नेपाल–चीनवीच परराष्ट्र सचिवस्तरमा आज वार्ता, काठमाडौं–ल्हासा बस सेवा एजेण्डा

बिजमाण्डू
२०६९ साउन २९ गते ००:०० | Aug 13, 2012
नेपाल–चीनवीच परराष्ट्र सचिवस्तरमा आज वार्ता, काठमाडौं–ल्हासा बस सेवा एजेण्डा


काठमाडौ । नेपाल –चीनबीच चारवर्षपछि आज परराष्ट्र सचिवस्तरीय बैठक राजधानीमा हुँदैछ ।  द्विपक्षीय व्यापार प्रवद्र्धन गर्न बस्न लागेको बैठकमा चिनियाँ पर्यटक बढाउन काठमाडौ– ल्हासा बससेवा पुनः सञ्चालनमा ल्याउने, भिसामा सरलीकरण गर्ने, दुबै देशका विभिन्न सहरमा सीधा हवाई उडान गर्ने, चक्रपथ निर्माण गर्ने लगायतका विषयमा छलफल हुनेछ । वार्तामा नेपालले भने व्यापार घाटा कम गर्न नेपाली वस्तुलाई दिइएको भन्सार छुटसम्वन्धी चिनियाँ निर्णय प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन आग्रह गर्नेछ ।
वाण्ज्यि तथा आपूर्ति मन्त्रालयका अनुसार चीनसँग नेपालको व्यापार घाटा ४५ अर्ब रुपैयाँ पुगेको छ । चीनले नेपाली चार सयवस्तुलाई भन्सार छुट दिएको छ । तर नेपालजस्तै अरु अल्पविकसित मुलुकलाई यो छुट दिएकोले नेपालले प्रतिस्पर्धा गर्न सकेको छैन ।

Tata
GBIME