हिमालयन बैंकलाई ‘विलियनायर्स क्लब’मा स्वागत, सेयरको भाउ बढ्यो



बिजमाण्डू
२०६९ भदौ ३ गते ००:०० | Aug 19, 2012
हिमालयन बैंकलाई ‘विलियनायर्स क्लब’मा स्वागत, सेयरको भाउ बढ्यो

काठमाण्डौ । हिमालयन बैंक लिमिटेड अर्बभन्दा बढि नाफा गर्ने कम्पनीहरुको समूह विलियनायर्स क्लवमा प्रवेश गर्ने पछिल्लो बैंक बनेको छ । हिमालयनसँगै नेप्सेमा सूचिकृत कम्पनीहरुमा अर्बभन्दा बढि नाफा गर्नेमा नेपाल टेलिकम बाहेक ६ कम्पनी छन् । हिमालयन बैंकले आईतवार सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले एक अर्ब पाँच करोड नाफा आर्जन गरेको छ ।
यो नाफा अधिल्लो वर्षको तुलनामा १८ प्रतिसत ले बढि हो । अघिल्लो वर्ष बैंकले ८९ करोड ३१ लाख नाफा आर्जन गरेको थियो । मिसन, सेवा शुल्क तथा बिल्स डिस्काउण्टबाट हुने आम्दानी एवं विदेशी विनिमयको नाफमा भएको उच्च बृद्धिका कारण बैंकको नाफा बढेको हो । बैंकको ठूलो लगानी खराब कर्जामा परिणत भएको हल्लासँगै बैंकको नाफा घटने अनुमान गरिएको थियो । तर त्यस विपरित बैंकले राम्रो बृद्धि सहितको नाफा आर्जन गरे पनि  लगानीकर्ताले भने खास उत्साह देखाएनन् ।
आईतबारको कारोबारमा बैंकको सेयर मूल्य चार रुपैंयाले बढदै प्रति सेयर ६७० पुगेको छ । बैंकको मुख्य श्रोतभन्दा सहायक श्रोतको आम्दानी बढेका कारण नाफा बढेको हुनाले लगानीकर्ता उत्साहित नभएको अनुमान गर्न सकिन्छ । प्रकासित विवरण अनुसार बैंकको आम्दानीमा मुख्य श्रोता व्याज आम्दानी घटेको देखिन्छ । आर्थिक वर्ष २०६७/६८ मा एक अर्ब ९१ करोड १३ लाख खुद व्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड ९१ लाख मात्रै व्याज आम्दानी गरेको छ । यता कमिसन, सेवा शुल्क तथा बिल्स डिस्काउण्ट १६ करोड ७० लाखले बढेको छ भने विदेशी विनिमयको नाफा ११ करोड ४३ लाखले बढेको छ । यसैगरी बैंकको अन्य संचालन आम्दानी १ करोड २४ लाखले बढेको छ ।

Tata
GBIME
Zonsen
शिर्षक २०६८/६९ २०६७/६८
कुल संचालन आम्दानी २९१.८६ २५८.६७
खुद व्याज आम्दानी १९०.९१    १९१.१३
कमिसन, डिस्काउण्ट तथा अन्य शुल्क ५१.७४ ३५.०४
अन्य संचालन आम्दानी १८.२१    १२.९५
विदेशि विनिमय आम्दानी ३०.९८    १९.५५
खुद नाफा    १०५.२५    ८९.३१

हिमालयन बैंकको आम्दानी वितरण करोडमा
बैंकको खराव कर्जा अनुपात आधा मात्रामा घटेको विवरणले देखाएको छ । आ.व. २०६७/६८ मा ४.२२ प्रतिसत रहेको खराव कर्जा अनुपात गत वर्षमा २.०६ प्रतिसतमा झरेको देखिन्छ । बैंकले कोष लागत केहि मात्रा (०.२१ प्रतिसत विन्दु) मो घटाउन सफल भएका कारण औसत आम्दानी दरमा सामान्य बृद्धि (०.०७ प्रतिसत विन्दु) भएको देखिन्छ भने यहि कारण खुद स्प्रेड दरमा पनि बृद्धि (०.२९  प्रतिसत विन्दु) भएको देखिन्छ ।