युनिटी काण्ड : काशीराम गुरुङ त पक्राउ परे, विष्णु, कृष्ण र महेन्द्रको पालो कहिले ?

बिजमाण्डू
२०६९ साउन १७ गते ००:०० | Aug 1, 2012

काठमाडौं । सर्वसाधरणसँग गैरकानूनी रुपमा उठाएको चार अर्ब ठगी काण्डका मुखिया काशीप्रसाद गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । पिरामिड शैलीको नेटवर्किङ व्यापार गर्दै आएको युनिटी लाइफका अध्यक्ष रहेका प्रसाद भनेर चिनिने  गुरुङलाई ललितपुर प्रहरीले इलामबाट पक्राउ गरेको हो । हिजो साँझ पक्राउ परेका गुरुङलाई आज बिहान मात्र काठमाडौं ल्याइएको हो ।

पक्राउ परेका काशीराम, फरार कृष्णा, विष्णु र महेन्द्र (क्रमश)

Tata
GBIME
Nepal Life

गृहमन्त्रालयका निर्देशनमा युनिटीका अध्यक्ष गुरुङ, पर्वत आर्थरडाँडाका प्रवन्ध निर्देशक विष्णुबहादुर क्षेत्री, अर्थनिर्देशक कृष्णबहादुर क्षेत्री तथा बागलुङका महेन्द्र के.सीलाई मस्ट वान्टेडको सूचीमा राखेर खोजिएको थियो  ।
उनलाई विना इजाजत बैंक तथा वित्तिय संस्थान सञ्चालन (बैंकिङ्ग कसुर) र ठगीको मुद्धा चलिरहेको छ । फेदीखोला ६ स्याङ्गजाका गुरुङ नेपालमा वान्टेड भएपछि भारतमा आफन्तको घरमा लुकेर बस्दै आएका थिए ।