काठमाडौ । स्वदेशमै कस्मेटिकका सामानहरु उत्पादन हुन थालेका छन् । कस्मेटिकका सामानको बढ्दो माग सँगै मेरिन कस्मेटिकले स्वदेशमै सौन्दर्य प्रशाधनका सामान उत्पादन गरेर बजारमा ल्याएको हो ।
कम्पनीले अहिले नेल पोलिस, लिपिस्टिक, आइलाइनर र नेल रिमुभर बजारमा ल्याएको हो । कम्पनीले स्वदेश वाहेक कस्मेटिक सामान विदेश समेत निकासी गर्ने तयारी गरेको छ । कम्पनीका प्रवन्ध निर्देशक सागर रिमालका अनुसार सात मुलुकमा नेपाली कस्मेटिकका सामान निकासी हुनेछ ।
