण्डू
२०६९ भदौ १९ गते ००:०० | Sep 4, 2012
आफ्नो भन्या आफ्नै हो, स्वदेशी उत्पादन प्रवद्धन गर्न मेड इन नेपाल

काठमाडौ । स्वदेशी उत्पादनको प्रयोग बढाउन यही विहिवारदेखि राजधानीको भृकुटीमण्डपमा मेड इन नेपाल प्रर्दशनी हुने भएको छ । नेपाली युवा उद्यमी मञ्चले आयोजना गरेको यो मेलामा पस्मिना, हस्तकला, निर्माण सामाग्री, छाला जुत्ता, गहना, जडीबुटी लगायतका सामाग्री प्रर्दशनीमा राखिने आयोजकले बताएका छन् ।
प्रर्दशनीमा एक सय नेपाली कम्पनीले सहभागिता जनाउनेछन् ।  ‘आफ्नो भन्या आफ्नै हो’ भन्ने नाराका साथ हुन लागेको यो प्रर्दशनीमा ट्राभल एजेन्सी, पब्लिकेसन हाउसहरु, सूचना प्रविधिका सेवा प्रदायक, संगीत र चलचित्र क्षेत्रको समेत सहभागिता रहनेछ ।
मेलाको व्यवस्थापन डाइरेक्सन नेपालले गरेको छ ।  मञ्चका अध्यक्ष अजयबहादुर प्रधानांगले स्वदेशी उत्पादनको ब्रान्डिङका लागि मेला आयोजना गरिएको बताउँदै मेलाले नेपाली उत्पादनको बारेमा जानकारी गराउने दावी गरे ।

Tata
GBIME
Nepal Life