कमोडिटी बजार, नियामक निकाय र बजेट : नीरव पुडासैनीको आलेख

बिजमाण्डू
२०७१ साउन १४ गते ००:०० | Jul 30, 2014
कमोडिटी बजार, नियामक निकाय र बजेट :  नीरव पुडासैनीको आलेख
नेपालमा कमोडिटी बजार नियमनबारे चर्चा चल्न थालेको धेरै समय बितिसकेको छ। २०६३ सालमा पहिलो पटक कमोडिटी बजार सुरु भए यतानै यसका सञ्चालकहरुले नियमन गर्न सरकारलाई आग्रह गर्दै आएका छन्।

Tata
GBIME
Nepal Life

 

च्याखे थापे सरह गरिएको कारोबारबाट प्रतिफल अपेक्षा गर्नु नै गलत हो। नियामकको अभावले यो बजारबारे अझै पनि भ्रम कायम छन्। वास्तवमा हाम्रो अर्थतन्त्रमा यो बजार अपरिहार्य भइ सकेको छ। त्यसकारण पनि नियमक निकाय कुन मोडलको बजार चाहन्छ त्यो पहिला स्पष्ट हुनु पर्छ।

 
तर, बर्षेनी जस्तो बजेटमा 'कमोडिटी बजारलाई ब्यवस्थित गर्न यस सम्बन्धी कानुन तर्जुमा गरिनेछ' भन्ने आशयको वाक्यंश राख्ने बाहेक यो क्षेत्रका लागि राज्यले थप केहि गर्न सकेको छैन। 
 
अर्थमन्त्रालय मातहतका सबै जसो निकाय र त्यसका पदाधिकारी कमोडिटी बजारको नियमनबारे हरेक अन्तर्वार्तामा चर्चा गर्न भुल्दैनन्।

नियमनको जिम्मा दिने भनिएको नेपाल धितोपत्र बोर्डले बेला बेलामा केहि गतिविधि गरे पनि त्यो पुर्ण हुन सकेको छैन। नियामक निकायले आम रुपमा सुझाव लिने हो र उचित नियम बनाउने सर्वमान्य अभ्यास हो।

तर, हाम्रो सर्न्दभमा अलि फरक भएको पाइन्छ। किन भने यहाँ नियमक निकाय आफै बजार सँग सिकिरहेको अवस्था छ। केहि समय अघि मात्र प्रकाशित प्रारम्भिक नियमनको खाकालेनै स्पष्ट गर्छ। किनभने नियामक निकाय यस पटक पनि विगत जस्तै चुक्ता पूँजी, जारि पूँजी, कर, संचालक तथा कार्यकारणीको व्यवहारीक र शैक्षिक योग्यता जस्ता विषयमा रुमलिएको देखिन्छ। 
 

निसंदेह यि सबै कुरा चाहिन्छन् तर यस्ता आधारभूत कुरालाई मात्र नियमनको खाका भित्र जोड दिदाँ अन्य महत्वपूर्ण विषय लुप्त हुँदै जान्छन्। नियामक निकायले बजार मूल्य अन्तरमा मात्र या आधारभूत माग र आपूर्तिको सिद्धान्त अनूरुप चलाउन दिने भन्नेमा स्पष्ट हुन जरुरी हुन्छ।

सबै जसो कृषि उत्पादन कारोवार गर्न अनुमति दिने या केहिमा मात्र?  कारोवारमा दिइने मार्जिन सुविधाको प्रतिशत नियामकले तोक्ने कि कम्पनीले? वस्तु डेलिभरिको व्यवस्थाको व्याख्या कसले गर्ने? कारोवार समयको किटान कसरी गर्ने? धातुजन्य वस्तुको कारोवारमा प्रयोग गर्नु पर्ने विनिमय कसले तोक्ने? यि र यस्ता धेरै प्रश्नहरुको उत्तरमा नियामकले बढि घोत्लिन आवश्यक हुन्छ। अहिले सम्म नियामक कुन अवधारणाको कमोडिटी डेरिभेटिभ बजार ल्याउँन चाहन्छ भन्नेमा नै अस्पष्ट देखिएको छ।
 

हाम्रो अर्थतन्त्रमा यो बजार अपरिहार्य भइसकेको छ। त्यसकारण पनि नियमक निकाय कुन मोडलको बजार चाहन्छ त्यो पहिला स्पष्ट हुनु पर्छ। यस बजार सँग सम्बन्धित संसारका धेरै सफलता र असफलता बाट पाठ सिकेर नियामक निकायले सोहि अनुरुप नेपालमा पनि कमोडिटी बजारको स्पष्ट अवधारण तयार गर्नु पर्छ।

 
आमरुपमा पनि कमोडिटी बजार र त्यसको जोखिमलाई पूर्णरुपमा बुझ्न  नसक्दा बेला बेला समस्या आएको सुनिएको छ। च्याखे थापे सरह गरिएको कारोबारबाट प्रतिफल अपेक्षा गर्नु नै गलत हो। नियामकको अभावले यो बजारबारे अझै पनि भ्रम कायम छन्।

वास्तवमा हाम्रो अर्थतन्त्रमा यो बजार अपरिहार्य भइसकेको छ। त्यसकारण पनि नियमक निकाय कुन मोडलको बजार चाहन्छ त्यो पहिला स्पष्ट हुनु पर्छ। यस बजार सँग सम्बन्धित संसारका धेरै सफलता र असफलता बाट पाठ सिकेर नियामक निकायले सोहि अनुरुप नेपालमा पनि कमोडिटी बजारको स्पष्ट अवधारण तयार गर्नु पर्छ। 
 

कसैले बदनियतयुक्त काम गरेका होलान्। नियामक निकायको कामनै गलत गर्नेलाई निरुत्साहन र सहिलाई प्रोत्साहन गर्ने हो। सिङ्गो बजारलाई नै गलत मानेर २१ औं शताब्धिको आर्थिक सम्बृद्धि सम्भव छैन। त्यसैले नियामकले माग र आपूर्तिको आधारमा तय हुने मूल्यको सहि अनुपालन भए नभएको हेर्ने व्यवस्था गर्नुपर्छ।

दैनिक रुपमा यस बजारका पूर्ण कारोवारको हिसाव मिलान गर्न पनि नियामकले सक्नुपर्छ। यसको साथै पूँजिको विश्वसनियताको पनि ख्याल राख्नुपर्छ। गलत स्रोत र उध्येश्यले आएका पूँजिलाई यस बजारको माध्यमबाट शुद्धिकरण गर्न रोक्ने काम पनि नियामकको नै हो। 
 

मूल्यमा आउने अप्राकृतिक उतार चढावलाई रोक्न पनि विभिन्न उपाय अवलम्बन गरिनु पर्छ। जस्तै, सर्किटको व्यवस्था आदी। चुक्ता र जारी पूँजी बाहेक पनि यस्ता कम्पनीमा छुट्टै जगेडा कोषको व्यवस्था गरिनु पर्छ र जम्मा गरिनु पर्ने न्युनतम पुँजी कारोबार मात्राको अनुपातमा परिर्वतन गरीरहनु पर्छ। कमोडिटी बजारको कारोबार मार्जिनका आधारमा गरिने भएको हुँदा यस्ता मार्जिन सिमा तोक्ने अधिकार पनि नियामक निकायमा निहित हुनुपर्छ। 
 
विश्व बजारले दसकौंको मेहनत र अध्ययन पछि विकास गरेको आजको बजार सरह हामी पनि अग्रगामी हुन सक्नु पर्छ। हामीले सुरुमै बजारलाई पूर्ण रुपमा माग र आर्पूतिका आधारमा स्वचालित बनाउन सक्दैनौ। त्यसकारण नियामक निकायले यसको समय अवधि तोक्नुको साथै सुरुमा कमसेकम एक देखि दुई वस्तुलाई पूर्णरुपमा माग स्वचालित बनाउन निर्देशन दिनुपर्छ।

हाम्रा नगदे कृषि पैदावार जस्तै अलैंची, अदूवा, कफी आदीलाई यसमा समेट्न सकिन्छ। हामीले कमोडिटी बजारको माध्यमबाट यि वस्तुको मूल्य निर्धारण तथा बजारीकरण गर्न सक्यौं भने त्यसको प्रत्यक्ष फाईदा किसान र राज्यलाई हुन्छ। 
 

आजको सन्दर्भमा बिचौलिया तोकेको मुल्यमा आफ्ना उत्पादन बिक्री गर्न किसान बाध्य छन्। त्यसको प्रमुख कारण भनेको किसान सँग बैज्ञानिक भण्डारणको ज्ञान र व्यवस्थापन नहुनु हो। त्यस बाहेक आफ्नो दैनिक रोजिरोटीको लागी पनि कम मुल्यमा बेच्नु किसानको बाध्यता छ।

यि समस्याबाट बचाउने सबै भन्दा बैज्ञानिक माध्यम कमोडिटी बजार नै हो। किसानले आफ्नो पैदावार सिधै बजारले स्थापना गरेको गोदाममा ल्याइ जम्मा गर्ने र उचित मुल्य आएपछि कुनै कमोडिटी दलाल मार्फत बिक्रि गर्न सक्छन्। त्यस बिचमा किसानको आर्थिक समस्या हल गर्न सुभल ऋण (०.८ देखि १.५ प्रतिशत सम्म) को व्यवस्था गरिएको हुन्छ। 
 

किसानले गोदामघरमा उत्पादन राखे बापतको रिसिभ देखाएर राज्यले तोकेको बैंकबाट नै त्यस्तो ऋण लिएर आफ्नो गर्जाे टार्न सक्छन्। छिमेकी भारतमा केहि वर्ष अगाडि ई चौपाल नामक कार्यक्रम लागु गरि यसबारे किसानलाई सूसुचित गरिएको थियो। हूनत यो अत्यन्तै सरल र आम तरीका भयो तर यस बजारको तथा यस्तै कार्यको थालनी मार्फत हामी धेरै अगाडीको यात्रा तय गर्न सक्छौं। त्यसैले नियामकले आफ्नो सोचाइको दायरा प्रष्ट र फराकिलो बनाउन जरुरी छ।