सुनमा लाग्यो व्याक गियर, मंगलवार दुई सय रुपैयाँ घट्यो, मूल्य ५९ हजार दुर्इ सय

बिजमाण्डू
२०६९ भदौ १२ गते ००:०० | Aug 28, 2012
सुनमा लाग्यो व्याक गियर, मंगलवार दुई सय रुपैयाँ घट्यो, मूल्य ५९ हजार दुर्इ सय

काठमाडौं । दुई सातादेखि लगातार सुनको मूल्यमा भैरहेको वृद्धिमा मंगलवार पहिलोपटक ब्रेक लागेको छ । मंगलवार सुन प्रतितोलामा दुई सय रुपैयाँ सस्तो भएको छ । सोमवार अहिलेसम्मकै उच्च मूल्य ५९ हजार चार सय रुपैयाँमा कारोवार भएको सुन मंगलवार दुई सय रुपैयाँ घटेर ५९ हजार दुई सय रुपैयाँमा झरेको हो ।
नेपाल सुन चाँदी व्यवसायी संघले मंगलवारका लागि तेजावी सुन प्रतितोला ५८ हजार ९५० रुपैयाँ तोकेको छ । चाँदी पनि मंगलवार पहिलोपटक ब्रेक लागेको छ । चाँदी प्रतितोलामा दश रुपैयाँले घटेर प्रतितोला एक हजार १२० रुपैयाँमा कारोवार भएको हो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा ओरालो लागेपछि त्यसको असर नेपाली बजारमा परेको हो । अन्तराष्ट्रिय बजारमा डलरको मजबुतीसँगै सुनको मूल्य कम हुन थालेको हो । सोमवार र मंगलवार भारतीय रुपैयाँको तुलनामा डलर मजबुत बनेको छ । आइतवार प्रति डलर सटही ८९ रुपैयाँको सीमाबाट तल झरेको नेपाली रुपैयाँ मंगलवार बढेर ८९ रुपैयाँ ६० पैसा पुगेको हो । अमेरिकी अर्थतन्त्रलाई तिव्र वृद्धि दिन सहयोग प्याकेज आउने घोषणासँगै सुन र चाँदीको मूल्य आकासिएको हो ।

Tata
GBIME
Nepal Life