अमेरिकी शहर नै टाट पल्टयो, बेरोजगारी बढेपछि िहंसा पनि मौलायो

बिजमाण्डू
२०६९ असार १६ गते ००:०० | Jun 30, 2012

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको शहर स्टकटनले आफु टाट पल्टेको घोषणा गरेको छ । २ करोड ६० लाख अमेरिकी डलर बराबरको अनुमानित बजेट घाटाका लागि ऋण जुटाउन नसकेपछि शहरका मेयर एन जोन्सटनले संघीय अदालतमा टाट पल्टेको फाईल दर्ता गरेका हुन । स्टकटनको यो घोषणासँगै सन् १९७९ मा ओहियो राज्यमा रहेका क्लेभल्याण्डपछि टाट पल्टेको घोषणा गर्ने दोस्रो ठुलो शहर भएको छ ।
दुई लाख ९० हजार जनसंख्या रहेको स्टकटन सानफ्रािन्सस्कोबाट १४४ किलोमिटरको दुरीमा छ । सन् २००८ मा देखिएको घर कर्जा संकट -हाउजिङ क्रयास् का कारण वित्तीय संकटमा फसेको शहरले अन्ततः टाट पल्टेको घोषणा गरेको हो ।
टाट पल्टेको घोषणापछि तिर्नुपर्ने ऋण तथा त्यसको ब्याज आफ्नो वित्तिय अवस्था सुधार नभएसम्म तिर्नुपर्दैन । यद्यपि नागरिकहरुलाई दिने अधारभुत सुविधाहरु भने प्रदान गर्दै जानेछ ।
हाउजिङ फस्टाएको बेला स्टकटन शहरले ऋण लिएर नयु खेलकुल भवन र जलचर केन्द्रहरु निर्माण गर्नुका साथै कर्मचारीहरुको पेन्सन तथा सुविधा समेत बढाएको थियो । तीन वर्ष यता भने शहरले सुविधाहरुमा कटौति गर्दै ९ करोड डलर डलर बराबरको घाटा कम गरेको थियो ।
९० करोडको घाटा पूर्तीका लागि मेयरले एक चौथाई पुलिस एक तिहाई बारुण कर्मचारी र स्थानीय ४० प्रतिसत कर्मचारीलाई अवकास लिन लगाएका थिए । उनले कर्मचारीको मेडिकल सुविधा र तलब समेत घटाएका थिए । हाल शहरको १५ प्रतिसत जनसंख्या बेरोजगार छ जसका कारण समाजिक िहंसा बढ्न थालेको छ ।
गत मार्चमा शहरका प्रति १९५ घर मध्ये एक घरलाई ऋण नतिरेको भन्दै बैकले खाली गराएको थियो । शहर नै टाट पल्टनुमा शहरका उच्च अधिकारीहरु दोषी रहेको स्थानीयवासिन्दाको भनाई छ । उनीहरुका अनुसार उच्च आम्दानी भएको समयमा कर्मचारीलाई उच्च तलब वितरण गर्नुका साथै विलासी संरचना निर्माणमा रकम खर्च गरेका कारण अहिलेको दुर्गती भोग्नुपरेको हो । मुख्यतया कृषिमा आधारीत स्टकटनका युवाहरु पछिल्लो समय कृषिकर्मबाट पर भाग्न थालेका छन् ।

Tata
GBIME
Nepal Life