काठमाडौ । चितवन मिल्कले राहुल घिउलाई नयाँ मेटालिक लाइनर प्याकमा बजारमा ल्याएको छ । कम्पनीले यो मेटालिक प्याक नेपालमै पहिलो भएको दावी गरेको छ । कम्पनीका अनुसार यो प्याकको भित्रपट्टि मेटालिक फोइलसहितको बक्समा घिउलाई भरेर राखिन्छ । स्वचालित प्रविधिबाट घिउ भरिने भएकोले गुणस्तरीय हुने कम्पनीको दावी छ । यस्तो प्याकिङले वाहिरी वातावरणबाट घिउलाई कुनै असर नगर्ने कम्पनीले जनाएको छ । सूर्यको प्रकाशले पनि असर नगर्ने कम्पनीको दावी छ । कम्पनीले यो प्याकको घिउको एक लिटरको ५ सय ५० र आधा लिटरको २ सय ८० रुपैयाँ तोकेको छ ।