एप्पल विश्वकै सबैभन्दा मूल्यवान, छ सय २३ अर्ब डलरसहित सबैभन्दा अघि

बिजमाण्डू
२०६९ भदौ ५ गते ००:०० | Aug 21, 2012
एप्पल विश्वकै सबैभन्दा मूल्यवान, छ सय २३ अर्ब डलरसहित सबैभन्दा अघि

न्युर्योक । विश्व प्रसिद्ध कम्प्युटर कम्पनी एप्पल संसारकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । न्युर्योकको डाउ जोन्स सूचीकृत भएका कम्पनीमा एप्पल ६ सय २३ अर्ब डलरभन्दा बढी मूल्यको कम्पनीमा दर्ज भएको छ ।
आइफोन, आइप्याड र आईपड बनाउने कम्पनीको सेयर मूल्य बढ्नुमा यही कारण रहेको विश्लेषकहरु बताउँछन् ।
विश्लेषकहरुका अनुसार नयाँ नयाँ मोडेल बजारमा ल्याउने हुनाले उपभोक्तामाझ एप्पलका उत्पादन लोकप्रिय बनिरहेको छ । आईफोन ६ र आइप्याडको नयाँ मोडेल बजारमा ल्याएउने तयारी गिररहेकाले उपभोक्ताको भरोसा अझ उचाईमै रहेको उनीहरुको भनाई छ ।
कम्पनीले इलोक्ट्रोनिक्स सामानको नयाँ उत्पादन ल्याउने योजनालाई निरन्तरता दिँदै टेलिभिजन सेट ल्याउने तयारी गरिरहेको छ । तर कम्पनीले भावी योजनाको बारेमा सार्वजनिक रुपमा कुनै जानकारी भने दिएको छैन ।
यद्यपी तेस्रो त्रैमासिकमा एप्पलको मुनाफा घटेको छ । यो अवधिमा एप्पलको मुनाफा ८ अर्ब ८० करोड डलर भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष भएको नाफा २१ प्रतिशतले बढी भएपनि कम्पनीले पूर्वानुमान गरेको भन्दा कम हो । यो अवधिमा एप्पलका सामान ३५ अर्ब डलर बराबरको बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा २८ अर्ब डलर बढी हो ।

Tata
GBIME
Nepal Life