सामाजिक सुरक्षा कोष: घोषणा गर्ने अर्थमन्त्री प्रधानमन्त्री बने, ऐन नआउँदा अर्बौं अलपत्र

बिजमाण्डू
२०६९ साउन २६ गते ००:०० | Aug 10, 2012
सामाजिक सुरक्षा कोष: घोषणा गर्ने अर्थमन्त्री प्रधानमन्त्री बने, ऐन नआउँदा अर्बौं अलपत्र


काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषका लागि प्रत्येक श्रमजीवीसँग तलवको एक प्रतिशत रकम उठाउँछ तर त्यो रकमको उपयोगिता सामाजिक सुरक्षाका काममा प्रयोग नभई बैंकमा निक्षेपका लागि प्रयोग हुने गरेको छ । सरकारले श्रमजीबीबाट गतवर्ष एक अर्ब २५ करोड रुपैयाँ उठाएको छ, त्यसैगरी त्यस अघिल्लो वर्ष कोषमा ७४ करोड २४ लाख रुपैयाँ जम्मा भएको थियो । यसरी कोषमा झण्डै दुई अर्ब रुपैयाँ जम्मा भएको छ तर सरकारले अर्बौं रुपैयाँको कोष खडा गरे पनि  सामाजिक सुरक्षाका लागि भने कुनै पनि काम गर्न सकेको छैन ।
सरकारले सामाजिक सुरक्षा कोष ऐन नबनाउँदा यस्तो समस्या आएको हो । रमाइलो के छ भने बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सुरु भएको सामाजिक सुरक्षा कोष उनी प्रधानमन्त्री बन्दा पनि सुरु हुन सकेको छैन । कोषले सामाजिक सुरक्षाका काम गर्न नसकेपछि श्रमजीबीबाट उठाएको रकम निक्षेप राख्नका लागि बढी व्याजदर दिने वाणिज्य बैंक खोज्दै हिंडेको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्रतको कल्याणकारी कोषले बाणिज्य बैंकमा निक्षेप राख्न प्रस्ताव आह्वान गरेको हो ।
कोषले सात दिनभित्र आफ्ना शर्तहरु पूरा गरी ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ । कोषका अनुसार खराब कर्जा ५ प्रतिशत भन्दा बढी भएको नहुने, बैंक नाफामा गएको हुनुपर्ने लगायतका शर्त राखिएको छ । कोषले एउटा बैंकले २५ करोड भन्दा बढी राख्न नपाउने जानकारी दिएको छ ।  बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सबै श्रमजीबीबाट एक प्रतिशत रकम उठाएर कल्याणकारी कोष स्थापना गर्ने बजेटमै आएको थियो । यो रकमबाट कामदारको सामाजिक सुरक्षाका कार्यक्रममा खर्चिने उल्लेख थियो ।

Tata
GBIME
Nepal Life