चौधरी समूहले सुरु गर्यो एलएमडी प्रोग्राम, कर्मचारीको क्षमता अभिबृद्धिका लागि प्राज्ञिक पहल

बिजमाण्डू
२०७० माघ २९ गते ००:०० | Feb 12, 2014
चौधरी समूहले सुरु गर्यो एलएमडी प्रोग्राम, कर्मचारीको क्षमता अभिबृद्धिका लागि प्राज्ञिक पहल


काठमाडौं । अग्रणी व्यवसायीक घराना चौधरी ग्रुपले सिजी–लिटरसिप एन्ड म्यानेजमेन्ट डेभलपमेन्ट (एलएमडी) प्रोग्राम सुरु गरेको छ । कर्मचारीको क्षमता अभिबृद्धि र नेतृत्व विकासका लागि यस्तो कार्यक्रम सुरु गर्ने चौधरी ग्रुप नेपालकै पहिलो व्यवसायिक घराना हो ।

कर्मचारीनै संस्थाका खम्बा हुन् भन्ने यथार्थलाई बुझेर कार्यक्रम सुरु गरेको ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । एलएमडी प्रोग्रामको पहिलो व्याचको रुपमा चौधरी ग्रुपका ३० कर्मचारी छनौट भएका छन् । उनीहरुलाई २४ साताको विषेश कोर्स पढाइने छ । पढाइ कक्षाकोठाको लेक्चर शैलीमा नभइ प्रशिक्षार्थीलाई जुनसुकै समयमा जागरुक बनाएर निरन्तररुपले अघि बढाइनेछ ।
प्रोग्रामका लागि छनौट भएका कर्मचारीले आफ्नो सोच्ने, हिँड्ने, बोल्ने, काम गर्ने सबै तवर तरिका आफैं द«ष्टाभावले मनन गर्नेछन् । त्यस पछि आफुभित्रको रुची र चासो पत्ता लगाइ सोहि अनुरुपको काममा लाग्नेछन् । कर्मचारीको रुची र क्षमता अनुसारको काम गर्ने वातावरण कम्पनीले तय गरिदिनेछ ।

चौधरी ग्रुपले प्रोग्राम सञ्चालनका लागि प्रशिक्षक तथा सहजकर्ताको रुपमा तीन जना विज्ञलाई जिम्मा दिएको छ । दुई दशक देखि व्यवस्थापन प्रशिक्षकको रुपमा सकृय रामभक्त श्रेष्ठ, सेन्टर फर इन्टरनेशनल ट्रेनिङ एन्ड डेभलपमेन्ट (सिआईटिडी)का व्यवस्थापन प्रशिक्षक तथा परामर्शदाता आभास निरौला र आर्ट अफ लिभिङका आचार्य भावेश खनाललाई विज्ञ सहजकर्ताको जिम्मेवारी दिइएको हो ।
हर क्षण सिक्ने वातावरण बनाउने र नेतृत्व विकासका लागि उत्पेरित गरिरहने प्रोग्रामको ‘मिसन’ रहेको छ । ‘कोर–लिडरशिप डेभलपमेन्ट, इलेक्टीभ फङसनल एरियाज, को–करिकुल–सेल्फ एन्ड कम्युनिटी र प्रोजेक्ट अन्डरटेकिङ’ गरि चार मुख्य अवधारणामा पाठ्यक्रम विकास गरिएको छ । जसमा प्रशिक्षार्थीले आफैंसँग अन्तरकृया देखि आर्ट अफ लिभिङ र संस्थागत सामाजिक उत्तरदायित्व सम्म निर्वाह गर्नु पर्छ । त्यस बाहेक रणनीतिक नेतृत्व, कर्पोरेट योजना, मानव संसाधन, अर्गनाइजेसनल डेभलपमेन्ट एन्ड चेन्ज म्यानेजमेन्ट लगायतका विषयमा अध्ययन, अनुसन्धान, सोध र छलफल हुनेछ ।
ग्रुपका प्रबन्ध निर्देशक चौधरीले छोटो अवधिको भए पनि यो पाठ्यक्रम विश्वविद्यालयमा पढाइने एमविए स्तरको भन्दा प्रभावकारी रहेको बताए । ‘यहाँ ठुलो किताब घोकाउने भन्दा पनि हरेक सन्दर्भमा व्यवहारीक शिक्षालाई प्राथमिकता दिइएको छ’ उनले भने ‘नेतृत्व विकासका लागि एउटा किताबले दिने ज्ञान भन्दा अनुभवले राखिएको व्यवस्थापकको प्रशिक्षक धेरै प्रभावकारी हुन्छ ।’ एलएमडी प्रोग्राममा छानिएकाहरुले बिभिन्न सफल कम्पनीका व्यवस्थापकहरुबाट प्रशिक्षण दिलाइने उनले जानकारी दिए ।
कर्मचारीले आफ्नो रुची चिनेर त्यस अनुरुपको काम गर्न पाउने व्यवस्था भए पछि अन्यत्र आँखा डुलाइ रहनु समेत नपर्ने उनको भनाइ छ । ‘यो कार्यक्रमले आफ्नो करियरको लागि भनेर अन्यत्र सम्भावना खोज्ने अवस्थाबाट पनि कर्मचारीले मुक्ति पाउँछन्’ उनले भने । पहिलो व्याचका प्रशिक्षार्थीहरु पासआउट भए पछि पाठ्यक्रममा आवश्यक संसोधन गरि अरु कम्पनीमा कार्यरत कर्मचारीलाई समेत यो कार्यक्रममा सहभागि गराउने चौधरी ग्रुपको योजना छ ।

Tata
GBIME
Nepal Life