काठमाडौ । त्रिवेणी व्यापार कम्पनीले राजधानीको पुतलीसडकमा यसुदा ब्रान्डको दोस्रो सोरुम खोलेको छ । यो सोरुमबाट ग्राहकले विभिन्न विद्युतिय र घरायसी सामाग्री किन्न सक्नेछन् । यसुदाका फ्रिज, वासिङमेसिन, भ्याकुम क्लिनर लगायतका सामाग्री सोरुममा रहेको कम्पनीले जनाएको छ । कम्पनीले सोरुममा पानासोनिक, माउलनेक्स, सुकाम, टिगर, डिओउ लगायतका ब्रान्डका सामाग्री समेत रहेको जनाएको छ । नयाँ सोरुममा एक सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्मका सामाग्री रहेको कम्पनीले जनाएको छ ।
