काठमाडौं । नेपाली सडकमा सबैभन्दा छिटो गुड्ने स्कोडाको फाविया १.६ चल्न थालेको छ । स्कोडाको नेपालको आधिकारीक विक्रेता स्कोडा एमएडब्ल्युले यो गाडी बजारमा ल्याएको हो । यो गाडीले १४.८ किमी प्रति लिटर माइलेज दिने कम्पनीले जनाएको छ ।
गाडीमा अधिकतम पावर ७७ पिएस अधिकतम टर्क १५३ एमएम छ । कम्पनीका अनुसार यो गाडी १५ सय ९८ सीसीको हो । यतिधेरै क्षमता भएको गाडीले दिएको माइलेज नेपालमा गुड्ने गाडीहरुमै उच्च रहेको कम्पनीको दावी छ । यस फाविया १.६ गाडिको इन्जिन क्षमता अध्याधिक १५९८ सिसि हुनुको साथ-साथ प्रति लिटर माइलेज १४.८ कि.मी/लि पनि अध्याधिक रहेको छ । यो गाडीले १०.६ सकेन्डमा नै ०-१०० कि.मी प्रति घण्टा सम्मको गति लिनसक्ने कम्पनीले जनाएको छ । गाडीमा एलोई ब्हिल्स र एवीएस एयर ब्याग छ ।
यो वाहेक सजिलै मिलाउन सक्ने हेलोजिन हेड लाइट पावर डोरस् रिमोट संचालित झ्याल सिटको तल्लो भागमा रियर एयर कन्डिसन लगायतका विशेषता छन् । नेपालको कच्चि बाटोलाई पनि हुने गरी गाडीकॊ तल्लो भाग खाल्टोहरुबाट बचाउनको लागि रफरोड प्याकेज जडान गरिएको छ । गाडीमा युरोपियन मापदण्डको सुरक्षा मापदण्ड अपनाईएको छ । गाडीमा रहेको दोहोरो ब्रेक एसिस्ट रहेकोले अकस्मात ब्रेक लगाउँदा गाडी सन्तुलित राख्न सहयोग पुग्छ । यो गाडीको मूल्य २८ लाख ४५ हजार रहेको छ । यो गाडीको प्रतिस्पर्धा मारुतीको स्विफ्ट टोयोटाको यारिस र टाटाको इन्डिगोसँग हुनेछ । गाडी विभिन्न पाँच रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । स्कोडा एमएडब्ल्युका महाप्रवन्धक दीपक अग्रवाल फाविया युवा पुस्तामा लक्षित रहेको बताए ।
