सगरमाथा आरोही मगरलाई हिमालयन बैंकको सहयोग, लागो र व्यानर पनि हस्तान्त्रण

बिजमाण्डू
२०७० चैत्र १३ गते ००:०० | Mar 27, 2014
सगरमाथा आरोही मगरलाई हिमालयन बैंकको सहयोग, लागो र व्यानर पनि हस्तान्त्रण


काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोलु बालकल्याण अनाथालय संस्थाका अध्यक्ष तथा हिमाल आरोही कामे मगरलाई सगरमाथा आरोहणको क्रममा आवश्यक सामान खरिद गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
मगर मे महिनामा सगरमाथा आरोहण गर्दै छन् । बैंकले मगरलाई चिनो स्वरुप बैंक लोगो व्यानर तथा सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । सगरमाथा आरोहणको क्रममा सहयोग स्वरुप उठेको रकममध्येवाट आरोहणको लागि लाग्ने खर्चपछि बाँकी रहेको रकम सोलु बालकल्याण अनाथालयको भवन निर्माणमा प्रयोग गरिने बताईएको छ ।
बैंकको तर्फवाट बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले बैंकको लोगो व्यानर तथा चेक मगरलाई हस्तान्त्रण गरे । बैंक परिवारले मगरलाई सगरमाथा आरोहण सफलताको कामना समेत गरेको छ । कार्यक्रममा बैंकका महाप्रबन्धक सुशील जोशी तथा अन्य पदाधिकारीको पनि उपस्थिति थियो ।

Tata
GBIME
Nepal Life