ट्राफिकलाइ दिएको अधिकार फिर्ता माग्दै पर्सीदेखि यातायात व्यवसायी आन्दोलनमा

२०६९ साउन २४ गते ००:००

काठमाडौं । यातायात व्यवसायीहरुले आफ्ना मागमा सरकारले सुनुवाइ नगरे दुई दिन पछि यातायात ठप्प पार्ने चेतावनी दिएका छन् । ट्राफिक प्रहरीले कारवाहीलाई कडा बनाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीका चार संगठनले बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरेर २६ गतेदेखि देशभरका इातायातका साधन ठप्प पार्ने चेतावनी दिएका हुन् । नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातयात मजदूर संघ, नेपाल यातयात मजदूर संघ र  नेपाल यतायात स्वतन्त्र मजदूर संगठनले संयूक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।
व्यवसायीलाई नेपाल ट्रक ट्यांकर व्यवसायी महासंघको समेत समर्थन रहेको छ । उनीहरुले छुट्टै यातयात मन्त्रालय गठन गर्न, यातयात क्षेत्रलाई उद्योग सरह मान्यता दिलाउन, यातायात मन्त्रालयबाट ट«ाफिक प्रहरीलाई प्रत्यायोजन गरेका थप अधिकार खारेज गर्न र,   ट्राफिकले जरिवाना उठाएपछि सरकारबाट दिएको प्रोत्साहन रकम खारेज गर्न माग गरेका हुन् । उनीहरुले यातायात क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम लागू गर्न र पनि माग गरेका छन् ।


Sunrise Bank
Tata
GBIME