स्टकमा टेलिकमका सेयरधनी मालामाल, सोमवार प्रतिकित्ता ३५ रूपैयाँले बढ्यो

बिजमाण्डू
२०६९ भदौ ११ गते ००:०० | Aug 27, 2012
स्टकमा टेलिकमका सेयरधनी मालामाल, सोमवार प्रतिकित्ता ३५ रूपैयाँले बढ्यो

काठमाडौं । सेयर संख्याका आधारमा नेपालको सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकमको सेयरमा सोमवार उच्च वृद्धि भएको छ । सोमवार एकै दिन प्रतिकित्ता ३५ रुपैयाँले बढेपछि टेलिकम प्रतिसेयर छ सय रुपैयाँको नजिक पुगेको हो ।
आइतवार ५५९ रुपैयाँमा कारोवार भएको टेलिकमको सेयर सोमवार पाँच सय ९४ रुपैयाँमा कारोवार भए । टेलिकमको ७० कारोवारबाट ३१ हजार ६५ कित्ता सेयर एक करोड ८२ लाख रुपैयाँमा कारोवार भएको हो । आइतवार पनि टेलिकमको सेयर मूल्य १४ रुपैयाँले बढेको थियो ।
सोमवारको सेयर बढेपछि टेलिकमको बजार पुँजीकरण ८९ अर्ब रुपैयाँ पुगेको छ । नेपाल स्टकमा टेलिकमका एक करोड ५० लाख कित्ता सेयर सूचिकृत छन् । टेलिकमको उच्च वृद्धिले सोमवार नेप्से पुरै हरियो भयो । टेलिकमलाई राखिएको अन्य समूहको सूचकांक ४१ प्रतिशतले बढ्यो ।
यसले नेप्सेको सूचकांकमा पनि ठूलो राहात प्रदान गर्यो । नेप्से सोमवार ८.६१ अंकले बढेर ४०५ मा पुगेको छ ।

Tata
GBIME
Nepal Life