सेना समायोजन समितको बैठक, कात्तिक भित्र लडाकुलाई दोस्रो किस्ता

बिजमाण्डू
२०६९ भदौ १८ गते ००:०० | Sep 3, 2012
सेना समायोजन समितको बैठक, कात्तिक भित्र लडाकुलाई दोस्रो किस्ता

काठमाडौं । सोमवार बसेको  सेना समायोजन सम्बन्धी विशेष समितिको बैठकमा सहभागि सदस्यहरुले माओवादी लडाकुका शिविरमा भएको आर्थिक अनियमितता छानविन गर्न माग राखेका छन । समितिको सचिवालय नयाँ बानेश्वरमा बसेको बैठकमा एमाले तथा कागे्रसका तर्फबाट सहभागी सदस्यले लडाकुको शिविरमा अर्बौं रुपैयाँ खर्च भए पनि त्यसको हिसाब बाहिर नआएको भन्दै विरोध जनाएका थिए ।
शिविर भित्र रकम हिनामिना भएको विषयमा आशंका गर्दै माओवादीले समेत छानविन गरिरहेकाले यथार्थ विवरण बाहिर ल्याउन उनीहरुले आग्रह गरेका हुन् । शिविरको विवरण सार्वजनिक नभए विशेष समितिमाथि पनि  आशंका हुन सक्ने भन्दै बैठकमा बोल्ने सदस्यले  छानविनको आवाज उठाएका हुन् ।
यसैवीच समितिले भदौ २१ गतेदेखि सुरु हुने भर्ना प्रक्रिया अन्तरगत अवकाशमा जाने लडाकुका लागि रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । त्यसैगरी पहिले नै अबकाश रोजेका लडाकुलाई पनि कात्तिक १५ सम्म दोस्रो किस्ताको रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

Tata
GBIME
Nepal Life