
मिडियाको काम असफलता मात्रै खोतल्नु होइन्, सम्भावना पनि देखाउनु हो । नेपाली क्यालेन्डरको यो नयाँ वर्षमा हामीले साता भर नयाँ सम्भावना र सफलतालाई अझ बढी खोतल्ने प्रयास गर्दै छौं । सम्भावना र सफलता खोज्ने बिजमाण्डूको दोस्रो श्रृखलामा जोडिएको छ, नेपालको स्टक बजार । यो ‘कभर स्टोरी’मा लामो समयदेखि अल्झिरेको सिडिएससिको सञ्चालनमा आएको ब्रेक थ्रूलाई जोडेका छौं। सम्भावना र सफलता खोज्ने बिजमाण्डूको यो प्रयास आगामी वर्षमा अझ बढी संस्थागत हुनेछ, व्यवस्थित बन्नेछ । त्यो हाम्रो प्रतिवद्धता हो । आखिर नेपालको सफलतासँग बिजमाण्डूको भविष्य पनि जोडिएको छ ।
विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । सेयर बजारका लागि बैसाख दुई गते इतिहास कै महत्वपूर्ण दिन बन्न गएको छ । यो दिन विद्युतीय प्रणालीमा रहेको सेयर (डिम्याट भएका सेयर)को पहिलो कारोबार भएको छ । कालिका सेक्युरिटिज (ब्रोकर नम्बर ४६) र त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड (ब्रोकर नम्बर ४८)बीच पहिलो डिम्याट कारोबार गरिएको हो ।
कृषि बिकास बैंकको तीस कित्ता सेयर चार सय ७७ रुपैयाँको दरमा किनबेच भएको हो । यी सेयर निकेश न्यौपानेले बिक्री गरेका हुन भने सुशिल सापकोटाले खरीद गरेका हुन् । कारोबार परिचय नम्बर २०१४०४१५१८८८७८९ रहेको छ ।
कालिका सेक्युरिटिजका प्रमूख कार्यकारी अधिकृत तथा नेपाल ब्रोकर्स एशोशिएसनका अध्यक्ष नरेन्द्रराज सिजापतिले भने, ‘कारोबारमा खासै फरकपन हुदैन तर यसको राफसाफ प्रक्रियामा भने भिन्नै तरिकाले दु्रतगतिमा हुन्छ ।’
डिम्याट कारोबारको लागि सवैभन्दा पहिले कम्पनी सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) मा दर्ता हुनुपर्छ । यससंगै लगानीकर्ताले डिपोजिटरी पार्टिसिपेन्ट्स (डीपी) मार्फत् सीडीएससीमा आफुसंग रहेको सेयरलाई विद्युतीय रुपमा अभिलेखीकरण (डिम्याट) गराउनुपर्दछ । यसरी अभिलेखीकरण गराउन लगानीकर्ताले डीपी मार्फत् आफ्नो नाममा खाता खोल्नु पर्छ ।
हाल सीडीएससीमा १० कम्पनीले डिपोजिटरी पार्टिसिपेन्ट्स (डीपी) को अनुमति पाएका छन । तीन कम्पनी डिपी लिने प्रक्रियामा छन । डीपीको अनुमति बैंक तथा ब्रोकर लगायतका संस्थाले लिन सक्छन ।
यसरी डिम्याटमा भएको कारोबार हाल हुने कारोवार जस्तै ढंगले गर्न सकिन्छ । तर यस्तो सेयरको राफसाफ भने राफसाफ सदस्य (क्लियरिङ मेम्बर÷सीएम) ले गर्छन । सीएम भने ब्रोकर कम्पनीले मात्र बन्न पाउँछन । यसरी करोबार भएको सेयर खरीदकर्ताको नाममा खोलेको खातामा सीएमले अभिलेखीकरण गराइ दिन्छन ।
सीडीएससीका प्रमूख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देलले डिम्याट कारोबार सुरु भएपछि दर्ता प्रक्रियामा नआएका कम्पनीलाई सिडिएसमा आउने वातावरण बनेको बताए । २०७१ भित्रमा सीडीएससी पूर्ण रुपमा सञ्चालन हुने पनि कम्पनीका प्रमूख कार्यकारी अधिकृत सिग्देलले दाबी गरे । यो सीडीएससी पूर्ण रुपमा सञ्चालनमा आउन सक्छ भन्ने संकेतको रपमा रहेको र आगामी दिनमा डिम्याट करोबारको आकार बढाउदै जाने उनले जानकारी दिए ।
‘ धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ ’ ले सीडीएससी सञ्चालनमा आएको छ महिनामा बिद्युतीय प्रणालीमा रहेको सेयरको मात्र कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । यही नियमको आधारमा पहिलो डिम्याट कारोबार भएको छ महिनामा नेप्सेमा सबै कम्पनीले सीडीएससीमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था हुनेछ ।
हाल नेप्सेमा सूचीकृत १६ कम्पनीले सीडिएससीमा दर्ता गराएका छन । यी कम्पनीमध्येबाट पाँच सय २९ लगानीकर्ताले डिम्याट एकाउन्ट खोलेका छन । उनीहरुले छ हजार तीन सय ९२ कित्ता सेयर डिम्याट गराएका छन । हाल ५० कम्पनीले राफसाफ सदस्यको अनुमति लिएका छन । नेप्सेमा सूचीकृत थप तीन कम्पनी सीडीएससीमा दर्ता हुने प्रक्रियामा छन् ।
कस्तो हुन्छ राफसाफ चक्र ?
कारोबार पछिको पहिलो दिन १२ बजेअघि नै सेयर बिक्री गरेको सीएम ९राफसाफ सदस्यरब्रोकर नै राफसाफ सदस्य हुन०ले डिम्याट भएको सेयर कारोबार भएको जनाउँछ ९केही समय भौतिक प्रमाण पत्रको रुपमा रहेको सेयर पनि कारोबार हुने भएकाले० । त्यही दिन त्यही समयमा सेयर खरिद गरेको सीएमले भने खरीद सम्बन्धि विवरण दिन्छ ।
दोस्रो दिन सेयर खरिद भएको सीएमले चार बजे भित्र नै क्लियरिङ बैंकमा रहेको फण्ड पुल एकाउन्ट ९खाता० मा रकम, शुल्क जम्मा गराउँछ । त्यस्तै, सेयर बिक्री गरेको सीएमले भने सीएम पुल एकाउन्टमा सेयर जम्मा गर्छ ।
सीएम पूल एकाउन्ट राफसाफ सदस्यले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यको लागि डीपिमा खोलेको विद्यतुीय खाता ९डिम्याट् एकाउन्ट० हो । चार बजेपछि सीडीएससीले सीएम पुल एकाउन्टमा आएको सेयर आफ्नै पुल एकाउन्ट ९सीएज पूल एकाउन्ट० मा सार्छ । उता क्लियरिङ बैंकबाट पनि सीडीएससीको खातामा रकम पठाउँछ ।
तेस्रो दिन १२ बजेपछि सीडीएससीले सम्बन्धित सीम पुल एकाउन्टमा रकम र सेयर पठाइदिन्छ । सीएमले त्यही दिन वा भोली पल्ट डेबिट इन्ट्रक्सन स्लिप दिएर डीपीमा सम्बन्धित सेयरधनीको सेयर डिम्याट गराउँछ । त्यस्तै, सेयर बिक्री गरेको लगानीकर्तालाई भुक्तान स्वरुप चेक दिने गर्दछ । यसरी लगानीकर्ताको खातामा चौथो दिनमा नै सेयर पुग्छ ।
कारोबार अर्डरको क्रममा आफ्नो खातामा भएको भन्दा लगानीकर्ताले बढि सेयर बिक्री अर्डर दिएको रहेछ वा सेयर खरीद गरेको रकम नबुझाएको खण्डमा भने राफसाफ प्रक्रियाको टी थ्री ९कारोबारपछिको तेस्रो दिन० मा सर्टेज अब्लिगेसन पुरा गर्नुपर्छ । रकम नआएमा, अपुग भएमा त्यो सीएमको कारोबार नै निश्चित अवधिसम्म रोक्का गरिन्छ ।